मुख्य समाचार :


जीटीएले नियुक्ति संस्कार विकास्ने

कालेबुङ,21 जनवरी।
गोरामुमोले दार्जीलिङ जिल्लामा जुन नियुक्ति संस्कारको स्थापना गरेको छ, त्यसले गोजममोको टाउको दुखाएको छ।
गोरामुमोले मनपरी गरेको अस्थायी नियुक्तिको समस्या गोजमुमोले समाधान गर्नु परिरहेको छ किन भने गोरामुमोमा रहेका अस्थायी कर्मचारीहरू गोजमुमो गठन भएपछि गोजमुमोमा सरेको छ। गोर्खाल्याण्डको निम्ति भनेर गठन गरिएको गोजमुमो जीटीएमा लाग्ने वित्तिकै गोरामुमोले बनाएको हरेक खाडलमा मोर्चा जाकिन थालेको छ। आज मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले गोरामुमोप्रति कटाक्ष गर्दै जम्मै समस्याको कारण गोरामुमो नै रहेको बताए। अस्थायी कर्मचारीहरूको समस्या समाधान गर्न मोर्चाले विभिन्न पहल गरिरहेको छ। तर पहाड जुन कुनै पनि नियुक्तिको मामिलामा पछाडिरहेको छ। भर्खर नै एसएससी गर्नेहरूलाई बङ्गाल सरकारले नियुक्त गर्ने भएको छ तर यसमा पनि पहाड छोडिएको छ। पहाडमा एसएससी लागू छैन। किन भने दागोपापले एसएससीलाई मान्य नगरेर नियुक्तिको आफ्नै पद्धति विकास गर्ने क्रममा नै हजारौं अस्थायी कर्मचारीहरू निर्माण गरिदिएको छ। यसै कारण छुट्टै राज्यको आन्दोलनकालमा पनि अस्थायीहरू स्थायीकरणको आन्दोलन गर्न बाध्य बनेका थिए। डा. हर्कबहादुर छेत्रीले बताए अनुसार गोजमुमोको पहलमा अस्थायी कर्मचारीहरूलाई  पे व्याण्डभित्र ल्याइएको छ अनि उनीहरूको भविष्य निधि पनि निश्चित गरिएको छ। तर नियुक्तिको मामिला आउने वित्तिकै दागोपापले जताभावी नियुक्त गरेका अस्थायी अनि एसएससी र पीएससी उतीर्ण गर्नेहरूबीच झमेला हुने गर्छ। सरकारी प्रक्रिया अनुसार नियुक्त गर्नु हो भने एसएससी र पीएससी गर्नेहरूलाई सरकारी औपचारिकता पुरा गर्दै नियुक्त गर्नु पर्ने हो तर यसो गर्दा अस्थायीहरूको भविष्यमा ताला लाग्ने सम्भावना बढ्‌छ। यसै कारण मोर्चाले सरकारसित पहिले अस्थायीहरूलाई नियुक्त गर्न वान टाइम सोल्युसनको पद्धति अप्नाइरहेको छ। 39 हजार पॉंच सय 1 जना तीनवर्षभित्रमा एसएससी गर्नेहरूलाई नियुक्त गर्ने सरकारी घोषणा भए पनि पहाडमा एसएससी लागू नभएकोले यसपल्ट पनि पहाड छोडिने स्पष्ट छ। यस सम्बन्धमा डा. छेत्रीले भने, जीटीए गठन भएपछि कोही पनि छोडिने छैनन्‌। अहिले बङ्गालमा नियुक्ति दिने भए पनि पहाडको पद् हराउने छैन। तिनले गोरामुमोको बद्मासीको उल्लेख गर्दै भने, क्षेत्रीय एसएससी गठन भएको थियो, जसको चेयरम्यान डा. जीएस योञ्जन थिए तर गोरामुमोले यसलाई मानेन। जीटीएमा त्यस्तो हुने छैन। जीटीएमा पूर्ण सरकारी प्रक्रिया अनुसार नियुक्ति दिइनेछ किन भने जीटीएलाई नियुक्ति दिने अधिकार छ। तिनले जनताको समस्या रहेको कारण नै जीटीए गठन गरिने भएको बताउँदै भने, जीटीए सरकारी नियुक्ति संस्कारलाई विकास गर्ने छ। जीटीए छुट्टै राज्य पुग्ने खुड्‌किलो हो, लक्ष्य होइन। जीटीएले जनताको आकांक्षा कतिसम्म पुरा गर्छ त्यसैमा यसको उमेर निश्चित हुन्छ। तर जीटीएले गोरामुमोले जस्तो नियुक्तिको समस्या उपार्जन गर्दैन, समाधान गर्छ।

0 comments: on "जीटीएले नियुक्ति संस्कार विकास्ने"