मुख्य समाचार :


मोर्चाको चुनावी अभियान तीब्र

कालेबुङ, 8 नोभेम्बर।
अहिले गोर्खा जनमुक्ति मोर्चा  नगरपालिका चुनाउलाई लिएर व्यस्त रहेको छ।
 मोर्चाले अहिले प्रत्येक वार्डहरूबाट उम्मेद्वारहरू चयन गर्ने काम शुरू गरेको छ। कालेबुङ नगरापालिका समष्टिमा रहेको 23 वटा वार्डहरूमा अहिले मोर्चा बैठक गरेर उम्मेद्वार छनौट गर्न लागिपरेको छ। 12 नोभेम्बरभित्रमा मोर्चाले उम्मेद्वारहरूको नाम सार्वजनिक गर्ने निधो गरेको छ। 22 नम्बर वार्डको निम्ति मात्र मोर्चा अध्यक्ष विमल गुरूङ स्वयंले एलबी परियारलाई चयन गरेका छन्‌ जुन वार्डमा मोर्चाको चुनाउ सर्वेक्षण टोलीले बुधबार बैठक गर्‍यो। पहिलोचोेटि 22 नम्बर वार्डमा बैठक गरेपछि आजदेखि सर्वेक्षण टोलीले विभिन्न वार्डहरूमा बैठक गर्न शुरू गरेको छ।
 आज स्थानीय ठाकुरबारी मन्दिरमा वार्ड नम्बर 1 मा बैठक भयो। मोर्चाको एक  चुनाउ सर्वेक्षण टोलीमा रहेका मोर्चा उपाध्यक्ष कल्याण देवान, प्रवीण रहपाल, लतिका सिन्हा, काजिम छिरिङ भोटिया, मेजर वार्नर अनि जेएसटीओका सागर थापाको उपस्थिबीच वार्ड नम्बर 1 का मोर्चा समर्थकहरूको बैठक भयो।
 महिलाको निम्ति आरक्षित वार्ड न्मबर 1 मा उम्मेद्वारहरूलाई लिएर धेरै तर्क वितर्कपछि तीनचार उम्मेद्वारको नाम सर्वेक्षण टोलीले लगेको छ जुन रिपोर्ट मोर्चाको चुनाउ समितिलाई बुझाएपछि नै उम्मेद्वार छनौट गरिने भएको छ।
 यसरी नै आज 11 नम्बर वार्डको पनि चुनावी बैठक सम्पन्न भयो।
 स्थानीय गोदुनिस भवनमा सम्पन्न्‌ बैठकमा मोर्चाको सर्वेक्षण टोलीमा महकुमा अध्यक्ष सरिता राई, ननिता गौतम, देशभक्त सुब्बा, पासङ शेर्पा, क्याप्टन अल्बर्ट लेप्चा अनि डेण्डुप भोटिया रहेका छिए।
   साधरणवर्गको निम्ति आरक्षित खुल्ला रहेको वार्ड नम्बर 11 बाट 9 जना उम्मेद्दवारहरूको नाम सर्वेषण टोलीले लगेको छ।  

0 comments: on "मोर्चाको चुनावी अभियान तीब्र"