मुख्य समाचार :


नयॉं ट्राफिक निमय उलङ्गन लियो एकको ज्यान

कालेबुङ, 5 नोभेम्बर।
कालेबुङ नगरमा नयॉं ट्राफिक नियम भएको महिना दिन नबित्दै  आज एउटा ट्रकले एक व्यक्तिको ज्यान लियो। घटना अनुसार डम्बरचोकमा डब्ल्युबी 71 ए 0667 नम्बर भएको ट्रकको धक्कालाग्दा पाब्रिङटार निवासी विकास योगी (40) को घटनास्थलमा नै मृत्यु भयो। थाहा लागे अनुसार ब्याङ्‌कको काम लिएर परिवारसित नै कालेबुङ आएका मृतक विकासको व्याङ्‌कको काम सकेर दार्जीलिङमा आफन्तको घरमा परेको मरौमा जाने कार्यक्रम थियो। बिहान 9 बजीतिर व्याङ्‌कको काम गर्न अघि नै तिनले दुर्घटना परेर ज्यान गुमाउन पर्‍यो। तिनी बस्ट्याण्ड गइरहेका थिए। डम्बरचोक र स्ट्याण्डबीचको चेपारो बाटोमा विपरित दिशाबाट आइरहेको ट्रकले तिनलाई भित्तामा नै चेप्टायो। वाहन सहित चालकलाई पक्राउ गरिएको छ। मृतक विकासको शव पोष्टमर्टमपछि परिवारलाई सुम्पिइएको छ। घटनापछि डम्बरचोकमा त्रसित वातारण छाएको थियो। घटना हुनुमा ट्राफिक नियमलाई चालकले गरेको उलङ्घनलाई दायी हुनसक्ने सबैले अनुमान गरेका छन्‌। किन भने कालेबुङमा अक्टोबरदेखि नगरमा नयॉं नियम लागू गरिएको थियो।  नियम अनुसार बिहान 9 बजी भित्रमा मेनलाइनमा जाने ट्रकहरू नगरबाहिर भइसक्नुपर्ने थियो। विद्यालयको समय रहेकोले दुर्घटनाको सम्भावनालाई नै हेरेर यो नियम बनाइएको भए पनि नियम अवमाननाको कारण नै यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

0 comments: on "नयॉं ट्राफिक निमय उलङ्गन लियो एकको ज्यान"