मुख्य समाचार :


विमल गुरूङ आफ्नै पार्टीबाट असुरक्षित छन्‌-पिपल्स फोरम

कालेबुङ,11 दिसम्बर।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङ तिनकै बुद्धिजीवीहरूबाट असुरक्षित छन्‌। विमललाई फँसाउने काम तिनकै जीटीएमा हस्ताक्षर गर्ने नेताहरूले गरिरहेका छन्‌।
 अहिले राज्य सरकारसित सम्बन्ध विगारेर विमललाई जेल हाल्ने कुटनीतिमा त्यही शक्तिले युवा मोर्चालाई आन्दोलनमा उतारेको हो-पिपल्स फोरमका महासचिव प्रवीण गुरूङले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। गुरूङले उल्लेख गरेका छन्‌, विमल गुरूङले जनतालाई ढॉंटे अनि विमललाई तिनका बुद्धिजीवीहरूले। वास्तवमा विमल गुरूङले अंग्रेजीमा लेखिएको जीटीएको खेस्रा पढ्‌न नसकेकोले नै तिनी अब विलखबन्दमा पर्ने देखिएको छ।
 सम्झौतापत्रमा स्पष्ट छ कि जीटीएमा तराई र डुवर्सका भूभागहरू पस्ने छैन। तरै पनि गुरूङलाई हस्ताक्षर गर्नेहरूले राज्य र केन्द्रसित मिलेर हाइपावर कमिटी देखाइदिए। किन भने विमल गुरूङले नै तराई र डुवर्सको एकै इञ्च पनि नछोड्‌ने कसम खाएका थिए। हस्ताक्षर गर्नेहरूले कसम खाएका छैनन्‌। प्रवीण गुरूङले जारी गरेको विज्ञप्तीमा के पनि भनिएको छ भने वास्तवमा मोर्चाकै केन्द्रिय कमिटीका बुद्धिजीवीहरूले जीटीए गठनमा ढिलाइ गरेको हो। ढिलाई गर्दा गुरूङले फेरि छुट्टै राज्यको आन्दोलन थाल्नेछन्‌ अनि तिनले आन्दोलन थाल्यो कि तिनलाई जेल हाल्ने धेरै प्रमाणहरू राज्य सरकारसित छ। मदन तामङको हत्याको बेला ट्यापिङ गरिएको डिजिटल फाइल मुख्यमन्त्रीसित छ। राज्य सरकारसित कसरी हुन्छ विमल गुरूङको सम्बन्ध विगार्नु भनेको तिनलाई जेल ठोक्ने कुटनीति हो।
 प्रवीण गुरूङले अझ भनेका छन्‌, वास्तवमा मोर्चाका नेताहरूले छुट्टै राज्यको मुद्दा बेचिसकेका छन्‌ अनि त्यसको साटो जीटीए थापिसकेका छन्‌। कतिपय सरकारी कारणले यसको गठन हुन ढिलो गरिएको विमल गुरूङको धैर्य तोड्‌नु मात्र हो। अब विमल गुरूङले युवा मोर्चासित मिलेर छुट्टै राज्यको आन्दोलन गर्नेछ। यदि विमल गुरूङ पक्का राजनैतिक हुन्‌ भने तिनले युवा मोर्चाको आन्दोलनलाई समर्थन गर्ने छैन। युवा मोर्चाले आन्दोलनको नाममा पहाडको संसाधन मास्ने काम गर्ने छ। पहाडमा अगणतान्त्रिक माहौल बनाउने छ अनि बङ्गालले आन्दोलनलाई दबाउने फोर्स पहाडमा हाल्ने छ अनि त्यहीबीच विमल गुरूङलाई जेल हाल्ने छ। विमल गुरूङलाई जेल हालिएमा मोर्चाका जीटीएपक्षका बुद्धिजीवीहरू सुरक्षित रहने छन्‌ अनि उनीहरूले छुट्टै राज्यको साटो जीटीए थापेर राज गर्ने छन्‌। गुरूङको किटान अनुसार वास्तवमा विमल गुरूङले आफ्नै दुष्कर्मको फल पाउन शुरू भएको छ। कागजपत्रहरू पढ्‌न नजान्ने, अशिक्षित भएको फाइदा तिनकै महत्वाकांक्षी नेताहरूले उठाइरहेको छ। यसकारण पनि जनताको इमान्दार नेता विमल गुरूङ हुन्‌ भने तिनको पहिले जीटीए खारेज गर्नुपर्ने छ। यसो गरेमा तिनलाई जेल ठोक्ने कुटनीति गर्नेहरू तइनमा आउने छन्‌। यसो नगरेमा बिमल गुरूङ आफै फँस्ने छन्‌। पिपल्स फोरम विमल गुरूङलाई सतर्क गराउँदछ। तिनी सॉंच्ची नै छुट्टै राज्य चहान्छन्‌ भने जीटीए खारेज गरेर अघि आउन्‌, छोड्‌दै गइरहेको जनताको साथ तिनले पाउने छन्‌। गुरूङ अनुसार बङ्गालबाट मुक्ति नै आन्दोलनको औचित्य हुनुपर्छ। यदि बङ्गालमा नै बस्ने कुटनीतिमा फँसिए उसको राजनैतिक केरियरमा बद्नाम बाहेक अरु केही उपलब्धी हुने छैन।
 


0 comments: on "विमल गुरूङ आफ्नै पार्टीबाट असुरक्षित छन्‌-पिपल्स फोरम"