12वर्षपछि पहाडमा कृषि सम्बन्धित मेला भयो। यो भन्दा अघि चिया अनि पर्यटन उत्सव भयो। चिया अनि पर्यटन उत्सव सकिने बित्तिकै दागोपापले कृषि-पर्यटन मेला गर्यो। यो दुइवटा कार्यक्रम गर्न सरकारले करोडौं खर्च गर्यो। जति खर्च पहाडको कृषि उत्थानको निम्ति गरेन। पहाडका कृषकहरूको निम्ति आएका योजना र राशिहरू दागोपापले कृषकहरूलाई कहिल्यै पनि उपलब्ध गरेन। यसकारण दागोपापमा

कालेबुङको एक च्यानलसित कुराकानी गर्दै तिनले भने, सरकारले भुल्याउँदैमा भुलिने जनता आजका छैनन्। तर सॉंच्चैमा पहाडका कृषकहरूलाई अन्याय भइरहेको छ, उनीहरूको आर्थिक र कृषि विकास भएको छैन भनेर नै गोर्खा जनमुक्ति मोर्चाले यो मेलाको निम्ति चासो देखाएको हो। दागोपापको मेला सकिए पनि मोर्चाले यसलाई केहीदिन गरेको कारण नै कृषकहरूको परिस्थिति, उनीहरूको अवस्था, उनीहरूले गर्ने श्रम अनि उनीहरूको निम्ति के गर्न सकिन्छ भन्ने कुराको अद्ययन गर्न रहेको पनि गुरूङले बताए। गुरूङ अनुसार मोर्चा कृषकहरूको रुपान्तरणको निम्ति कटिबद्ध छ। मोर्चाले पनि मानेको छ कि कृषकहरूले भनेको जस्तो कुनै पनि सहयोग पाइरहेको छैन। दार्जीलिङ नै कृषि प्रधान जिल्ला रहेकोले मोर्चाले कृषकहरूको परिस्थितिबारे व्यापक अद्ययन गरिरहेको छ। यसै कारण नै विमल गुरूङले कृषकहरूको निम्ति मोर्चाले यही मेलाबाट नै कृषि विकासको कार्यसोच निर्माण गरिरहेको बताएका छन्। गुरूङले भने, पहाडमा के उब्जनी हुँदैन? तर उनीहरूले उचित सहयोग पाएका छैनन्। मोर्चा उनीहरूको निम्ति सहज र उत्तम कार्य योजना तयार पार्न चहान्छ। जसको कारण कृषकहरूले धेरै लाभ पाउन सकुन्। यता सरकारले भने पहाडका कृषकहरूको निम्ति अहिलेसम्म कुनै पनि उल्लेख योग्य कार्य गरेका छैन।
पहाडमा कुनै पनि भरोसा लाग्दो प्रशिक्षण केन्द्र नै छ न त उच्चस्थ तक्निकीय शिक्षण केन्द्र नै। यता विमल गुरूङले भने पहाडको कृषकहरूको निम्ति धेरै कुराहरू मोर्चाले सोचेको बताएका छन्।
0 comments: on "कृषि पर्यटन मेला जनता भुल्याउने कार्यक्रम होइन पहाडको कृषि विकासको निम्ति गरिएको थालनी हो- विमल"
Post a Comment