मुख्य समाचार :


भूपेन हजारिकाको अस्तु टिस्टा-रङ्गीतको सङ्गममा विसर्जन



कालेबुङ, १४ नोभेम्बर|
भूपेन हजारिकाले सङ्गीतको निम्ति कुनै जातिलाई छुट्टाएनन्| उनले कुनै विशेष जातिलाई लिएर मात्र लिएर गीत गाएनन्| उनले सम्पूर्ण जातिलाई समेटेर नै गीत गाएर विश्‍वमा नै ख्याती कमाएका हुन्| ५ नोभेम्बरको दिन मुम्बइमा निधन भएका भूपेन हजारिकाको अन्तिम विदाइ दिन त्यसदिन ५० लाख भन्दा अधिक मानिसहरू शवयात्रामा सहाभागी बनेका थिए| तीनै भूपेन हजारिकाको सुकिर्ती विश्‍वभरि नै पुर्‍याउन अहिले भारतमा मात्र नभएर देश विदेशका नदीहरूमा पनि तिनको अस्तुलाई विसर्जन गरिने पहल असम साहित्य सभाले शुरू गरेको छ| भूपेन हजारिकाको अस्तु आज टिस्टा अनि रङ्गीतको सङ्गमस्थल त्रिवेणीमा पनि विजर्जन गरियो| निजोरापार गुवाहाटीमा जन्म लिएका भूपेन हजारिकाको अस्तु टिस्टा-रङ्गीतको सङ्गमस्थलमा अर्पण गर्न असमबाट आज दिउँसो ८ जनाको टोली त्रिवेणी आइपुका थिए| भारतीय गोर्खा परिसङ्गका असम राज्य सभापति पुष्पधर शर्मा, सहल्लाहकार राजु शर्मा, आग्सुका मूल सचिव केशव शर्मा, असम गोर्खा सम्मेलनका अध्यक्ष गोविन्द उपाध्यय आदिको एक टोलीले आज असमदेखि त्रिवेणीसम्म अस्तु लिएर आएका थिए| अस्तु विसर्जन गर्नअघि भागोप प्रतिनिधिहरू आर मोक्तान, पीके प्रधान, बीएन प्रधान, रमल छत्री, गोजमुमो टिस्टा शाखाका  प्रतिनिधिहरू, लप्चु पेशोक शाखाका अध्यक्ष रमेश लामा अनि मोर्चा उत्तर पूर्विय संयोजक सुकबहादुर राईले भूपेन हजारिकाको तस्वीरअघि खदाअर्पण गर्दै श्रद्धाञ्जली चडाए| भूपेन हजारिकालाई श्रद्धाञ्जली अर्पण गर्न अस्तु विसर्जन अवधी सयभन्दा अधिक मानिसहरू भेला भएका थिए जसमा जीएलपी जवानहरू पनि तैनाथ थिए| त्रिवेणी परिसरमा एक मिनटको मौनधारणपछि भूपेन हजारिकाको अस्तुलाई टिस्टा-रङ्गीत नदीको दोभानमा विसर्जन गरियो| असमबाट हजारिकाको अस्तु लिएर आइपुगेका टोलीका भागोप असम राज्य सभापति पुष्पधर शर्माले हजारिकाको सुकिर्ती सबै ठाउँहरूमा पुर्‍याउने असम साहित्य सभाको योजना रहेकोले सोही योजनाअनुरूप हजारिकाको गोर्खाहरूप्रति रहेको प्रगाड सम्बन्धकै कारण आफूहरू अस्तु विसर्जनको निम्ति टिस्टा रङ्गीतको दोभानसम्म आइपुगेको बताए|  शर्माअनुसार १९६७ सालमा एकचोटी हरिभक्त कटुवालले  हजारिकालाई सम्मान जनाउँदै तिनको शीरमा नेपाली टोपी परिराएका थिए| त्यसैबेलादेखि तिनले जीवनभर नेपालीले दिएको सम्मान भन्दै सँधै नेपाली टोपी शीरमा लगाउँथें| त्यो टोपी दुइदशकपछि तिनको शीरबाट उतारियो जब तिनी पञ्चतत्वमा बिलिन भए| तिनले नेपाली जातिलाई धेरै माया गर्ने गरेको बताउँदै शर्माले अस्तु विसर्जन अवधी भेला भएका जनसमुहलाई हजारिकाको जीवनीबारे पनि प्रकाश पारे|


0 comments: on "भूपेन हजारिकाको अस्तु टिस्टा-रङ्गीतको सङ्गममा विसर्जन"