मुख्य समाचार :


उपभोक्ता दिवसःसरकारी औपचारिकतामाथि प्रहार

 

'ठगारहरूलाई रोक्ने पहल खै?'
मनोज वोगटी
कालेबुङ, २४ दिसम्बर|
'गलामा सूनको चेन लर्काएर हिँड्नेहरू, होसियार, घरैबाट  इन्कम ट्याक्सले घॉंटीबाट नै चेन खोसेर लगेको दिन आँखा उघ्रिनु भन्दा आज नै सचेत हौं' राष्ट्रिय सचेतना दिवसमा केवल सरकारी औपचारिका पालन गर्ने सरकारी विभागहरूमाथि प्रहार गर्दै अनि ठगिएकाहरूलाई सचेत गराउँदै तारा सुन्दासले यसो भने| सूनको किनबेचमा  पसलेहरूले उपभोक्ताहरूलाई सूनको तौल, भ्याट नम्बर, वर्तमान मुल्य उल्लेख भएको रसिद नदिने गरेको कुरा खुलासा गर्दै, त्यसको प्रमाणमा रसिद नै देखाउँदै तारा सुन्दासले भने, इन्कम ट्याक्सले घरघरमा जॉंच गरेको छैन| गरेको खण्डमा त्यस्ता पसलबाट सून किन्नेहरूको अवस्था के होला? यस्ता पसलेबाट सुन्दास स्वयं नै ठगिएका छन्| तिनले रसिद देखाउँदै भने, यस्तो प्रकारले उपभोक्ताहरूलाई ठग्ने कार्य भइरहेको छ| ती पसलहरूको किनबेच प्रक्रिया जॉंच्ने सरकारी विभाग कहॉं छ? सुन्दास अनुसार कालेबुङमा नै पनि यस्ता पसलहरू धेरै छन् जसले सही क्यास मेमो उपभोक्ताहरूलाई दिँदैनन्| भ्याट नम्बर भएको क्यासमेमो माग्दा सूनको मूल्यमा ८ प्रतिशत जोडेर माग्ने  गरेकोले साधारण उपभोक्ताहरूले भ्याट नम्बर उल्लेख नगरिएको क्यास मेमो नै लिने गर्छन्, सुन्दासले भने| तिनले अझ भने, जुन पसलबाट सून किनिन्छ, उसले भ्याट नम्बर भएको रसिद नै दिँदैनन्| सुन्दास अनुसार म्याक्सिमम रिटेल प्राइज अघिबाट नै तय हुँदाहुँदै पनि कसैले पनि भ्याट रसिद मागे मोठ बील मा अझ ८ प्रतिशत जोडेर बील दिने जस्ता गैरकानूनी कार्य पसलेहरूले गर्दै आइरहेको तारा सुदासको आरोप छ| पैसाको खॉंचो परेर त्यहीँ बेच्न ल्याए राङ, लाहा आदि काटेर कम्ति मूल्यमा सून उपभोक्ताबाट किन्ने गर्छ भने त्यही उपभोक्तालाई सून बेच्दा सूनको वास्तविक मूल्यसम्म उल्लेख नभएको बील थमाउने गरेकोले सून खरिद गर्ने उपभोक्ताहरू प्रतिदिन ठगि परेको उनले बताए| एक दिन उपभोक्दा दिवस मनाउने विभागले यसको जॉंच किन गर्दैन?-सुन्दासले प्रश्‍न उठाएका छन्| सून बन्दकी राख्नेहरूले वर्षको ३६ प्रतिशत व्याज तिर्नुपर्ने नियम पनि जीटीएमा नै रहेको सुन्दासको आरोप छ| सून मात्र होइन औषधी पसलहरूमा पनि सरकारी जॉंच नरहेको तिनको आरोप छ| तिनले भने, के पसलमा सबै सक्कली औषधी मात्र बेचिन्छ त? स्वास्थ्य परिसेवा मन्त्री गुलामनवी आजादले जसले पनि नक्कली औषधी बेचेको खबर विभागलाई गछर्र् उसलाई २० लाख रुपियॉं इनाम दिने भनेर गरेको घोषणाको सम्झना गराउँदै तिनले भने, औषधी पसलमा नक्कली औषधी बेच्दै छ कि सक्कली यसको जॉंच कसले गर्ने? उपभोक्ता जसलाई यसबारे कुनै जानकारी हुँदैन तर जानकारी हुने र काइदा थाहा पाउने निकायले आफै भने के भूमिका निभाइरहेको छ? सुन्दासको भनाइ अनुसार सरकारी विभागले उपभोक्ता दिवसको दिन केवल औपचारिकता मात्र पुरा गरिरेको छ तर उपभोक्ताको हितमा भने कुनै पनि कार्य नगरेको ठोकुवा उनले गरे| बिजुली सम्बन्धित सामाग्रीहरूको किनबेचमा पनि कम्पनीहरूले उपभोक्तहारुलाई ठगेर वर्मा लुटाइ गरिरहेको आरोप सुन्दासको छ| तिनले उदाहरणकोरुपमा तीनवटा कम्पनीहरूको नामै लिए|  एङ्कर, फिनोलेक्स अनि हेबल्स कम्पनीहरूले पसलेहरूको निम्ति क्रमैले ४२,४० अनि ४५ सम्म पर्सन्टेज दिने गरेको बताउँदै सुन्दासले वास्तविक एमआरपी नलेखेर पसलेहरूलाई अत्याधिक नाफा दिइरहेको अनि आफ्नो सामाग्री बिक्रि गरिरहेको तर उपभोक्ताहरूलाई भने भरपूर ठगिरहेको बताएका छन्| अर्कोतिर  उपभोक्ताहरूले सस्तोमा मृत्यु किन्न बाध्य भइरहेको बताउँदै बजारमा आएका बट्टाका धिउदेखि लिएर अनेकौं सामाग्रीमा मिश्रण रहेको भए पनि यसबारे विभागीय जॉंच भने नरहेको बताए| माछा, प्लास्टिकको भॉंडा इत्यादीमा पनि उपभोक्ताहरूलाई कम्पनीहरूले ठग्ने कार्य भइरहेको तर विभागले यसको रोकथामको निम्ति कुनै कार्य नगरेर केवल एकदिन मात्र उपभोक्ता दिवस मनाएर भाषण छॉंट्ने कार्य गरेको आरोप लगाए|

0 comments: on "उपभोक्ता दिवसःसरकारी औपचारिकतामाथि प्रहार"