मुख्य समाचार :


पहाडको फरेष्ट बङ्गलोहरू जलाएको रिस्‌मा केफेरको हेङ्गिङ ब्रिज बन्द

 प्रज्ज्वल छेत्री
कालेबुङ, 12 दिसम्बर।
सिप्सु गोलिकाण्डमा मान्छे पनि आफ्नै मर्नु अनि रिसले पहाडको आफ्नै सम्पत्तिहरू जलाउनु भनेको रिस खा आफू वुद्धि खा अर्का  भने जस्तै हो। यो उखान अहिले चरितार्थ बनको छ। सिप्सु काण्डको रिसले पहाडको फरेष्ट बङ्लोहरू जलाएर न त सिब्सु काण्डको न्यायिक जॉंच नै भयो न त जलाइएको फरेष्ट बङ्गलोहरू नै फेरि बनियो, बरू अहिले त्यसको फल भुक्तभोगीहरूले भोग्न परिरहेको छ। भोग्नपरेको पीर भुक्तभोगीहरूलाई नै राम्ररी थाहा छ। कालेबुङ नगरदेखि लगभग 30 किलोमिटर टाडामा अवस्थित कफेर लोलेगाउँमा बन विभागभित्र भएको पर्यटकीय स्थलहरूमध्ये एक हो कफेरको हेङ्गिङ ब्रिज, दर्पण छायॉंको सुटिङ भएको ब्रिज। एकरूखदेखि अर्को रूखहरूलाई जोडेर बनाइएको हेङ्गिङ ब्रिज हेर्नमात्र पनि कयौं देशी तथा विदेशी पर्यटकहरू कफेर आउने गर्थे। तर यो ब्रिज यसैवर्षको जनवरी महिनादेखि नै बन्द अवस्थामा रहेको छ। काठहरू मक्किएकोले दुर्घटनाको सम्भावनाहरू देखा पर्नथालेपछि बन्द भएको यस हेङ्गिङ ब्रिज फेरि खोलिने तर्खरमा छैन, बरू सँधैको निम्ति बन्द हुने सम्भावना भने बढेर गएको छ। क्षेत्रबासीहरूको भनाइअनुसार कफेरमा सिप्सु काण्डको कारण धरै बन विभागको सम्पत्तिहरू नष्ट गरेकोले नै बन विभाग हेङ्गिङ ब्रिजलाई लिएर मौन रहेको छ। स्मरण गराइन्छ, सिप्सु काण्डलाई लिएर कफेरमा  एउटा भीआईपी गेस्ट हाउस,  एउटा पुरानो बङ्गला, 10 वटा कटेज, अन्य चारवटा पर्यटकहरू बस्ने कोठाहरू जलाइएको थियो। जुन कुरा आजसम्म पनि वन विभागले भुल्न सकेको छैन। क्षेत्रबासी पूर्णबहादुर गुरूङको भनाइउसार गाउँलेहरूले पर्यटकीय हेङ्गिङ ब्रिजलाई सुचारू गर्न धेरै आग्रह गरिसकेको भएपनि बन विभागले सोही जलाइएको घटनाहरू देखाउने गर्छ। पहिले फरेष्ट कमिटीसँग मिलेर गाउँलेहरूले नै यस हेङ्गिङ ब्रिज चलाउने गर्थ्योे भने प्रत्येक पर्यटकबाट 15 रूपिँया संग्रह गरिन्थ्यो। पर्यटकहरूबाट संग्रह गरिएको राजस्व  गाउँलेहरूसँगै बन विभागले पनि लिने गर्थ्यो। स-साना मरम्मतिकोे काम गाउँलेहरूले गर्ने भएपनि ठूला मरम्मतिहरू बन विभागले गर्ने गरेको क्षेत्रबासी पूर्णबहादुर गुरूङ बताउँछन्‌। तिनी अनुुसार  अहिले बन विभागले हेङ्गिङ ब्रिज गाउँलेहरूलाई पनि चलाउन दिँदैन अनि आफै पनि चलाउन चॉंहदैन। वन विभागको सम्पत्तिहरूलाई यहॉंकै मानिसहरूले जलाएर स्वाह पारेकोले फेरि बन विभागले क्षेत्रवासीकै हीतको कार्य गर्न नचाहेको उनीहरू बताउँछन्‌। कफेरमा घुम्न आउने पर्यटकहरूले अहिले हेङ्गिङ ब्रिज बन्द भएकोले उदासीनता अनुभव गर्ने गरेको पनि क्षेत्रबासीहरू बताउँछन्‌। पहाडमा वन विभागभित्र नै पर्यटक भित्राउने थुप्रै सम्भावनाहरू रहेकोले बन विभागको यस्तो उदासीनताले पहाडमा पर्यटकहरू धेरै भित्रिने सम्भावनाहरू कमै रहेको देखिन्छ त्यसै पनि जीटीएभित्र पनि वन विभाग नपस्ने भएपछि त झनै पर्यटकीय अवस्थालाई पहाडमा विकसित गर्नु झनै कठिन देखिएको छ। कफेरमा पर्यटकहरू भित्राउने थुप्रै सम्भावनाहरू हुँदाहुँदै पनि विभागीय उदासीनताको कारण पर्यटकीय क्षेत्र फैलन सकेको छैन। यति मात्र होइन कफेर लोलेगाउँदेखि तीन किलोमिटर टाडामा रहेको झण्डी डॉंडाबाट सोर्योदय अनि सूर्योअस्त हेर्न कैयौं देशी तथा विदेशी पर्यटकहरू आउने गर्छन्‌। तर लाभादेखि केफरसम्म आउने 24 किलोेमिटर बाटोको अवस्था सोंचनीय छ। भएका पर्यटकीय स्थलहरूको मरमत्ति भएको छैन। एक सिजनमा अझपनि 800 देखि 1200 पर्यटकहरू  कफेर घुुम्न आउने गर्छन्‌। 7 वर्षअघि वन विभागले क्षेत्रबासीहरूको निम्ति पर्यटकीय दृष्टिकोणले आर्थिक आधार निर्माण होस्‌ भन्ने धेयले निर्माण गरिदिएको हेङ्गिङ ब्रिज फरि सुचारू गर्न विन विभागले उदासीनता देखाइरहेको छ। यसैले सिप्सु घटनाको कारण पहाडबासीले आफ्नो खुट्टामा आफैले बञ्चरो हानेको कारणले चोट आफैलाई लागेको अहिले स्पष्ट देखिएको छ। 


0 comments: on "पहाडको फरेष्ट बङ्गलोहरू जलाएको रिस्‌मा केफेरको हेङ्गिङ ब्रिज बन्द"