मुख्य समाचार :


के दिन्छन्‌ त जिल्लाधिकारीले मॉं सन्तोषी टोलवासीलाई लिखित आश्वासन?

कालेबुङ, 11 नोभेम्बर।
मोर्चाको सपना पुरा हुने आशा कम्ति बन्दै गइरहेको छ। मोर्चाले कालेबुङमा बनाउन चाहेको मल्टिकम्प्लेक्स अनि उच्चाधुनिक स्ट्याण्ड बनिने हो होइन अब जिल्लाधिकारीको हातमा रहेको छ। मॉं सन्तोषी टोलका मानिसहरूले मोर्चालाई लिखितरुपमा जिल्लाधिकारी वा उनी जस्तै उच्चाधिकारीले लिखितरुपले गॉंउलेहरूले चाहेको जस्तै सहुलियत दिन्छ भने मोर्चालाई मल्टिकम्प्लेस अनि स्ट्याण्ड बनाउनको निम्ति गाउँ छोड्‌न उनीहरूले विचार विमर्ष गर्न सक्छन्‌। यदि उच्चाधिकारीले गाउँलेहरूले चाहेको जस्तो लिखित आश्वासन दिएनन्‌ भने मोर्चाको सपना सपना नै रहने देखिएको छ। टोलवासीले किन मोर्चालाई यस्ता खाले लिखित जवाब दिनुपर्‍यो, यो निक्कै चासोको कुरा रहेको छ। किन भने गोरामुमोले यस्तै योजना देखाएर तीन परिवारलाई टोलबाट उच्छेद गरिसकेको छ अनि उच्छेद गरेर उनीहरूलाई कुनै पनि सहुलियत नदिएको टोलवासीले बिर्सन सकेका छैनन्‌। गोर्खा जनमुक्ति मोर्चाले पनि गोरामुमोकै कार्यव्यवहार अघिबाट नै यही टोलमा नै देखाइसकेको छ। किन भने मोर्चाले जङ्गबीर सापकोटाको सालिग बनाउने निहूमा त्यही टोलबाट रामाशङ्‌करलाई उच्छेद गरिसकेको छ। रामाशङ्‌करले मोर्चाले दिएको खोक्रो आश्वासन हेर्न नपाइ संसार छोडिसकेका छन्‌। रामाशङ्‌करको मृत्युको कारण मोर्चाले दिएको त्यही शोषण अनि अन्याय रहेको रामाशङ्‌करको परिवारको आरोप छ। अहिले रामाशङ्‌करको परिवार आफ्नै बनदोबस्तले बसोबासो गरिरहेका छन्‌। यी सबै देख्दा देख्दै टोलबासीले मोर्चालाई घर भत्काउने अनुमति दिने कुरा नै आएन। यसैकारण टोलवासीले मोर्चालाई गतिलै असुविधामा पारिदिएको छ।

 

0 comments: on "के दिन्छन्‌ त जिल्लाधिकारीले मॉं सन्तोषी टोलवासीलाई लिखित आश्वासन?"