मुख्य समाचार :


अन्तर विद्यालय थ्रो बल अनि भलिबल प्रतियोगिता प्रारम्भ



प्रज्ज्वल वोगटी।
कालेबुङ, 6 मई।


कालेबुङ स्पोर्टस एशोसिएशनले अघिदेखि नै विद्यार्थीहरूलाई खेलकुदप्रति हौसला प्रदान गर्न विभिन्न खेलकुद प्रतियोगिताहरूको आयोजना गर्दै आइरहेको छ। एशोसिएशनकै आयोजनामा आजदेखि यहॉंको मेलाटारमा पुरूष अनि महिला विद्यार्थीहरूबीच थ्रो अनि भलिबल लीग म्याच प्रारम्भ भयो।

आजको खेलमा कालेबुङ क्षेत्रभरिका विभिन्न विद्यालयका विद्यार्थीहरूले अशग्रहण गरेका थिए। महिला विद्यार्थीहरूबीच भएको थ्रो बल प्रतियोगितामा उच्च कन्या, जुब्ली, प्रणामी, आटीबीसीआई, सीएसटी, रकभेल, सप्तश्री, जनता जुनियर अनि माउण्ट कार्मेल विद्यार्थीहरूले अशंग्रहण गरेका थिए। यसैगरी भलिबलमा सप्तश्री, उच्च कन्या, जनता जुनियर स्कूलका विद्यार्थीहरूले अंशग्रहण गरेका थिए। पुरूष विद्यार्थीहरूबीच भएको भलिबल प्रतियोगितामा एसयूएमआइ, साई इन्स्टिट्यूट, रकभेल, जनता अनि अगस्टिन स्कूलले अंशग्रहण गरेको थियो।

आज विभिन्न विद्यालयहरूबीच भएको लीग म्याच भलिबल अनि थ्रो बलको फाइनल 7 मईको दिन हुने केएसए का उप-सभापति प्रकाश भुसालले जनाएका छन्‌।

0 comments: on "अन्तर विद्यालय थ्रो बल अनि भलिबल प्रतियोगिता प्रारम्भ"