मुख्य समाचार :


वर्षैभरि पालन गर्ने कालेबुङ महाविद्यालयले स्वर्ण जयन्ती पुस्तकालयको शिलान्यासलाई रोक्यो चुनाउ आचार संहिताले

प्रज्ज्वल छेत्री
कालेबुङ, 10 नोभेम्बर।
कालेबुङ महाविद्यालय अहिले स्वर्ण जयन्तीको तयारीमा रहेको छ। 12 नोभेम्बरको दिन महाविद्यालयले 49 वर्ष पूरा गरी 50 औं वर्ष टेक्नेछ। यसै अवसरमा 50 औं वर्ष टेक्न ठीक एकदिनअघि शुक्रबार महाविद्यालयले शिक्षा मन्त्री ब्रत बसुलाई कालेबुङ निम्ताएको थियो।
मन्त्रीकै वाहलीबाट स्वर्ण जयन्ती उद्घोषणासँगै पुस्तकालय भवनको शिलान्यास गराइने महाविद्यालयपक्षको योजना रहेकोे भएपनि नगरपालिका चुनावको आचार संहिताको कारण मन्त्रीले सहभागिता नजनाउने आज कालेबुङ महाविद्यालयका प्राचार्य आरपी ढकालले बताए। तिनीअनुसार कालेबुङ महाविद्यालयले 50 औं वर्षगॉंठ टेकेको अवसरमा स्वर्ण जयन्ती समारोहस्वरूप 12 नोभेम्बर 2012 सम्म महाविद्यालयले विविध कार्यक्रमहरूको आयोजना गर्नेछ। स्वर्ण जयन्ती समारोहबारे बोल्दै प्राचार्य ढकालले भने, कालेबुङ महाविद्यालयले स्वर्ण जयन्तीलाई केन्द्र गर्दै निक्कै ठूलो सपना सजाएको छ। महाविद्यालयको ठूलो भिजन रहेको छ। तीनतल्ले  पुस्तकालय भवनको निर्माण गरेर विद्यार्थीहरूले शोधकार्य गर्ने योग्यको बनाउन सकियोस्‌ भन्ने हाम्रो परिकल्पना छ।
 राम्रो पुस्तकालयको निर्माण हुनसके हामी सरकारलाई पोस्ट ग्रेजुएटसम्मको शिक्षाको निम्ति अनुरोध गर्नसक्छौं। पोस्ट ग्रेजुएटसम्मको शिक्षा कालेबुङमा नै होस्‌ भन्ने हामी चाहन्छौं। तिनले अहिले महाविद्यालयमा वाटर हार्भेस्टिङको योजना पनि बनाइएको अनि योजना पूर्ण भएपछि बेडमेन्टन अनि भलिबल कोर्टको पनि निर्माण गरिने योजना रहेको बताए। कालेबुङ महाविद्यालयमा अहिले फिजिक्स, केमेस्ट्री जस्ता विषयहरू नरहेकोले विद्यार्थीहरूले विषय छनौट गर्न नसक्ने बताउँदै सरकारले कालेबुङ महाविद्यालयलाई सरकारी महाविद्यालय घोषित गरे कालेबुङ महाविद्यालय अब्बल दर्जाको बन्नसक्ने बताए।
 शुक्रबार शिक्षा मन्त्रीको बाहुलीबाट महाविद्यालयपक्षले पुस्तकालय भवन शिलान्यास गर्ने योजना बनाएको थियो तर चुनाउ आचार संहिताको कारण कुनै पनि कार्यक्रम गर्ननसक्ने निर्देश महकुमा अनि नगरपालिका प्रसासनबाट ाएकोले कार्यक्रम स्थगित गरियो। यता गार्जियन फोरमको पक्षबाट तारा सुन्दासले टेण्डर नगरिकन पुस्तकालय भवनको शिलान्यास गरे महाविद्यालयपक्षलाई कठघरामा उभ्याउने चेतावनी समेत दिएका थिए भने पैसा आएको वर्षदिन बितिसक्दा समेत निर्माण कार्य नभएकोमा असन्तुष्टि जाहेर गरेका थिए।
  आज स्वर्ण जयन्तीलाई लिएर डाकेको पत्रकार सम्मेलन अवधी महाविद्यालयपक्षले पुस्तकालय भवन सम्बन्धी पनि स्पष्टिकरण दिएको छ।  महाविद्यालयका कार्यालय प्रमुख बीबी शर्माले भने, पुस्तकालय भवन निर्माणको निम्ति कालेबुङ महाविद्यालयलाई गत वर्षको दिसम्बरमा नै 42 लाख रूपिँया प्राप्त भएको छ।  भवन निर्माणको निम्ति बिल्डिङ कमिटी हुन्छ जसमा महाविद्यालयका प्राचार्य, सञ्चालन समितिका अध्यक्ष अनि पीडल्यूडी कन्सट्‌कक्सन बोर्ड वा जिल्ला परिषदका इञ्जिनियर हुन अनिवार्य हुन्छ। सरकार पनि कन्सट्रक्सन बोर्डको कार्यबाट सन्तुष्ट थिएन अनि हामी पनि। यसलै यहॉं जिल्ला परिषदको इञ्जिनियर नभएकोले महकुमा अधिकारी कार्यलयमा रहेका इञ्जिनियरलाई नै बिल्डिङ कमिटिमा सामेल गर्न  सरकारसमक्ष माग गर्‍यौं। तिनीउसार सरकारले इञ्जिनियर सम्बन्धी विद्यालयपक्षले सरकारसमक्ष गरेको अनुरोधको प्रत्युतर अगस्त महिनामा मात्र आयो।
 सरकारले महकुमा अधिकारीको इञ्जिनियर राख्न सक्ने सुझाउ दिएको शर्माले जनाए। तिनीअनुसार सरकारबाट अगस्त महिनामामात्र प्रयुत्तर आएकोले नै पुस्तकालय निर्माण कार्यमा ढिलाई भएको हो। बिल्डिङ निर्माण कमिटीमा तीन सदस्य रहने भए पनि पारदर्शिताकै निम्ति छात्र सङ्गठन अनि सञ्चालन समिति र शिक्षक-शिक्षिकाहरूलाई समेटेर एउटा टोली बनाइएको शर्माले जनाएका छन्‌।
 सरकारबाट प्रत्युत्तर आएपछि नै महाविद्यालय सञ्चालन समिति अनि बिल्डिङ कमिटीको बैठक भइरहेको अनि मन्त्री आएको अवसरमा शिलान्यास गर्ने महाविद्यालयपक्षको योजना गरेको तिनले जनाए। यता महाविद्यालयका प्राचार्य आरपी ढकालले बताए अनुसार सञ्चालन समितिको बैठक भएपछिनै टेण्डरबारे निर्णय लिने छ। तिनले व्यक्ति विशेषको टिप्पणीमाथि कुनै स्पष्टिकरण दिइरहने अनिवार्य नरहेको पनि बताए।
 कालेबुङ महाविद्यालयमा शैक्षिक स्तर दिनोदिन घटिरहेको सम्बन्धमा नेपाली विभागका शिक्षिका सुधा गुरूङले कालेबुङ महाविद्यालयको मात्र होइन समग्रमा उत्तर बङ्ग विश्वविद्यालय अधिनस्त जम्मै महाविद्यालयकै परीक्षा परिणाममा ह्रास देखापरिरको बताइन्‌। तिनीअनुसार परीक्षा परिणाम फल समयमा नआएकोले विद्यार्थीहरूको अनुपस्थिति पनि परीक्षाको परिणामको कारण रहेको बताइन्‌।
यद्यपि अहिले विद्यालयपक्षले प्रोभीजनल अनि ट्योटोरियल क्लासेस्‌ पनि शुरू गरिरहेको जनाउँदै उत्तर वङ्गाल विश्वविद्यालयको शिक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने जनाइन्‌। आज महाविद्यालयले डाकेको पत्रकारसम्मेलन अवधी कालेबुङ महाविद्यालका शिक्षक-शिक्षिकागण, बिल्डिङ कमिटीका प्रतिनिधिहरू, महाविद्यालय  सञ्चालन समितिका सदस्यहरू अनि छात्र सङ्गठनबाट पनि विद्यार्थी नेताहरू उपस्थित थिए।

0 comments: on "वर्षैभरि पालन गर्ने कालेबुङ महाविद्यालयले स्वर्ण जयन्ती पुस्तकालयको शिलान्यासलाई रोक्यो चुनाउ आचार संहिताले"