मुख्य समाचार :


चुनाउ आचार संहिताबारे राजनैतिक दलहरूलाई लिएर बैठक मोर्चा, क्रामाकपा अनि कंग्रेसको मात्र सहभागिता


कालेबुङ, 5 नोभेम्बर।
11 दिसम्बरमा हुने नगरपालिका चुनाउलाई लिएर पहाडको राजनैतिक गर्मी चरममा पुगिसकेकोछ। नामाङ्‌कनपत्र भर्न ठीक दुइदिन अघि आज  महकुमा प्रशासनले आज राजनैतिक दलहरूलाई लिएर बैठक गर्‍यो। राजनैतिक दलहरूमा गोर्खा जनमुक्ति मोर्चा, क्रामाकपा अनि कंग्रेसले मात्र बैठकमा सहभागिता दिएको थियो। महकुमा अधिकारी एलएन शेर्पाले डाकेको बैठकमा  कालेबुङ थाना प्रभारी प्रसाद प्रधान अनि एसएसपी सोङ्‌मित लेप्चा पनि उपस्थित थिए। बैठकबारे बताउँदै महकुमा अधिकारी एलएन शेर्पाले नगरपालिकाको आचार संहिताबारे राजनैतिक दलहरूलाई अवगत गराइएको बताएका छन्‌। तिनले बताए अनुसार 8 नोभेम्बरदेखि नगरपालिका क्षेत्रमा कोड अफ कन्डक्ट लागू हुनेछ।  8 देखि 15 नोभेम्बरसम्म नामाङ्‌कनपत्र भरिने भए पनि 10 अनि 13 तारिुकको दिन सरकारी विदा रहेकोले उम्मेद्वारहरूले 6 दिनभित्रमा 11 बजीदेखि 3 बजीसम्ममा नामाङ्‌कन पत्र भरिसक्नु पर्नेछ। यसरी नै 16 नोभेम्बरको दिन नामाङ्‌कनपत्रको पुनर्जॉंच हुनेछ भने 18 तारिकको दिन फिर्ता गर्ने मियाद राखिएको छ। नगरपालिका चुनाउमा सुरक्षा कठोर गर्न 10 नोभेम्बरको दिन पुलिस प्रशासनसित बैठक गर्ने अनि कालेबुङको 23 वटा वार्डहरुको निम्ति 39 वटा बुथहरू रहने शेर्पाले जनाएका छन्‌। तिनले  चुनावी आचार संहिता विधानसभाको झैं हुने भएको माइकिङ गर्नको निम्ति महकुमा कार्यालयको अनुमति अनिवार्य रहने अनि अन्य सभाहरूको निम्ति पुलिस प्रशासनको अनुमति अनिवार्य रहने पनि तिनले जनाएका छन्‌।

0 comments: on "चुनाउ आचार संहिताबारे राजनैतिक दलहरूलाई लिएर बैठक मोर्चा, क्रामाकपा अनि कंग्रेसको मात्र सहभागिता"