मुख्य समाचार :


कालेबुङ नगरपालिका समष्टीमा मोर्चा उम्मेद्वारहरूको घोषणा





कालेबुङ, 10 नोभेम्बर।
दार्जीलिङ, खरसाङ अनि मिरिक नगरपालिकापछि आज मोर्चाद्वारा कालेबुङ नगरपालिका समष्टिमा                                                        पनि चुनाउ लड्‌ने मोर्चा उम्मेद्वारहरूको घोषणा गरियोे। मोर्चाको सर्वेक्षण टोलीले प्रत्येक वार्डहरूमा बैठक गरेर उम्मेद्वारहरू छनौट गरेर मोर्चाकै चुनाउ समितिलाई बुझाएपछि आज मोर्चा अध्यक्ष विमल गुरूङले उम्मेद्वारहरूको  नाम घोषणा गरे। 22 नम्बर वार्डको निम्ति एलबी परियारलाई मोर्चाले अघिबाटै टिकट प्रदान गरिसकेको थियो भने आज रहल अन्य वार्डहरूका मोर्चा उम्मेद्वारहरूलाई टिकट दिइयो। वार्ड  नम्बर 22 बाहेक वार्ड नम्बर 3, 6, 9, 12, 15, 16, 17, 18, 19 अनि 20 मा निर्विरोध उम्मेद्वार रहेकोले मोर्चा अध्यक्ष विमल गुरूङले उनीहरूलाई बिना झण्झट नै टिकट प्रदान गर, तर अन्य वार्डहरूमा भने एक भन्दा धेर उम्मेद्वार रहेकोले मोर्चालाई टिकट बॉंट्‌न निक्कै गाह्रो पर्‍यो।  कतिवटा वार्डमा त झनै 8 जनाभन्दा अधिक उम्मेद्वारहरू रहेकोले एकजना उम्मेद्वार छनौट गर्न गुरूङले थुप्रै तरिकाहरू अप्नाएर उम्मेद्वार छनौट गरे। तिनले कतिवटा समष्टिको उम्मेद्वार छनौट गर्न स्वयंले निर्णय लिए भने धेरजसो वार्डहरूको लटरीको माध्यमबाट उम्मेद्वार छनौट गरे। स्थानीय रामकृष्ण रङ्गमञ्चमा मोर्चा महासचिव रोशन गिरी, सहसचिव विनय तामाङ, उपाध्यक्ष कल्याण देवान,  कर्णल रमेश आले, महकुमा समितिका प्रतिनिधिगण आदिको उपस्थितिबीच गुरूङले कूल 23 वटा वार्डहरूमा नै उम्मेद्वार छनौट गरे। 8 घण्टाभन्दा अधिक समय लगाएर मोर्चाले आज उम्मेद्वार छनौट गर्ने झमेलाको समाधान गर्‍यो। चौकीमा बस्न होडबाजी गर्ने उम्मेद्वारहरूलाई गुरूङले थुप्रै टेक्टिसहरू अप्नाएर साम्य पारिदिए। मोर्चाले आज 23 वटा वार्डहरूमा उम्मेद्वारहरूको घोषणा गरेपछि भोलिदेखि नै उम्मेद्वारहरूले नामाङ्‌कन पत्र दर्ता गर्न शुरू गर्ने भएको छ।

कालेबुङ नगरपालिका समष्टीमा मोर्चाको पक्षबाट  टिकट पाएका उम्मेद्वारहरूको सूची
वार्ड नम्बर 1-दावा डोमा लामा
वार्ड नम्बर 2-शान्ति लामा
वार्ड नम्बर 3-आनन्द गर्ग
वार्ड नम्बर 4-तारा लोहार लेप्चा
वार्ड नम्बर 5- देविका मोक्तान
वार्ड नम्बर 6-कुन्दन बानिया
वार्ड नम्बर 7-बुद्ध लामा
वार्ड नम्बर 8-रिञ्जी भोटिया
वार्ड नम्बर 9-सोमा सुब्बा
वार्ड नम्बर 10-रवि प्रधान
वार्ड नम्बर 11- प्रदिप प्रसाद
वार्ड नम्बर 12- निलिमा तिरूवा
वार्ड नम्बर 13-ज्याङ्गबो शेर्पा
वार्ड नम्बर 14-मृदुला सुब्बा
वार्ड नम्बर 15-गङ्गा गुरुङ
वार्ड नम्बर 16-वरूण खवास
वार्ड नम्बर 17-इन्द्र गजमेर
वार्ड नम्बर 18-मुन्ना लामा
वार्ड नम्बर 19-मुन्ना तामाङ
वार्ड नम्बर 20-ज्योति राई
वार्ड नम्बर 21-प्रशान्त सिंह
वार्ड नम्बर 22-एलबी परियार
वार्ड नम्बर 23-सुमन थापा

0 comments: on "कालेबुङ नगरपालिका समष्टीमा मोर्चा उम्मेद्वारहरूको घोषणा"