मुख्य समाचार :


मलाई हिस्टेरिया भएको त होइन ?

प्रश्नः म २० वर्षीया युवती हुँ। मेरो विवाह भएको तीन वर्ष भयो। मेरो एउटा छोरा पनि छ। हाल श्रीमान् विदेशमा हुनुहुन्छ। पहिले-पहिले मलाई त्यति यौनचाहना हुँदैनथ्यो। हिजोआज राति सुत्ने बेलामा यौनचाहनाले छटपटाउँछु। अति भएर आफ्नै औंलाका माध्यमबाट हस्तमैथुन गर्छु, तर पनि चाहना कम हुँदैन। म विवाहित नारी, अन्य पुरुषसाग सम्बन्ध राख्न पनि चाहन्नँ। मलाई हिस्टेरिया भएको त होइन ? हिस्टेरिया भनेको के हो ? जब श्रीमान् घरमा आउनुहुन्छ, कहिलेकाहीं त उहाँले मलाई सन्तुष्ट दिनुहुन्छ। म प्रायःजसो सन्तुष्टि पनि पाउँदिनँ। सम्भोग गर्ने बेलामा योनिरस पनि कम आँउछ। जब म १२ वर्षकी थिएँ, त्यो उमेरदेखि मलाई आफनै नाता पर्ने मान्छेले जबरजस्ती बलात्कार गरिरहेको थियो। आफनो र घर-परिवारको इज्जत जाने डरले मैले उक्त घटना कसैलाई पनि भनिनँ। त्यस्तो कर्म वर्षमा एकाधपटक भैरहन्थ्यो। १७ वर्षमा मैले आफैंले राम्रो केटा खोजेर विवाह गरें। उक्त कुरा श्रीमान्लाई थाहा दिएकी छैन। यही कारणले त यस्तो समस्या देखा परेको होइन ?

सवि

यौनचाहना र हस्तमैथुन

हामीमा प्राकृतिक रूपमै यौनइच्छा हुन्छ र यो विशेष गरेर किशोरावस्था तथा युवावस्थामा प्रबल हुन्छ। विवाह भएर श्रीमान्सँग नियमित रूपमा सहवास गर्न पाएको स्थितिमा यौनसम्पर्क पनि नियमित हुने भएकाले यौनचाहना पूरा गर्न वैकल्पिक उपायको आवश्यकता नपर्नसक्छ, तर श्रीमान् साथ नहुँदा र अर्को कुनै पुरुष तपाईंको यौन चाहनाको परिपूर्तिका लागि विकल्पमा नरहेको स्थितिमा हस्तमैथुन पक्कै पनि राम्रो उपाय हो।

महिलाहरूले हस्तमैथुन गर्दा विभिन्न उपाय प्रयोग गर्छन् जसमा औंलाको प्रयोग प्रमुख हुन्छ। औलाले भगाङ्कुर चलाएर वा योनिभित्र पसाएर यौनआनन्द प्राप्त गरिन्छ। औंलालाई विभिन्न किसिमले प्रयोग गर्न सकिने भएकाले हस्तमैथुनमा यसको विशेष महत्त्व हुन्छ। यसलाई चाहनाअनुरूप वा जसरी बढी आनन्द प्राप्त हुन्छ त्यसरी नै दबाब दिने अथवा निश्चित गति वा तरिकामा चलाउन सकिन्छ। कतिपय महिलाले औंलाबाहेक योनिमा अन्य केही वस्तु पसाएर पनि यौनआनन्द लिन्छन्। त्यस्तो कार्य गर्दा योनिबाट पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ। त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन। भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो। यो करिब ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र हुन्छ। तपाईंलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ। चलाउने वा घर्षण गर्नेदेखि बाहेक दबाब दिने, बिस्तार हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने वा तीघ्राले नै दबाब दिनेजस्ता अनेक उपाय प्रयोग गर्न सकिन्छ। नुहाउँदा पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने उपायका रूपमा लिएका हुन्छन्। महिलाहरूले यौन प्रसाधनहरू (vibrators) प्रयोग गर्न सक्छन्। तपाईंले गर्ने हस्तमैथुनले वैवाहिक जीवनलाई असर गर्छ भन्ने छैन।

कतै हिस्टेरिया भएको त होइन ?

यौनचाहना हुँदैमा त्यसलाई हिस्टेरिया भन्न मिल्दैन। यस विषयमा कुरा गर्नुभन्दा पहिले हिस्टरिया भनेको के हो भन्ने कुरा बुझौं। ग्रीक शब्द 'hystera' बाट यसको नाम रहेको हो, जसको अर्थ पाठेघर हुन्छ। पहिले-पहिले पाठेघरमा खराबी हुने र यौनसम्पर्कले त्यसलाई निको पार्ने विश्वास गरिने भएकाले उपचारका लागि विवाह गरेपछि ठिक हुन्छ भनिन्थ्यो। त्यसबेला हिस्टेरियालाई यौनेच्छा शान्त गर्न नपाउने स्थिति मानिन्थ्यो।

हिस्टेरिया एउटा मानसिक रोग हो, अहिले फरक रूपमा वर्गीकरण गरिने भए पनि यसलाई 'female hysteria' पनि भनिन्छ। यसमा अति नै भय मान्ने र आतंकित हुने स्थिति हुन्छ तथा विभिन्न किसिमको शारीरिक तथा मानसिक लक्षण देखिन्छन्। तपाईंको कुरा पढ्दा त्यस्तो केही भएजस्तो लाग्दैन।

श्रीमान्ले किन सन्तुष्टि दिन नसक्नुभएको होला ?

पुरुष र महिलाको यौन प्रतिक्रिया चक्र केही फरक हुन्छ। पुरुषलाई भन्दा महिलालाई चरमसुखको स्थितिसम्म पुग्न बढी समय लाग्न सक्छ। पुरुष वीर्य स्खलन वा चरमसुखको स्थितिपछि केही समय चभाचबअतयचथ उभचष्यम मा जान्छ, जुन बेला उसले यौनसम्पर्कलाई निरन्तरता दिन वा पुनः सुरु गर्न सक्दैन। यस्तो कुरालाई अनावश्यक रूपमा बढाउनुको सट्टा कसरी तालमेल मिलाउने भन्ने कुरातिर लाग्नुपर्छ। अर्को कुरा, यौनसम्बन्धी आवश्यकता व्यक्तिअनुसार फरक-फरक हुन्छ। कसैलाई बढी हुन्छ भने कसैलाई कम। यस्तो स्थितिमा तालमेल नमिल्नुको सबै दोष अरूमाथि थोपर्नु मनासिब हुँदैन। सम्पूर्ण परिस्थितिका बारेमा सबैभन्दा बढी तपाईलाई नै थाह हुने भएकाले समाधानको बाटो आफैंले खोज्नुपर्ने हुन्छ। यौन सन्तुष्टि प्राप्त नहुने परिस्थितिका सबै पाटाका बारेमा एकपल्ट राम्रोसँग विचार गर्नुहोस् र कारण पत्ता लगाउने प्रयास गर्नुहोस्। समाधान गर्न सजिलो हुन्छ।

हुन त धेरै व्यक्तिको चाहना हुन्छ, हरेक यौनसम्पर्कमा यौन चरमसुख प्राप्त होस्, तर यथार्थमा त्यस्तो हुँदैन। आवश्यक पाक्क्रीडा जहिले पनि सहयोगी हुन्छ। आलोपालो गरेर एक-अर्काको यौन चरमसुखमा केन्दि्रत यौनसम्पर्क गरे फाइदा पुग्छ।

बलात्कारले त्यस्तो भएको होला ?

सर्वप्रथम तपाईंले आफूमाथि भएको दुव्र्यवहारका बारेमा लेखेर समाधान खोज्ने प्रयास गर्नुभएकाले हामी त्यसको प्रशंसा गर्छौं। लैङ्गकि असमानताले उब्जाएको यो एउटा नकारात्मक पक्ष संसारका कतिपय समाज जस्तै नेपाली समाजमा पनि विद्यमान छ। आफू पूर्ण रूपमा स्वीकृति दिन सक्ने स्थितिमा भएको होस् वा कुनै तरिकाले बाध्य बनाइएको होस् यसरी इच्छाविरुद्ध वा वलप्रयोग गरी यौनसम्पर्क गर्नु बलात्कार हो र यो बलात्कार अपराध हो। यस्तो जघन्य अपराध सहेर बस्नु उचित हुँदैन, तर भन्न जति सजिलो सायद व्यवहारमा उतार्न त्यति सजिलो छैन। सहेर बसेकाले नै बलात्कारी व्यवहारलाई बढावा मिलेको हुनुपर्छ र उसले त्यसलाई निरन्तरता दियो।

हुन त बलात्कारको दीर्घकालीन गम्भीर असर पर्न सक्छ, तर तपाईं आफैंले केटा रोजेर विवाह गरी वैवाहिक जीवनलाई यसरी अघि बढाइरहेको छ। यसले एक हदसम्म उक्त पाटोमा अल्झिनुभन्दा पनि सुखद भविष्यतर्फ केन्दि्रत हुनुभएजस्तो बुझिन्छ, जुन आफैंमा राम्रो कुरा हो। त्यसैले ती सबै घटनालाई मात्र कारक मान्नु मनासिव देखिँदैन। यस विषयमा तपाईंका केही जिज्ञासा भए सक्दो जवाफ दिने प्रयास गर्ने थियौं।

0 comments: on "मलाई हिस्टेरिया भएको त होइन ?"