मुख्य समाचार :


कानूनी सचेतना शिविर सम्पन्न


कालेबुङ, 28 अगस्त।
महकुमा कानूनी सहायता अनि सेवा समितिको र क्याथोलिक एशोसिएसनको आयोजनामा आज चर्चकै प्रेक्षागृहमा एक दिवसीय कानूनी सचेतना शिविर सम्पन्न भयो। नगर लगायत गाउँ बस्तीका मानिसहरूलाई कानूनी सहायताबारे अवगत गराउने उद्देश्यले उक्त शिविर आयोजना गरिएको थियो। एशोसिएसनका सभपति थोमस मुखियाको विशेष उपस्थितिबीच सम्पन्न शिविरमा उपस्थित मानिसहरूलाई कानूनी सहायता क-कसलाई उपलब्ध हुन्छ अनि मानिसहरूले यसको फाइदा कसरी लिन सकिन्छ भनि कानून विशेषज्ञहरूले जानकारी गराए। यस सम्बन्धि पर्चा पनि वितरण गरे। आजको शिविरमा संयोजकको रूपमा अधिवक्ता प्रताप खाती रहेका थिए। उपस्थित कानून विशेषज्ञहरूले लोक अदालत सम्बन्धि पनि मानिसहरूलाई अवगत गराए। शिविरमा महकुमा सेवा समितिका चेयरमेन एवं जिल्ला सेसन जज विद्यानाथ मदुरी अनि कालेबुङ कोर्टका सिविल जज श्रीमती वर्माली दास गुप्ता विशेष रूपमा उपस्थित थिए। शिविरमा क्याथोलिक एशोसिससनका सचिव प्रेम प्रधान लगायत अधिवक्ता अनमोल प्रसाद अनि टी.एन. भोटिया डी.के. विशिष्टले चर्चमा आउने मानिसहरूलाई कानूनी सहायताबारे जानकारी गराए।

0 comments: on "कानूनी सचेतना शिविर सम्पन्न"