मुख्य समाचार :


मॉं सन्तोषी टोलको लिखित निर्णय ‘उच्चाधिकारीको लिखित आश्वासन देउ’

कालेबुङ, 10 नोभेम्बर।
आखिरमा नोभेल्टी सिनेमा हल नजिक मॉं सन्तोषी टोलका मानिसहरूले गोर्खा जनमुक्ति मोर्चालाई अघिल्लो प्रस्तावना अनुसार लिखित निर्णय दियो। मोर्चाले टोलबासीबाट मोर्चाद्वारा दिएको आश्वासनको आधारमा निर्णय आउने आशा गरेको भए पनि अन्तमा टोलवासीको निर्णय मोर्चाको आशा विपरित बन्यो। गोर्खा जनमुक्ति मोर्चाले जीटीएको पहिलो उपहार स्वरुप मॉं सन्टोषी टोलमा मल्टिकम्प्लेक्स र उच्चाधुनिक स्ट्याण्ड बनाउने भएको थियो, तर योजनालाई बाधा गर्‍यो टोलले। टोललाई त्यहॉंबाट नहटाए मोर्चाको सपना पुरा हुँदैन। यसकारण मोर्चाले टोलबासीलाई घर हटाइदिने अनि त्यसको साटो उनीहरूलाई मल्टिकम्प्लेक्समा स्टल दिने कुरामा सहमति मागिरहेको थियो।
 मोर्चाले सहमति माग्न छोडेको छैन अनि टोलवासीले सहमति दिन सकिरहेको छैन।
 यस अघि टोलवासीलाई केहीदिनभित्रमा नै निर्णय दिने अनुरोध गरेको थियो जसको फलस्वरुप टोलवासीले निर्णय त दियो तर घर हटाउने होइन, घर हटाउनु नै हो भने उच्चाधिकारीले लिखितरुपमा आश्वासन दिनुपर्ने सम्बन्धमा।
 मोर्चालाई टोलको छिमेकी कल्याण सङ्घले दिइएको लिखित निर्णयमा भनिएको छ, गॉंस, बास र कपासको व्यवस्था स्वंय गर्दै आइरहेका वासिन्दाहरू चहान्छन्‌ हाम्रो चौतर्फी क्षतिपूर्तिको निम्ति यदि सम्बन्धित सरकारी निकाय जस्तै जिल्लाधीस वा उच्च पदस्त अधिकारी अथवा तिनका प्रतिनिधि मार्फत लिखित प्रस्तावना आए त्यसमाथि छिमेकी कल्याण समितिमा विचार विमर्ष गरी अवश्य नै निर्णय लिनेछौं।

0 comments: on "मॉं सन्तोषी टोलको लिखित निर्णय ‘उच्चाधिकारीको लिखित आश्वासन देउ’"