मुख्य समाचार :


नगरपालिकालाई कर नदिने पक्षमा लोकल वाहन चालकहरू


कालेबुङ, 8नोभेम्बर।
ट्राफिक व्यवस्थामा सुधार ल्याउन विभागले अहिले थुप्रै फेरबदलहरू गरेको छ भने वहानहरूमाथि अनिवार्य रूपमा कर संग्रह गर्ने कार्य पनि थालेको छ। अहिले दुइचक्के वाहनहरूको निम्ति प्रत्येक घण्टाको पॉंच रूपिँया, चारचक्के प्राइबेटको निम्ति दश रूपिँया अनि लोकल वाहनहरूको निम्ति दैनिक दश रूपिँया गरेर नगरपालिकाले पार्किङ फी उठाउन शुरू गरेको छ। नगरपालिकाले यसरी वाहनहरूबाट करहरू संग्रह गर्न थालेपछि लोकल वाहन चालकहरूले भने नगरपालिकालाई कर दिन असमर्थता प्रकट गरेका छन्‌। हिल मोटर्स ड्राभर वरकर्स युनियनले नगरपालिकाले लोकल बाहनहरूमाथि दैनिक दश रूपिँया गरेेर संग्रह गरिने गरेको कर नदिने पक्षमा विधायक अनि महकुमा अधिकारीको अनुपस्थिमा मेजिस्ट्रेट डीकी भोटियालाई एक ज्ञापन बुझाएको छ। ज्ञापनमा कर नदिने पक्षमा सङ्गठनले विविध मागहरू राखेको छ। सङ्गठनले ज्ञापनमा कर उठाउनुभन्दा पहिले नयॉं मोटरस्याण्डहरू निर्माण गरिनुपर्ने,  नोभेल्टी परिसरमा अविलम्ब मोटर स्याण्ड निर्माण हुनुपर्ने,  नगरको रोडहरूको मरम्मति गर्नुुपनेर्र् आदि पॉंचवटा मागहरू उल्लेख गरिएको छ। सङ्गठनका अध्यक्ष सन्तोष शर्माले बताएअनुसार जबसम्म विभागले सङ्गठनको मागहरू पूरा गर्दैन तबसम्म लोकल वाहन चालकहरूले नरपालिकालाई कर नदिने भएको छ। तिनले भने, अहिले नगरको जम्मै सडकहरू भत्किएर गाडी कुद्न लायकको छैन। नयॉं मोटरस्ट्याण्डहरू निर्माण नगरिकन हाम्रो सँधै राख्ने ठाउँबाट गाडी हटाउने काम भइरहेको छ। मानिसहरूले लोनमा गाडी लिएका छन्‌। सबैमा दैनिक रूपमा नगरपालिकालाई कर तिर्ने क्षमता हुँदैन। यसर्थ जबसम्म नयॉं मोटरस्याण्डहरूको निर्माण हुँदैन तबसम्म हामीलाई पुरानै ठाउँमा गाडी राख्न दिनुपर्छ। तिनले जबसम्म कालेबुङमा कुनै उद्योग धन्दाहरू नभएकोले अनि पर्यटकहरू पनि धेर नआउने भएकोेले चालकहरूलाई अहिले जीविका पनि धान्न साह्रो परिरहेको बताए। सरकारले अगस्त महिनादेखि गाडीको करहरू बुझाउनु भनेको भएपनि कालेबुङमा अहिले मोटर भेकल अफिस नभएकोले करहरू बुझाउन नसकेको पनि तिनले जनाए। तरैपनि ट्राफिक इन्सपेक्टरहरूले वाहनहरू पक्रिरहेको आरोप लगाए। यता महकुमा अधिकारी एल एन शेर्पाले  नगरपालिकालाई वाहन चालकहरूले कर नै दिएन भने नगरको समस्या  समाधान नहुने बताए। यद्यपि तिनले यस विषयमा चालकहरूसँग फेरि एकचोटि बैठक गरिने बताए। अहिले नगरपालिकाले  नगरमा दुइचक्के वाहनहरूको निम्ति रूपिँया पॉंच अनि प्राइवेट चारचक्के वाहनहरूको निम्ति दश रूपिँया प्रति घण्टा गरेर उठाउन शुरू गरेपछि अफिसका कर्मचारीहरूलाई धेरै असुविधा भइरहेको बताइएको थियो। दैनिक छ घण्टाभन्दा अधिक समयसम्म  नगरमा वाहन राख्दा दिनमा 30 देखि 40 रूपिँयासम्म लाग्ने गर्दछ।  यस सम्बन्धामा महिनाभरि बाहन राख्ने कर्मचारीहरूले महकुमा अधिकारी कार्यालयमा दर्खास्त गरे सहजै सहमतिमा आउनसक्ने बताए। 

0 comments: on "नगरपालिकालाई कर नदिने पक्षमा लोकल वाहन चालकहरू"