मुख्य समाचार :


आजदेखि जलपाइगुढी न्यायलयमा सीके प्रधान हत्याकाण्डको मुद्दा शुरू


कालेबुङ, 11 दिसम्बर।
सीके प्रधान हत्याकाण्डको पहिलो सुनुवाई आज जलपाइगुडी न्यायलयमा 9 वर्षपछि हुने भएको छ। 3 अक्टोबर 2002 मा सीके प्रधालाई गोली ठोकेर दिउँसै हत्या गरेकोे आज 9 वर्ष पूरा भइसक्दा समेत आरोपीहरू पक्रा परेका छैनन्‌।
 बङ्गालको पुलिस प्रशासनले सीके प्रधान हत्याकाण्डका आरोपीहरूलाई पक्रन नसकेपछि सीबीआईले 2005 देखि मुद्दा हातमा लिएको थियो। सीके प्रधान हत्याकाण्डको जॉंच प्रक्रिया समाप्त भएपछि सीबीआइले अघिल्लो वर्षमात्र चार्जसीट बुझाएको थियो। परिवारपक्षबाट डीके प्रधानले बताएअनुसार आज जलपाइपुडी न्यायलयमा प्रथमपल्ट गवाहीहरूले  हत्याकण्डमाथि वयान दिनेछन्‌। तर आज परिवारपक्षलाई भने न्यायलयमा बोलाइएको छैन। परिवारपक्षका भनाइअनुसार जुन व्यक्तिहरूमाथि चार्जसीट दर्ता गरिएको थियो उनीहरू आजसम्म लापत्ता छन्‌।
 आरोपीहरूलाई पुलिस प्रशासनले अझसम्म पक्रन नसकेकोमा परिवारपक्षले असन्तुष्टि जाहेर गरेको छ। प्रमुख हत्यारा निरे राई र दया राईलाई आजसम्म खोजी निकाल्न नसकेको पनि परिवारपक्षले आरोप लगाएको छ।  यसैले सीके प्रधान हत्याकाण्डमाथि अहिलेसम्म भएको ढिलाईलाई लिएर परिवारपक्षलेले भारतको न्यायपालिकामाथि नै विश्वास हराएर गएको बताएको छ। यद्यपि नौं वर्षपछि सीके प्रधानको मुद्दा जलपाइगढी न्यायलयमा शुरू हुने भएपछि फेरि परिवारपक्षमा न्याय पाउने आशा जागेर आएको छ।
  सीके प्रधानको परिवारलाई न्याय दिलाउनमा अब गवाहीहरूको भूमिका महत्वपूर्ण रहने भएको छ, जसमा हत्याकाण्डमाथि 40 जना गवाहीहरूले बयान दिनेछन्‌। गवाहीहरूकै भरमा अब यस मुद्दा अघि बढ्‌ने निश्चित रहेको छ। स्व. सीके प्रधान गोर्खाल्याण्डका एकजना प्रमुख पक्षघर थिए। गोरामुमोमा नै रहेर गोरामुमोको कार्यप्रणालीको विरोध गर्ने सीके प्रधानलाई 3 अक्टोबर 2002 मा दिउँसै गोली ठोकेर हत्या गरिएको थियो। प्रधानको परिवारले हत्या भएको 9 वर्ष बितिसक्दा समेत न्याय पाउन त परको कुरो न्याय पाउने छॉंटकाटँसमेत देखिएको छैन। दार्जीलिङ पहाडमा आजसम्म भएको राजनैतिक हत्याहरूमा आरोपीहरूलाई पक्राउ गर्न पुलिस प्रशासन असक्षम भएर सीबीआईले नै मुद्दा हातमा लिँदा समेत सीके प्रधान हत्याकाण्ड नौ वर्षसम्म लम्मिएर गइसकेकोले अब स्व. मदन तामाङका परिवारले पनि चॉंडै न्याय पाउने आशा भने कमै रहेको देखिन्छ।


0 comments: on "आजदेखि जलपाइगुढी न्यायलयमा सीके प्रधान हत्याकाण्डको मुद्दा शुरू"