मुख्य समाचार :


‘मन परेन’-सही निर्णय होइन- नाम्दुङ

मनोज वोगटी
कालेबुङ, 23 दिसम्बर।
चयन समितिले पठाएको आठवटा पुस्तक अकादमी पुरस्कारको निम्ति किन अयोग्य छ, यसको उत्तर दुइ जुरीसित छैन-साहित्य अकादमी नेपाली भाषा परामर्श परिषदका संयोजक जीवन नाम्दुङले दुइ जुरी डा. राजेन्द्र  भण्डारी अनि प्रो.घनश्याम नेपालले दिएको स्पष्टिकरणको प्रतिक्रियामा भनेका छन्‌। नाम्दुङले दुइ जुरीले  भनिरहेको अनुवादको कुरा आधारहीन रहेको बताउँदै भने, सॉंच्चैमा आठवटामा कुनै पनि एक कृतिको पनि अनुवाद भएमा नेपाली साहित्यको स्तर अग्लो हुनेथियो। तिनले के स्पष्ट पारे भने दुइ जुरीलाई तिनी संयोजक रहेको नातामा आठवटा पुस्तकहरू किन योग्य छैन भन्ने कुराको जवाब मागेको थियो तर दुइ जुरीले यसको उत्तर दिन सकेनन्‌। तिनले भने, नेपाली भाषाको अहित हने निर्णय भएकोले दुइ जुरीलाई पुस्तकहरू किन अयोग्य छ? भन्ने कुरा सोधिएको थियो तर उनीहरूले 'हामीलाई मन परेन' भन्ने जवाब बाहेक अयोग्यताको कारण दिन सकेनन्‌। 'हामीलाई मन परेन' भन्ने शब्द पुरस्कार चयनको नियम होइन। उनीहरूले कृति अयोग्य रहनुको ठोस कारण दिनुपर्थ्यो तर दिएनन्‌। उनीहरूलाई लिखितरुपले निर्णय माग्दा 'योग्यको छैन' बाहेक अरु केही लेखेनन्‌। तर उनीहरूले किन योग्य छैन भन्ने प्रश्नको उत्तर लेखेनन्‌। निर्णयको कारण हुन्छ। त्यही कारण दिइएन। नाम्दुङ अनुसार जुरीले यस्तो खाले अभद्र निर्णय गर्नु उचित होइन किन भने आठवटामा कुनै न कुनै कृति त योग्यको हुनैपर्ने हो। योग्य नरहेको कुरा जुरीले स्पष्ट नपारेको ठोकुवा गर्दै कसैले पनि पुरस्कार नपाउनुको कारण खोजेमा आरटीआई गरेर दुइजुरीबाट कारण माग्न सकिने पनि तिनले बताएका छन्‌। तिनले साहित्य एकाडेमीबाट पञ्जिकृत 6 वटा संस्थालाई पहिलो चरणमा पुस्तक छनौटको जिम्मा दिइएको अनि सबै संस्थाले मोठ 32 वटा पुस्तक छनौट गरेर चयन समितिलाई दिएको बताउँदै नाम्दुङले धेरै चरणका धेरै जुरीहरूबाट छानिएर अन्तमा 15 वटा पुस्तक छानिएको बताए। तिनी अनुसार 15 बाट छानिएर नै आठवटा पुस्तक अन्तिम जुरीसमक्ष पुगेको हो। यही धेरै जुरीले छानेर निकालेको आठवटा पुस्तकलाई नै योग्यको नरहेको बताउने जुरीको पुस्तकको योग्यता नाप्ने यन्त्र के हो? भन्ने प्रश्न पनि तिनले उठाएका छन्‌। दुइ जुरीको निर्णयले नेपाली भाषाको मर्यादा नै समाप्त गरेको आरोप पनि नाम्दुङले लगाएका छन्‌। नाम्दुङ अनुसार दुइजना जुरी जसले आठवटा कृतिहरूलाई अयोग्य ठहराए उनीहरूले अयोग्यताको ठोस कारण बताउनैपर्छ। यदि नबताएको खण्डमा मुद्दा दर्ता हुनसक्नेसम्म बताउँदै नाम्दुङले भने, जुरीको यस्तो खाले आधारहीन निर्णयको कारण अकादमी वोर्डका सदस्यहरूले मुद्दा हाल्न सक्छन्‌। किन भने आठवटा कृतिका लेखकहरूलाई उनीहरूले अयोग्य ठहराउनु चानचुने निर्णय होइन। दुइ जुरीको हिसाबमा हो भने आठजना साहित्यकारहरू योग्यका साहित्यकार होइनन्‌। यदि होइनन्‌ भने नहुनुको ठोस कारण उनीहरूले देखाउनुपर्छ। यता राजेन्द्र भण्डारीले आफ्नोपक्षको स्पष्टिकरणमा पुरस्कारको निम्ति अन्य भाषामा अनुवाद योग्य नभएकोले नै चयन नगरिएको बताएका छन्‌ भने घनश्याम नेपालले पनि यही कुरा दोहोर्‍याएका छन्‌। तर नाम्दुङले भने आठवटामा कुनै पनि कृतिको अनुवाद भएमा नेपाली साहित्यको गरिमा बढ्‌ने कुरा गरेका छन्‌। जुरी र संयोजकबीचको कृतिलाई हेर्ने फरकफरक दृष्टिकोण रहको त स्पष्ट नै छ चलिरहेको विवादको फेदसम्म नै नपुगे यो विवाद नै साहित्यकारहरूबीच अमेल र शत्रुताको कारण बन्न सक्ने पनि स्पष्ट रहेको छ।
 


0 comments: on "‘मन परेन’-सही निर्णय होइन- नाम्दुङ"