मुख्य समाचार :


कसले खॉंदैछ वीपीएलको भाग?

 
कालेबुङ, 20 दिसम्बर।
हप्तामा एकपल्ट पाउने राशनमा प्रत्येक एक व्यक्तिबाट 7 सय पचास ग्राम राशन कसैको गोदाममा गइरहेको माकपा नेता तारा सुन्दासले अभियोग लगाएका छन्‌।
 तिनीअनुसार बङ्गालकी मुख्यमन्त्री ममता व्यनर्जीले जङ्गलमहल अनि पहाडको निम्ति डबल राशन दिने अघिबाटै घोषणा गरेकी थिइन्‌। जङ्गलमहलमा एपीएल अनि बीपीए प्रत्येक एक व्यक्तिलाई दुइ रूपिँया किलोको दरले राशन दिन थालिएपनि पहाडमा पाउँदैगरेको राशनसमेत अहिले मानिसहरूले नपाएको सुन्दासले आरोप लगाएका छन्‌। अहिले पहाडमा एकजना बीपीएलले एककिलो दुइसय ग्राम मात्र राशन पाइरहेको सुन्दासले बताउँदै 2 किलोमा 7.50  ग्राम हराइरहेको आरोप लगाएका छन्‌। ममता व्यनर्जीले दिएको राशन डबल दिने आश्वासन त परको कुरा तर अहिले तीन हप्ता बितिसक्दा समेत मानिसहरूले चामल अनि गहुँ नपाएको सुन्दासले बताएका छन्‌। प्रत्येक एक व्यक्तिबाट 7.50 ग्राम राशन हराउनु  अनि तीन हप्तासम्म राशन नपाउँदासमेत मानिसहरू मूकदर्शक बनेर बस्नु नहुने सुन्दासले बताए। सन्दासले बताएअनुसार खाद्य विभागका जिल्ला नियन्त्रसँग कुरा गर्दा  दार्जीलिङ पहाडमा  राशन समयमा नआउनुको कारण एफसीआई( फूड कर्पोरेशन अफ इण्डियाले राशन आएको छैन भनिरहेको छ, जबकी एफसीआईलाई राशनको निम्ति पैसा दिइसकेको सन्दासको भनाइ छ।
 एफसीआईमा यदि राशन नभएको भए सिक्किममा हाहाकार मच्चिसक्नुपर्ने बताउँदै पहाडलाई राशनबाट पनि वञ्चित गराइरहेको सुन्दासले आरोप लगाए। यसैले दार्जीलिङ पहाडको निम्ति छुट्टै एफसीआई गोदाम बनाइनुपर्ने पनि सुन्दासको माग रहेको छ। ममता व्यनर्जीले दार्जीलिङ पहाडलाई स्वीट्‌जरल्याण्ड बनाउने घरिघरि भनिरहेकोे बताउँदै सुन्दासले भने, यही हो स्वीट्‌जरल्याण्ड, जहॉं मानिसहरूले राशनसम्म पनि समयमा पाउँदैन। स्वीट्‌जरल्याण्डको जनताले किन दुःख पाउनुपर्ने? स्वीट्‌जरल्याण्डको जनताले आँटा पाएन, खानु नपाएर स्वीट्‌जरल्याण्ड? स्वीट्‌जरल्याण्ड यहि हो? सुन्दासले प्रश्न गरे। जङ्गमहललाई डबल राशन दिँदा पहाडलाई किन दिइएन? पहाडबासीप्रति तृणमूल सरकारले गरेको कोल्टे नीतिको पनि सुन्दासले घोर भर्त्सना गरे। पश्चिम बङ्गालमा परिवर्तनको हावासँगै आएको तृणमूल सरकारले मानिसहरूलाई जिउँदै मार्ने काम गरिरहेको पनि सुन्दासले आरोप लगाए।

0 comments: on "कसले खॉंदैछ वीपीएलको भाग?"