मुख्य समाचार :


विमल गुरूङको निर्देशमा आन्दोलन

कालेबुङ, २३ नोभेम्बर|
मयावतीले उत्तर प्रदेशलाई चारवटा राज्यमा विभाजन गर्ने प्रस्ताव विधानसभामा पारित गरेपछि अहिले दार्जीलिङ पहाडको राजनीतिमा पनि नयॉं मोड आउने सम्भावना बढेर गएको छ| गोर्खा जनमुक्ति मोर्चाले  जीटीएमा हस्ताक्षर गरपछि शिथिलता आएको आन्दोललाई फेरि निरन्तरता दिने भएपछि अहिले थुप्रै अडकलबाजीहरू पनि शुरू भएको छ| एकातिर मोर्चाले जीटीएमा नै पार्टीको ध्यान केन्द्रित रहेको र अहिले नै छुट्टै राज्यको आन्दोलन नगर्ने बताएको थियो भने मोर्चाकै भातृ सङ्गठन युवा मोर्चाले गोर्खाल्याण्ड आन्दोलन गर्छु भन्नुले जनमानसमा व्यापक अन्योलता देखापरेको छ| आज युवा मोर्चा कालेबुङ शाखाका अध्यक्ष सुनिल प्रधानलेे विमल गुरूङको सुझाउ अनुसार नै युवा मोर्चाले गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउने बताएका छन्| तिनले भने, उत्तर प्रदेशकी मख्यमन्त्री मायावतीले चारवटा राज्य गठन गर्ने प्रस्ताव विधानसभामा पारित गरेकी छन्| देशमा नयॉं राज्यहरू बनिने सम्भावना बढेर गएको छ| देशमा कुनै पनि राज्य बनिँदा गोर्खाल्याण्डलाई प्रमुखता दिनुपर्छ| तिनीअनुसार दिसम्बरको अन्तिम सप्ताहतिर युवा मोर्चाले बैठक गर्नेछ| त्यसपछि गोर्खाल्याण्डको निम्ति आन्दोलन गरिने बताउँदै कालेबुङका सम्पूर्ण सङ्घ-संस्था, सचेत नागरिक आदिलाई आन्दोलनमा सहयोग पुर्‍याइदिने आह्वान गर्दै अन्य मोर्चाको भातृ सङ्गठनहरूलाई पनि तयार बसिदिने अनुरोध गरेका छन्| अब युवाहरू नै अघि बढ्नुपर्ने बोध आफूहरूले गरेकोले नै आन्दलन यूवा मोर्चाले शुरू गर्न लागेको तिनले बताए|

0 comments: on "विमल गुरूङको निर्देशमा आन्दोलन"