मुख्य समाचार :


दलहरू विकास र राज्यको मुद्दामा जनता कतातिर?

मनोज वोगटी
कालेबुङ, १४ नोभेम्बर|
अहिले पहाडमा विचित्रको राजनीति शुरु भएको छ| छुट्टैराज्यको निम्ति गठन भएको पार्टी विकास र चुनाउतिर छ, जुन दलले छुट्टै राज्य र गोर्खाल्याण्ड भन्ने दल वा संगठनहरूको खिल्लि उडाउन थालेको छ| इन्द्रेको बाबु चन्द्रे आए पनि छट्टै राज्य हुँदैन भन्दै बरु विकास नै पहाडको निम्ति उचित मुद्दा ठानेको छ गोर्खा जनमुक्ति मोर्चाले| ४५ महिना छुट्टै राज्यको निम्ति समय ओगटेर अन्तमा आफ्नो खासरुपमा आइपुगेको मोर्चा अब छुट्टै राज्यको कुरा उठान गर्ने पक्षमा छैन|
 छुट्टै राज्यको आन्दोलनलाई विकाससित साटेर केन्द्र र राज्यलाई गोर्खा जनमक्ति मोर्चाले आन्दोलन सकिएको देखाइरहेको राजैतिक सचेतहरू मान्छन्| केन्द्र र राज्यलाई छुट्टै राज्यको आन्दोलन सकिएको भन्दै त्यसको सट्टामा चुनाउ, चौकी र पैसा मागिएको आरोप लगाउनेहरूको जमात ठूलै छ| अहिले दुइधारमा  पहाडको राजनीति चलिरहेको छ| एउटा हो मोर्चाको विकासको राजनीति अनि अर्को हो राष्ट्रियस्तरमा छुटै राज्यको आन्दोलन गर्ने सर्वदलीय मञ्च गोर्खाल्याण्ड टास्क फोर्सको घोषणा| आन्दोलनको अवधारणा भनेकै छुट्टैराज्यको निम्ति निर्माण भएको थियो| तर यही मुद्दालाई अहिले विकासको निम्ति स्थापित गरिएको छ| गोरामुमोले जुन भूल दोहोर्‍यायो आखिरमा गोजमुमोले पनि त्यही धार पक्रियो| आन्दोलनलाई सम्झौतामा ल्याइएपछि गोर्खा जनमुक्तिबाट जनताको मोहभङ्ग भइसकेको भए पनि अन्य विकल्पको अभावमा मोर्चाले गर्ने हरेक राजनैतिक मुद्दाको शिकार हुनुपर्ने बाध्यता जनतालाई रहेको धेरैले विश्‍लेषण गरेका छन्| जसरी गोरामुमोको कालमा यस्तै विश्‍लेषणलाई पक्रिएर विशेष अवसरमा गोर्खा जनमुक्ति मोर्चालाई स्थापित गरिएको थियो| अहिले आएर मोर्चाको स्थापनाको औचित्य नै शंकाको घेरामा परेको छ| दार्जीलिङ जिल्लामा राज्य केन्द्रित आन्दोलन गरिएको फलस्वरुप नै अहिले राज्य अधिनस्त विकास योजनामा आन्दोलनलाई स्थगित गर्नुपर्ने मोर्चाको बाध्यताभित्र अनेकौं कारणहरू खोजिन पर्ने देखिएको छ| अहिले आएर आन्दोलन राष्ट्रिय प्रारुपमा गरिए मात्र नै बङ्गाल सरकारले पहाडको सवालमा समाधानको सूत्र खोज्ने अवसर पाउने छैन भन्ने विचारको विकास भएको देखिएको छ| गोरामुमो अनि गोजमुमोले राज्य केन्द्रित आन्दोलन गर्ने कार्य मात्र गरेन पहाडको संशाधन नष्ट गर्ने अनि हत्या हिंसाको परिस्थिति तयार पारेकै कारण सम्झौतामा आउनु परेको पनि विश्‍लेषकहरू ठान्छन्| १९८६ मा सीआरपी लगाएर १२ सय भन्दा धेरको हत्या गरिएपछि दागोपाप थाप्नु पर्ने परिस्थिति निर्माण भएको थियो| यता गोजमुमोकालमा गोर्खालीग नेता मदन तामङको हत्यापछि जीटीए थाप्नुपर्ने परिस्थिति निर्माण भएको विशलेषकहरूले ठानेका छन्| अहिले मोर्चाले छुट्टैराज्यको आन्दोलन थन्काएको छ अनि दार्जीलिङ जिल्लामा विकास गर्नको निम्ति एउटा यवस्था ग्रहण गरिसकेको छ| तर गोर्खाहरूले सयवर्षदेखि देखेको छुट्टैराज्यको सपना अझ पनि सबैसित छ| राष्ट्रियरुपमा मुद्दाको उठान नगरेसम्म मुद्दाले पार पाउने कतैबाट पनि सम्भावना देखिँदैन|
 यस्तोमा मोर्चापछि गोर्खाल्याण्ड टास्क फोर्स गठन गरिएको छ| अहिले दलहरूले त आ-आफ्नो बाटो पक्रिसकेको छ तर जनताले कुन बाटो पक्रिने हो त्यो स्पष्ट भएको छैन| विकास पनि गरिनै पर्ने मुद्दा  रहेको छ तर विकासको बहानामा आन्दोलनलाई स्थगित गरिनु कतैबाट पनि उचित नरहेको देखिएको छ| यस्तोमा अहिले विकास पनि गर्दै अनि आन्दोलन पनि गर्दै गर्नुपर्ने स्थिति उपार्जन भएको छ| विकास गर्नको निम्ति हो भने जनालाई मोर्चासित बस्ने पर्ने बाध्यता आउने छ| जो पनि मोर्चा बाहिर पर्छन् उनीहरूको विकास निश्‍चय नै हुने छैन| यसैपालीको नगपालिका चुनाउमएा मोर्चाले टिकट दिएका उम्मेदवार बाहेक अरू जो पनि स्वतन्त्ररुपले उठ्छन् उसलाई पार्टी बाहिर गरिने मात्र होइन नगपालिकाको बोर्डबाट नै बाहिर गर्ने अनि तिनलाई योजना बञ्चित गराइने मोर्चाले घोषणा नै गरेको छ|  यस्तोमा मोर्चा सहभागी नभएको छुट्टैराज्यको राष्ट्रियरुपको आन्दोलमा पहाडका जनता जो छुट्टैराज्य चहान्छन् उनीहरूको सहभागितामा मोर्चाले बाधा खडा गर्ने पनि स्पष्ट छ|
जो गोर्खाल्याण्ड आन्दोलनमा जान्छन् तिनलाई विकास योजनाबाट नै बाहिर गर्ने हो कि भन्ने त्रासको उपार्जन गरिएकोले अब जनताले छुट्टैराज्यको आन्दोलनमा आफ्नो सहभागिता कसरी दिने हो भन्ने प्रश्‍न खडा भएको छ| 

0 comments: on "दलहरू विकास र राज्यको मुद्दामा जनता कतातिर?"