मुख्य समाचार :


तेलेङ्गनासँगै गोर्खाल्याण्ड पनि हुनुपर्ने मागमा पोष्टरिङ बङ्गाल अधिनस्त हुने चुनावलाई प्राथमिकता दिँदैनौं-पार्खिन

कालेबुङ, 5 नोभेम्बर।
अहिले दार्जीलिङ पहाडको राजनीतिले दिनोदिन नयॉं रूप लिँदै गइरहेको छ। जीटीए होइन जीएण्डएटीएको निम्ति गोर्खा जनमुक्ति मोर्चा अनि आविपको सम्झौतापछि नयॉं राजनैतिक चलखेलहरू शुरू भएको छ भने नगरपालिका चुनाउको गर्मी पनि निक्कै बढेर गइरहेको छ। दार्जीलिङ पहाडमा वर्तमान परिवर्तनशील राजनैतिक चलखेलहरू भइरहेको समय आज अचानक गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले तेलेङ्गनासँगै छुट्टै राज्य गोर्खाल्याण पनि हुनेपर्ने मागमा नगरमा व्यापक पोष्टरिङ अनि फेस्टुनहरू टॉंसेको छ। स्मरण गराइन्छ, दार्जीलिङ पहाडमा गोरामुमोको एकछत्र शासन हुँदा 7 अक्टोबर 2007 मा गोर्खा जनमुक्ति मोर्चा गोरामुमो सम्मुखिन चुनौतिको रूपमा उभिएपछि सुवास घिसिङसहित गारोमुमोका थुप्रै नेता अनि पार्षदहरू निर्वासित बनेका थिए। ती निर्वासित बनेका पार्षदहरूमध्ये एक दावा पाख्रिन हुन्‌। निर्वासित बनेपछि गोरामुमोलाई त्यागेर नयॉं पार्टी गोर्खा राष्टिय निर्माण मोर्चा गठन गरेर नयॉं झण्डा लिएर पहाड फर्केका दावा पाख्रिनले विस्तारै नयॉं व्यानरमा राजनैतिक क्रियाकलापहरू गर्न शुरू गरेका छन्‌। आज तिनले तेलेङ्गनासँगै छुट्टै राज्य गोर्खाल्याण्ड पनि हुनपर्ने मागमा नगरमा पोष्टरिङ गरेपछि पत्रकारहरूलाई भने, देशका प्रधानमन्त्री स्वयंले तेलेङ्गना राज्य गठन हुँदैन भनेका छैनन्‌। तेलेङ्गना राज्य हुन्छै हुन्छ। आन्द्राबाट छुट्टिएर तेलेङ्गना राज्य हुनसक्छ भने बङ्गालबाट छुट्टिएर गोर्खाल्याण्ड किन हुन सक्तैन। तिनले त्यसै पनि इतिहासकै आधारमा पनि दार्जीलिङ पहाड बङ्गालको भूभागै नरहेको बताए। तिनले गोरानिमोले छुट्टै राज्यको निम्ति नै आन्दोलन गर्ने बताउँदै  गोर्खाल्याण्डको निम्ति कलकत्ता अनि दिल्लीमा पनि घरणा प्रदर्शन गर्ने बताए। जीटीएको सम्झौतापछि अहिले दार्जीलिङ पहाडमा हुनलागेको नगरपालिका चुनाउ सम्बन्धी भने, बङ्गाल अधिनस्त हुने नरपालिका चुनावलाई हामी प्राथमिकता दिँदैनौं। बरू जीटीए अन्तरगतकै चुनाउ भएको भए पनि विचार गर्न सकिन्थ्यो। तिनले बङ्गालबाट नै छुट्टिन चाहिरहेको समय बङ्गालकै ऐनभित्रको चुनाउ भने नलड्‌ने बताए। तिनले मोर्चा अनि आविपको सम्झौता जीटीए हुन अघि नै भएको भए उचित हुनेथियो भन्ने विचार व्यक्त गरे। गोर्खा आदिवासीहरू बीच नङ- मासुको सम्बन्ध रहेको भएपनि गोर्खाहरूलाई भने चिन्हारीको आवश्यकता रहेको बताए। आदिवासीको आवश्यकता भनेको विकास रहेको, उनीहरूको आफ्नै राज्य रहेको उनीहरूलाई चिन्हारीको आवश्यकता नरहेको बताए। यद्यपि तिनले यो मोर्चाको राजनैतिक कार्यक्रम अन्तर्गत केवल दुइ दलहरूबीच सहमति मात्र रहेको अनि आविपभित्रै अन्तरकलह रहेको बताउँदै यदि यसमाथि सरकारले कुनै गम्भिरतापूर्वक लिएर वार्ताहरू राखेको भए मात्र गोरानिमोले केही बोल्न उचित हुने बताए। गार्खा बाहुलक्षेत्र मात्र होइन तराइ डुवर्सको गोखा बसेको जम्मै क्षेत्रहरू नै गोर्खाल्याण्डको निम्ति अन्तरभुक्ति हुनुपर्ने बताए।    

0 comments: on "तेलेङ्गनासँगै गोर्खाल्याण्ड पनि हुनुपर्ने मागमा पोष्टरिङ बङ्गाल अधिनस्त हुने चुनावलाई प्राथमिकता दिँदैनौं-पार्खिन"