मुख्य समाचार :


अब राजेश हमालसितै धडकनभित्र प्रशान्त तामङ

कालेबुङ, 15 दिसम्बर।
सिक्किमबाट बनेको चलचित्र किन मायामा-को झैं कथा रहेको चलचित्र धड्कन भित्र-मा प्रशान्त तामङ हिरो हुने भएको छ। प्रशान्त तामङले भनेका छन्‌, किन मायामा पनि यस्तै कथा थियो। धड्कन भित्रमा पनि मेरो जीवनसित मिल्ने कथा रहेकोले यसमा अभिनय गरिरहेको छु। तेश्रो इण्डियन आइडल बनेर पनि बलिउडमा खासै चर्चा कमाउन नसकेका गायक प्रशान्त तामाङ हाल नेपाली सिनेमामा अभिनय गर्न र गाउनमै व्यस्त छन्‌। उनै गायक तथा नायक तामाङ हाल एक सिनेमाको सिलसिलामा नेपाल पुगेका छन्‌। नेपालबाट बनिने चलचित्र 'धड्कन भित्र'मा तिनले अभिनय गर्ने भएका छन्‌। यही डिसेम्वर 9 मा नेपाल पुगेका उनी 17 डिसेम्वरमा सिक्किम फर्कने भएका छन्‌। यसपछि उनी यो सिनेमामा अभिनय गर्नका लागि माघको 15 गते नेपाल आउने छन्‌। चलचित्र 'धड्कन भित्र'मा अभिनय गर्नका लागि आखिर प्रशान्त तामाङ किन राजी भए त? उनले भने, यो सिनेमाको कथा मेरो जिन्दगीसँग मिल्दोजुल्दो छ। चलचित्रले गायकको कथालाई बोकेको छ। स्मरणरहोस्‌, यस्तै कथामा चलचित्र 'किन मायामा' निर्माण भएर प्रदर्शनमा आईसकेको छ। जुन सिनेमामा पनि प्रशान्तले नै अभिनय गरेका थिए। चलचित्र गोर्खापल्टनबाट नेपाली सिनेमामा अभिनयको सुरुवात गरेका प्रशान्त तेश्रो इण्डियन आइडल भएर पनि खासै बलिउडमा जम्न सकेका छैनन्‌। यसको पछाडी के कारण हुन सक्छ त? प्रशान्त भन्छन्‌, बलिउड ठूलो ठाउँ हो, यहॉं म जस्ता हजारौं व्यक्ति आउछन्‌ जान्छन्‌। म बलिउडसँग खासै सम्पर्कमा छैन। चलचित्र धड्कन भित्रलाई मदन घिमिरेले निर्देशन गर्न लागेका हुन्‌। चलचित्रमा नायक राजेश हमालको समेत अभिनय रहनेछ। नेपालका चर्चित नायक राजेश हमाल र तेश्रो इण्डियन आइडल बनेका प्रशान्तले एकैसाथ अभिनय गर्न लागेको यो नै पहिलो सिनेमा हुनेछ।
 


0 comments: on "अब राजेश हमालसितै धडकनभित्र प्रशान्त तामङ"