मुख्य समाचार :


सामुहिक नेतृत्वको निम्ति युवा मोर्चालाई गोर्खालिगको निम्तो

प्रज्ज्वल छेत्री
कालेबुङ, २३ नोभेम्बर|
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले अहिले छुट्टै राज्य होइन तर मोर्चाको ध्यान जीटीएमा नै केन्द्रित रहेको बताइरहेका छन् भने अर्कोतिर मोर्चाको भातृ सङ्गठन युवा मोर्चा भने गोर्खाल्याण्ड आन्दोलन गर्ने तम्तयारमा लागिपरेको छ| युवा मोर्चाले जीटीएमाथि विरोध पनि छैन अनि समर्थन पनि नरहेको बताएपछि अखिल भारतीय गोर्खालीगका केन्द्रिय महासचिव प्रताप खातीले युवा मोर्चालाई मोर्चामा नरहेर सामुहिक नेतृत्वको निम्ति अघि आउनुपर्ने बताएका छन्|
तिनले भने, यदि युवा मोर्चाले सॉंचो ह्रदयले गोर्खाल्याण्ड चाहन्छ भने सामुहिक नेतृत्वको निम्ति उनीहरू अघि आउनुपर्छ|
 युवा मोर्चाका नेताहरू बङ्गालको अधिनियम अनुसार नगर पार्षद भएका छन्, उनीहरूले राजिनामा दिनुपर्छ|
 विमल गुरूङले १८ जुलाईमा नै जीटीएमा हस्ताक्षर गरेकोले तिनले गोर्खाल्याण्ड माग्न नसक्ने बताउँदै युवा मोर्चाले विमल गुरूङको पार्टीमा रहेर गाोर्खाल्याण्ड माग्न नसक्ने सुझाउ खातीले दिएका छन्|
 अहिले विमल गुरूङले जीटीएलाई नै प्रथमिकता दिइरहेको छु भन्नुले तिनले गोर्खाल्याण्डको माग सॉंचो अर्थमा कहिले पनि नगरेको स्पष्ट भएको पनि खाती बताएका छन्|
 विमल गुरूङ सरकारी मान्छे रहेको अनि अहिले आएर युवा मोर्चाले आन्दोलन गर्छु भन्नु केवल जनतालाई दिग्भ्रमित पार्ने कार्य मात्र गर्न खोजिरहेको तिनले अभियोग लगाएका छन्| मयावतीको पहललाई स्वागत जनाउँदै तिनले भने, मयावतीले उत्तर प्रदेशलाई चार भागमा विभाजन गर्ने इच्छाशक्ति देखाएकी छन्, त्यसलाई गोर्खालीगले सलाम गर्छ| गणतन्त्रमा जनआकांक्षा मुख्य कुरा हो, त्यही जनआकांक्षा कै कारणले असम टुक्रिएर सात भाग भयो, उत्तराखण्ड, झारखण्ड र छत्तिसगड बनियो, अन्य राज्यहरू गठन भए, अहिले तलेङ्गाना गठन हुने स्थितिमा छ| तर नेतृत्व इमान्दार नरहेकै कारणले अनि पैसा र चौकीको प्रलोभनमा फँसेकोले गर्दा अहिलेसम्म गोर्खाल्याण्ड राज्य हुन नसकेको हो|
 मदन तामाङ पनि सामुहिक नेतृत्वमा नै आस्था राख्ने मानिस भएकोले उनलाई नै अनुसरण गरेर आफूहरूले पनि सामुहिक नेतृत्वलाई नै जोड दिइरहेको तिनले बताए| छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति डा. इन्द्रबहादुर राई, पीआर प्रधान आदि जस्ता वुद्धिजीवीहरू अघि आउन जरूरी रहेको बताउँदै बुद्धिजीवीहरू भनेको महास्वेता देवीजस्तो हुनपर्ने बताए| तिनले भने, जसरी ममतालाई  महास्वेता देवीले सठिक समयमा सही मार्गदर्शन दिए अहिले ममता अगणतान्त्रिक भएपछि उनले ममताको साथ छोडेर विरोध गर्नथाले| हामीलाई पनि गोर्खाल्याण्ड प्रप्तिको निम्ति त्यस्तैै वुद्धिजीवीको आवश्यकता रहेको छ|  

0 comments: on "सामुहिक नेतृत्वको निम्ति युवा मोर्चालाई गोर्खालिगको निम्तो"