मुख्य समाचार :


अवोध बालिकालाई बलात्कारपछि हत्या गर्न खोजेको आरोप

विरोधमा सडक उत्रिए अम्बियोकवासी
मनोज वोगटी
कालेबुङ,22 जनवरी।
एक सात वर्षिय अवोध बालिका जो गाउँ कै मेलामा घुमिरहेकी थिइन्‌।
गोरुबथान थाना धर्ना

अचानकै तिनी हराइन्‌। तिनको पिताले खोज्दै जॉंदा एक युवकले तिनलाई जबरजस्ती बलात्कार गर्न खोजिरहेको अवस्थामा भेटियो। युवकलाई तत्कालै पक्रिएर गाउँलेहरूले पिटे। त्यसैबेला मेला कमिटीका प्रतिनिधिहरूले युवकलाई पक्रिएर थानामा सुम्पिदिए। तर कुरा यहीँ सकिएन। गाउँलेहरूले अवैद्धरुपले मेला लगाउनेहरूलाई पनि कार्वाही हुनुपर्छ भन्ने मागमा आज थानामा घेराउ नै गरे। यस्तो घटना भएको छ गोरुबथानको अम्बियोकमा। 1 जनवरीदेखि सोमबारेको केही पर मुक्ति पुल छेउमा हरिकुमार राई, उमेश शर्मा, सुबास खालिङ, विनोद खवास अनि आलोक थापाले मेला लगाएका थिए। सोही मेलामा एक नाबालिकालाई बागडुगरा तिरानाका भगत खेरलारले जबरजस्ती करनी गरेका थिए।

 तिनलाई पक्राउ गरेर कालेबुङ थानामा राखिएको छ। जानकारी पाइए अनुसार बालिकालाई चोटपटक लागेको छ भने तिनको स्वास्थ्य जॉंचको निम्ति सिलगढीको एक अस्पताल लगिसकिएको छ। घटना 18 जनवरीको दिन नै घटेको थियो। यसको पर्दाफास त्यतिबेला भयो जब आज लगभग तीनसय अम्वियोकबासीले गोरुबथान थाना घेराउ गर्दै अवैद्धरुपले मेला लगाउनेहरूलाई प्रक्राउ गर्नुपर्ने मागमा धर्ना दियो। कुरा सुल्झाउन कालेबुङ थानाका एएसपी सोङ्‌मित लेप्चा गोरुबथान थाना पुगेकी थिइन्‌। लेप्चाले बताए अनुसार मेला लगाउनको निम्ति मेला कमिटीले कसलाई अनुमति मागेको थियो भन्ने सम्बन्धमा गोरुबथान खण्ड अधिकारीलाई पत्र पठाइएको छ।
 यता खण्ड अधिकारी प्रितम लिम्बुले जनाए अनुसार मेला लगाउने अनुमति दिने अधिकार खण्ड अधिकारीलाई छैन। यता मेला कमिटीका हरिकुमार राई(देवान राई)ले बताए अनुसार मेलाको निम्ति खण्ड विकास अधिकारी लगायत सम्बन्धित निकायलाई अनुमतिको पत्र दिइएको थियो, जसलाई सबैपक्षले स्वीकार गरेको छ। खण्ड अधिकारी लिम्बुले भने अनुसार यस सम्बन्धमा आफूले अनुमति दिन नसक्ने अनि यसको निम्ति महकुमा शासकबाट नै अनुमति लिनुपर्ने कुरा कमिटीका प्रतिनिधिहरूलाई बताइएको थियो। तर प्रतिनिधिहरूले यसो गरेनन्‌। तिनले मेला लगाउने अनुमति नदिएको स्पष्ट पारे। मेला कमिटीका प्रतिनिधिहरुले भने अनुसार तिनले अनुमतिको निम्ति लेखिएको पत्र स्वीकार गरेका छन्‌, यसलाई नै अनुमतिकोरुपमा बुझिएको थियो। यता एएसपी सोङ्‌मित लेप्चाले भने मेला अवैद्धरुपले लगाइएको हो भने कार्वाही गरिने बताएका छन्‌। यता पीडिता बालिकाको आमाले बताए अनुसार मेला लगाइञ्जेल पुलिसलाई पत्तो नहुनु अचम्मको घटना हो। तिनले भनिन्‌, अवैद्धरुपले मेला लगाइएको थियो, यसकारणले मेलामा भोलेन्टियरहरूको कमीले गर्दा यस्तो घटना भयो। यो घटना हुनुमा मेला कमिटी पूर्णरुपले जिम्मेवार छ। उनीहरूमाथि कार्वाही हुनुपर्छ। यता गाउँलेहरूले पनि थाना घेराउ गर्दै यही माग गरेका छन्‌। दार्जीलिङ जिल्लामा कहीं हत्या गरिन्छ अनि  हत्यारा पाइँदैन तर कहीँ अवोध बालिकालाई बलात्कारपछि मार्ने कोशिष गरिन्छ। यस्ता अपराध गर्नेलाई उपयुक्त कार्वाही गरिँदैन। अवोध बालिकामाथि दुष्कर्म गरिएको हो होइन भन्ने कुरा जॉंच्न बालिकाको फोरेन्सिक जॉंचपछि नै थाहा लाग्ने एएसपी लेप्चाले बताएकी छन्‌। यसको निम्ति शीघ्र नै पहल गरिने पनि तिनले बताएकी छन्‌। यता बालिकाको परिवारले बालिकाको सम्पूर्ण जॉंच गरेको बताइएको छ। यसमाथि सम्पूर्णरुपले जॉंच गरेपछि नै मुद्दा अघि बढ्‌ने थाना सूत्रले बताएको छ।

 घटनाले गम्भीर मोड लिन सक्ने स्थिति देखापरेको छ। कुरा अहिले मेला वैद्ध हो कि अवैद्ध हो भन्नेमा अल्झिएको छ।थाना सूत्रले बताए अनुसार पुलिसको मेलाको निम्ति अनुमति दिँदैन। यसबारे खण्ड अधिकारीलाइ सोधिएको छ। यसको जवाब आएपछि छानबिन हुनेछ। यता खण्ड अधिकारीले सोधिएको प्रश्नको उत्तर दिएर पत्र कालेबुङ पुलिस प्रशासनसमक्ष पठाइएको बताइएका छन्‌। यस प्रकारको सोधासोधले तर मेला अवैद्धरुपले नै लगाइएको थियो भन्ने कुरातिर इङ्गित गरिएको छ, किन भने खण्ड विकास अधिकारीले महकुमा अधिकारीबाट नै मेलाको अनुमति मागिनुपर्ने बताइसकेका छन्‌। मेला कमिटीले भने अनुमति नमागेको पनि स्पष्ट भइरहेको छ। यता अवैद्धरुपले मेला लगाएको हो भने कार्वाही हुने पनि कालेबुङ थाना सूत्रले बताइसकेको छ। गाउँलेहरूले भने आज अवैद्धरुपले मेला लगाउनेहरूलाई कार्वाही हुनुपर्ने दवाबमा थानामा घेराउ गरेका थिए। यदि मेला कमिटीका सदस्यहरूलाई पक्राउ नगरिए गोरुबथानमा अनिश्चितकालीन बन्द डाकिने चेतावनी पनि अम्बियोकवासीले दिइसकेका छन्‌। अब प्रशासनिक कार्वाही कसको पक्षमा हुने हो त्यसैमा समस्याको समाधान लुकेको देखिएको छ। नाबालिकका एक छिमेकीले बताए अनुसार अवैद्धरुपको मेला हुनुमा प्रशासनको पनि दोष छ। मेला गर्नेहरूको अझ प्रमुख दोष छ।
 मेला कमिटीका एक प्रतिनिधिले बताए अनुसार कोही पनि नाबालिकप्रति घटना होस्‌ भनेर मेला गरिएको होइन। चारैतिरबाट झमेला देखिने यो घटनालाई कसरी सुल्झाइने हो त्यो प्रशासन कै हातमा देखिएको छ। गोरुबथानका एक व्यक्तिको भनाइ अनुसार यसमा राजनैतिक हस्तक्षेप भएन भने दोषीहरूले निश्चय नै दण्ड पाउने छन्‌।

2 comments: on "अवोध बालिकालाई बलात्कारपछि हत्या गर्न खोजेको आरोप"

Bindiya Dukpa said...

Dhanyabadka patra chhan Ambiyokka sachet janta.Natra ta paharka jantale pratikar garnu birshisakeka chhan. Doshiharulai kara bhanda kara sajay hunu parchha.tara...herow Ambiyokka jantako jujharupan kati hadsamma janusakla.

SUDASH said...

justice should prevail