मुख्य समाचार :


भुइँचालो, जलवायु परिवर्तन र डम्पिङमाथि कार्यशाला ‘अब बॉंच्ने दिन केवल पॉंच महिना’

  •  नगरपालिकाले मैला 'फ्यॉंक्छु' भन्नु नै गैरकानूनी हो| नगरपालिकाले 'मैला व्यवस्थापन' गर्छु भन्नु पर्छ|
  •  टिस्टानदीमा जुन हाइडल प्रजेक्टहरू भइरहेको छ, त्यसको कारण भुइँचालो आएको होइन|
  •  सबैभन्दा उत्तम र सुरक्षित घर भनेको नै इग्राको घर हो|
  •  अब बॉंच्ने दिन केवल पॉंच महिना छ| यो पॉंच महिनाभित्रमा बॉंच्ने उपायहरू आलम्बन गरिनुपर्छ|
  •  भुइँचालो त आउँछ तर मान्छे मार्न आउँदैन, मान्छे मार्छ भने बिल्डिङले|
मनोज वोगटी
कालेबुङ, २३ नोभेम्बर|
महकुमा अधिकारी एलएन शेर्पाले नढॉंटी भने- 'नगरपालिकामा धेर जस्तो बिल्डिङ प्लानिङ बिना नै जबरजस्ती बनाइन्छ| यसमा अघिल्ला नगरपालिका बोर्डको भूल छ| पॉंच तल्लासम्मको अनुमति हुन्छ तर बनाउँछ आठ तल्ला| भुइँचालो आउँदा उनीहरु नै सरकारले क्षतिपूर्ति दिनुपर्छ भनेर अघि आउँछन्| यस्तो विडम्बना छ पहाडमा|' कालेबुङ प्रेस क्लब, कालेबुङ कृषक कल्याण सङ्गठन, सेड अनि सेभ  हिल्सले भुइँचालोपछि पहिलोपल्ट आपदा अनि जलवायु परिवर्तनको असरमाथि-कार्यशाला गर्‍यो, जसको निचोड थियो आफ्नो भविष्यको व्यवस्थापन आफै गरौं| यसै कार्यक्रमका मुख्य अतिथि शेर्पाले कार्यक्रम सकेपछि आफ्नो सम्बोधनमा लाखौं खर्च गरेर बिल्डिङ बनाउनेहरूले नाली नबनाएकोले नै पैह्रो निम्ताएको  बताइरहेका थिए| सेस्मिक जोन-चारमा आएको यसपल्टको ६.८ रेक्टल स्केलको भुइँचालोले यसरी बिल्डिङ बनाउनेहरूको आँखा उघार्ने काम गर्‍यो भन्नु भ्रम मात्र रहेको बताउँदै तिनले निचोड दिए, जबसम्म आफैलाई बँचाउने व्यवस्थापनमा नागरिकहरू सचेत बन्दैनन् भुँइचालो, पैह्रो अनि मैलाले समस्या उत्पन्न गर्न छोड्दैन| कार्यशालाले अब सबैको आँखा उघार्‍यो कि? कालेबुङ प्रेस क्लब, कृषक कल्याण सङ्गठन, सेड अनि सेभ द हिल्सलाई लाग्यो भर्खर १८ सितम्बरले जुन संत्रास फैलाएर गयो, यसबारे समीक्षा हुनुपर्छ| समीक्षासित नै आउने समस्याहरूसित बॉंच्ने उपायहरूबारे जिल्लावासीलाई सचेत गराइनुपर्छ| यही कुरामा मतो मिलेपछि आयोजित कार्याशालामा सेभ द हिल्सका निदेशक विङ कमाण्डर प्रफुल्ल रावले भने, अब बॉंच्ने दिन केवल पॉंच महिना छ| यो पॉंच महिनाभित्रमा बॉंच्ने उपायहरू आलम्बन गरिनुपर्छ| तिनको आशय थियो अब मनसुन आउन पॉंच महिना बॉंकी छ| किन भने यसपालिको मनसूनले व्यापक पैह्रो बोकेर आउने छ| तिनले यसपल्टको भुइँचालोबाट सिक्किम र दार्जीलिङ भाग्यले बॉंचेको बताउँदै भने, केवल १५ सेकेेण्ड मात्र, आइतबार, सॉंझमा अनि झरी रोकिएको बेला भुइँचालो आउनु नै हाम्रो भाग्य थियो| तर यही भुइँचालोबाट हाम्रो दुर्भाग्य शुरू भएको छ किन भने यसपल्टको भुइँचालोले सिक्किम र दार्जीलिङलाई व्यापकरुपले चर्काएको छ अनि यसपल्टको बर्खामा ती चर्किएको ठाउँ व्यापक पैह्रो जाने निश्‍चित छ| तुलनीय हिसाबमा झरीको मात्रा र प्रकारमा फरक आएको छ| एकैदिनमा महिना दिनमा पर्नु पर्ने झरी आयो भने पैह्रो निश्‍चित हुने छ|
 बीआईएसको रिपोर्ट  अनुसार हिमालय क्षेत्रमा ठूलो बिल्डिङ बनाउने अनुमति छैन तर हिमालय क्षेत्रमा नै ठूला बिल्डिङहरू बनिरहेको छ| 'ड्रेनेज सिस्टम' ठीक छैन| जब पनि आपदा आउँछ तब आपदालाई कम्ति गर्ने होइन सरकारले पनि करोडौरुपले क्षति भएको संसाधनको पुन निर्माणमा खचर्र् गर्ने गर्छ|'सिस्टम' यहीं ठीक छैन| अब पॉंच महिनापछि फेरि पक्का आपदा आउँछ, तब के गर्ने भत्किएको बनाउनमा खर्च गर्ने कि आपदाबाट बॉंच्ने पूर्वाधारहरू तयार पार्ने? पॉंच महिनामा नै सबै कुरा तय गरिनु मात्र होइन, कार्यान्वयन गरिनुपर्छ| तिनले आफ्नो निचोडमा भने, मानवकृत समस्यालाई मान्छेले नै कम्ति गर्न सक्छ, तर यसको निम्ति चाहिन्छ सचेतता| संरचना अभियन्ता गायत्री खरेलले रावको कुराको चुरो पक्रिएर भनिन्, अहिलेसम्मको रेकर्डमा जसले पनि कंक्रिटको बिल्डिङ बनाए क्षति उनीहरूलाई नै भए| कि त बिल्डिङ भुइँचालोबाट बॉंच्ने योजना अनुसार बनाइएन, कि त माटोको परीक्षण गरिएन| बिल्डिङ बनाउन अघि यो क्षेत्र सेस्मिक जोन-४ मा पर्ने अनि जोन ५ बाट घेरिएको कुरामा ध्यान दिनुपर्छ| किन भने घर बनाउनु ठूलो कुरा होइन कसरी सुरक्षित घर बनाउनु त्यही ठूलो कुरा हो| तिनले त स्पष्टरुपमा सरकार र नागरिकहरूलाई सुझाव दिए, सबैभन्दा उत्तम र सुरक्षित घर भनेको नै इग्राको घर हो| सरकारले पहाडमा कुनै अनुसन्धान र वैज्ञानिक अनुसन्धानबिना नै बिल्डिङ बनाउने जुन नियमहरू बनाएको छ, खरेलको भनाइ अनुसार ती सबै हानिकारक छन्| सरकारले बनाउने योजना तराई केन्द्रित हुने गरेको छ अनि त्यसैलाई पहाडमा पनि लागू गर्ने गरेको छ, वास्तवमा यही कुरा पनि पहाडको निम्ति खतरा बनिरहेको खरेलको कुराले संकेत गरिरहेको थियो| तिनले भनिन्, म त घर बनाउनेहरुलाई जमीनलाई कम्ति भार हुने घर नै बनाउने सुझाव दिन्छु किन भने भुइँचालो आउँछ नै अनि त्यसबाट बॉंच्नु नै हाम्रो पुर्व योजना हुनुपर्छ| तीनकै कुरालाई पुष्टि गर्दै
अर्थ साइन्स आईआईटीका प्रोफेसर मलय मुकूलले भने, हिमालय क्षेत्रमा भुइँचालो त आउँछ नै किन भने यहॉं पहाड बनिने क्रम सकिएको छैन| पहाड बनिने क्रम लाखौं वर्षसम्म चल्ने छ अनि जबसम्म चल्ने छ तबसम्म भुइँकम्प हुन्छ नै|
 तिनको भनाइ अनुसार पहाड बन्ने क्रममा नै भर्खर पनि भुइँचालो आएको थियो| भुइँचालो आउने क्षेत्र रहेको कारण नै यो क्षेत्र सेस्मिक जोन-४ मा पर्छ| यसको सोझो अर्थ हो कुनै पनि बेला दार्जीलिङ-सिक्किममा भुइँचालो चल्छ नै| तर कहिले चल्छ त्यो भने किटान गर्न नसकिने मुकूलले भने| भुइँचालो त आउँछ तर मान्छे मार्न आउँदैन, मान्छे मार्छ भने बिल्डिङले| हाम्रो प्रयास अब भुइँचालोबाट बॉंच्ने होइन बिल्डिङबाट बॉंच्ने हुनुपर्छ-मुकूलले भने| तिनी अनुसार ठूला ठूला बिल्डिङ, योजनाहीन निर्माण अनि प्रविधिको ज्ञानबिना नै बनाइएका बिल्डिङहरू नै यमराज हुन्| आज तिनले के पनि खुलासा गरे भने १८ सेप्टेम्बरको दिए आएको भुइँचालोको एपी सेन्टर मङ्गन थिएन| सेन्टर थियो सिक्किम-नेपालको सीमाना, कञ्चनजङ्घाको निकट| यसकारण नै धेर जोखिम भएन| मङ्गन हुनु हो भने जोखिम धेर थियो| यसैबीच अर्को प्रमुख कुरा पनि तिनले गरे, टिस्टानदीमा जुन हाइडल प्रजेक्टहरू भइरहेको छ, त्यसको कारण भुइँचालो आएको होइन|
 मङ्गन एपी सेन्टर थियो भने ड्यामलाई कारण मान्न सकिन्थ्यो तर यसको एपीसेन्टर सिक्किम-नेपालको सीमाना हो| टिस्टामा अहिलेसम्म ड्यामहरू बनिएको छैन, डिक्चुमा मात्र ड्याम बनिएको छ| ड्यामले जमीनमा भार उत्पन्न गर्छ अनि त्यही भारले एपी सेन्टर निर्माण गर्छ| डिक्चुको ड्यामले सिक्किम-नेपाल सिमानामा एपी सेन्टर निर्माण गर्‍यो भन्नु भूल कुरा हो| यसपालीको भुइँचालो ड्याम सम्बन्धित होइन किन भने एपी सेन्टर कञ्चनजङ्गा निकट थियो| तिनले पहाड बनिने क्रम चलिरहेकोले भुइँचालो चल्ने अनि यसबाट बॉंच्ने उपायहरूको आलम्बन नै बुद्धिमत्ता रहेको जनाए| भारतीय मौसम विभागका जीएन राहाले मौसम परिवर्तनबारे बताए भने प्रिया श्रेष्ठले धारा संरक्षणबारे अवगत गराए| प्रेरणा सामाजिक संस्थाका संस्थापक रोशन राईले आज स्पष्ट पारे, नगरपालिकाले नगरको मैला फ्यॉंक्नु कानूनविरुद्ध कार्य हो| नगरपालिकाले मैला 'फ्यॉंक्छु' भन्नु नै गैरकानूनी हो| नगरपालिकाले 'मैला व्यवस्थापन' गर्छु भन्नु पर्छ| कालेबुङको पुरानो डम्पिङमा मैला फ्यॉंक्न नै समस्याको समाधान देख्नेहरूलाई तिनको यो टिप्पणी मुखभरिको मुक्का बनेको छ| मैलाको थुप्रोमा बस्न पल्केका अनि त्यो मैलाको जिम्मेवारी आफूले नलिने प्रवृति पालेका नगरवासीलाई तिनले भने, आफ्नो आगन बढारेर अर्काको घर पुर्ने काममा खुशी हुनु हुँदैन किन भने उसले आफ्नै घर पुरिरहेको छ| तिनको भनाइको अर्थ थियो नगरमा थुप्रिने मैलालाई नगरवासीले घरघरमा नै व्यवस्थापन गर्ने कार्य गरेन भने नगरको मैला कहॉं फ्यॉंक्ने? एक दिनमा थुप्रिने ४० मेट्रिक टन मैला केलाउनु र व्यवस्थापन गर्नु सम्भव कुरा होइन| तिनले आफूले थुपार्ने मैला आफै व्यवस्थापन गर्ने तक्निक अप्नाउनुपर्ने अनि नगरपालिकाले अवसर निर्माण गर्नुपर्ने बताए|

1 comments: on "भुइँचालो, जलवायु परिवर्तन र डम्पिङमाथि कार्यशाला ‘अब बॉंच्ने दिन केवल पॉंच महिना’"

Anonymous said...

makuma adhikari Shri, L.N. Sherpa jyu le bhaneka kura lai sampurna saharbasi le manan garnu jaruri dekhincha na ki prasasan lai dosyaunu. Right now, hamro mentality yasto bhayeko cha ki pratek kura hamro adhikar ho, hamro hak ho jo hamile paunu nai parcha. Tara, as a good citizen bhayera haamile kahiley pani sochenau. Pahila hami le hamro samaj lai, hamro desh lai ke dina sakyau tyo barey ma sochnu parcha ra sochnu parne din aayeko cha. Sabai jana hak ra adhikar matra khojey duty chai kasley garidiney?????????? yo ahiley ko intellectual haru lai sabai bhanda thulo chunauti ho. yasai le yo earthquake sambandhi karyasala ko aayojak mandali lai ma mero aantarik hriday bata lakhau2 kritagyata janauna chahanchu.-by Kamal Lama, Sonada.