मुख्य समाचार :


आलोचना गर्नेहरूलाई जनताले मोसो दलेको हेर्न नपरोस्‌-युवा मोर्चा

कालेबुङ, 15 दिसम्बर।
गोर्खा जनमुक्ति युवा मोर्चाले गोर्खाल्याण्ड आन्दोलन गर्ने भन्ने बित्तिकैदेखि व्यक्ति विशेष अनि कतिपय सङ्गठनहरूले युवा मोर्चाको आन्दोलनलाई लिएर  आचोचना गर्न शुरू गरेको बताउँदै आलोचना गर्नेहरूमाथि आज युवा मोर्चाले तिखो प्रहार गरेको छ।
 आलोचना गर्नेहरूलाई जवाब दिनका निम्ति डाकिएको पत्रकार सम्मेलनअवधी युवा मोर्चा केन्द्रिय समिति सदस्य तोपदेन भोटियाले आलोचकहरूलाई चेतावनी दिँदै भने, हाम्रो आन्दोलनको आलोचना गर्नेहरूलाई भोलिका दिनमा जनताले कालो मोसो दलेको हेर्न नपरोस्‌। हामी फेरि नयॉं रूप लिएर आन्दोलन गर्नेभनेदेखि नै हाम्रो क्षेत्रमा विभिन्न मन्तव्य दिएर हाम्रो नेतृत्वहरूमाथि आरोप लगाउन थाल्यो। गोर्खा जनमुक्ति मोर्चाले जति गरेको छ जनतालाई थाहा  छ।
 आन्दोलनलाई लाञ्छना गाउने त्यस्ता तत्वहरू सँगै गोर्खाल्याण्डको निम्ति बाधा बनेको इतिहास छ। युवा मोर्चाले गर्दै गरेको आन्दोलनलाई आलोेचकहरूले आफ्नै जगाबाट हेरर आफ्नै बाटोमा हिँड्‌ने  सुझाउ राख्दै उनीहरूले आलोचना गरेर अड्‌चन लाउनु  नहुने भोटियाले बताए। धेरजसो युवाहरूले उमेर नाघिसकेकोले भावी सन्तानकै निम्ति युवा मोर्चाले आन्दोलन शुरू गरेको तिनले बताए। युवा मोर्चाले शुरू गरेको आन्दोलन कस्तो हुने भविष्यले नै बताउने भएपनि अहिले कसैले बाधा दिनुनहुने तिनले बताए। गोर्खा जनमुक्ति मोर्चाले छुटै राज्यको निम्ति क्षेत्रफललाई लिएर कार्यक्रम गरिरहेकोले गोर्खाल्याण्डको निम्ति यो बुनियॉंदी ढॉंचा रहेको बताउँदै तिनले ग्राउण्डको काम गर्न युवा मोर्चा लागिपरेको बताए।
 


0 comments: on "आलोचना गर्नेहरूलाई जनताले मोसो दलेको हेर्न नपरोस्‌-युवा मोर्चा"