मुख्य समाचार :


बबिता घतानीलार्ई कालेबुङ रत्न

कालेबुङ, 18 नोभेम्बर।
सत्रवर्ष अघि सत्रवर्षकै उमेरदेखि सियो समातेर जिउने तथा सिलाई बुनाइ गरिरहेकी चञ्चली ठिटी बबिता घतानी एक्लैले व्यवसायिकरुपले 50 भन्दा धेरलाई स्वरोजगारी बनाएकी छन्‌। तिनको यही योगदानलाई कदर गर्दै कालेबुङ प्रेस क्लबले आज तिनलाई यसवर्षको कालेबुङ रत्न पुरस्कारले सम्मान गर्‍यो। मुख्यअथिति डा.हर्कबहादुर छेत्रीको बाहुलीबाट तिनलाई चॉंदी अङ्‌कित स्मृति पत्र, दोसल्ला अनि प्रशस्ति पत्र प्रदान गरियो। कालेबुङमा बुटिक खोलेर तिनले आफ्नो व्यवसाय मात्र गरेनन्‌, यो व्यवसायसित धेरैलाई जोडेकी छन्‌। एक महिला, जसले एकलैको भरमा सयौंलाई स्वरोजगार बनाइन्‌, अझ बनाइरहेकी छन्‌। बविता घतानी भन्नसाथ कालेबुङले तिनलाई -फेन्सी वुटिक भनेर चिन्दछ।  दस माइलमा तिनले लुगा सिइरहेको देखेर धेरैले एक महिलाले लुगा सिएकोमा खिसी ट्युरीको सामना गर्नुपर्‍यो। त्यसबेला समाजले खिसी गर्‍यो भनेर सियो थन्काएको भए, बवितालाई आज एक उदाहरणकोरुपमा देख्न कसैले पनि पाउने थिएनन्‌- तिनीमाथि बनाइएको वृत्तचित्रद्वारा प्रेस क्लबले भनेको छ। बविता घतानी ति नै महिला हुन्‌, जसले पुरुषले समाउने सिलाई मिशिन समाइन्‌ अनि आफू झैं थुप्रैै महिलाहरुलाई स्वलम्भी बनाउँदै उनीहरूलाई बॉंच्ने योग्य जीवन दिइन्‌। उनले लुगा मात्र सिउन सकाइनन्‌ तर संगसंगै  जीवन भोगाइहरूमा ठाउँठाउँमा फाट्‌ने उध्रने जीवनलाई कसरी परिश्रमको धागो र सियोले जोड्‌न सकिन्छ, त्यो पनि सिकाइन्‌। उनी यस्ती महिला हुन्‌ जो आफू पनि बॉंचिन, अरूलाई पनि बँचाइन्‌। 2 जून 1975 को दिन 14 माइल अप्पर इच्छेमा जन्मिएकी बविता घतानीले डाक्टर, इञ्जिनियर, टिचर बन्ने सपना राख्ने उनका सयौं सहपाठीहरूभन्दा फरक धार पक्रिइन्‌। त्यो समय उनी आफ्नै सहपाठी र परिवारबाट पक्कै पनि हॉंसोको पात्र बनी होलिन्‌ तर समाजका थुप्रै व्यक्तिहरू जस्तै जो फरक दृष्टि र दिशा दिँदै समाजलाई नयॉं गोरेटोतिर दोहोर्‍याउँछन्‌ उनले पनि सीमित सोंचाई र संशाधनहरूमा बॉंचिरहेको रुढीबादी समाजलाई एउटा ऐना देखाइन्‌। बॉंच्न यसरी पनि सकिन्छ अनि आफू बॉंच्न मात्र ठूलो कुरो होइन भन्दै अरुलाई पनि बँचाउनुमा नै जीवनको सार्थकता हो भन्ने उदाहरण पनि समाजसमक्ष राखिन्‌। पिता पीबी घतानी, माता राहलमित घतानीकी चार छोरी अनि दुइ छोराहरू मध्ये सबैभन्दा कान्छी बविताले संसारमा कि पुल बनाउनेको नाम आउँछ कि पुल भत्काउने, पुल माथि भएर हिँड्‌नेहरूको होइन भने जस्तै वर्गीय समाजलाई जोड्‌न नयॉं पुल हालिन्‌। 1992मा वर्ल्डभिजनको सीडी प्रोजेक्टले 6 महिनाको सिलाई बुनाइको निम्ति दिएको ट्रेनिङ बविताको निम्ति सञ्जीवनी बुटी नै बन्यो। यसैदिनदेखि सिलाई बुनाइ जस्तो नयॉं क्षेत्रमा पस्ने बिबितालाई सानै उमेरमा नयॉंनयॉं थोक सिलाउने र एउटा विशिष्ट महत्व कायम गर्ने चस्को बस्यो।
 यसै अवधी दिल्लीमा ड्रेस डिजाइनिङमा डिप्लोमा लिएपछि तिनलाई लाग्यो सिकिएको यो कुरालाई सीमित राख्नु हुँदैन, अनि शुरू भयो सन्‌ 1994 मा फेन्सी बुटिक  10 माइलमा। बविताले धेरै बेरोजगार महिलाहरूलाई रोजगारको ढोका खोलिदिएकी छन्‌। पचासजना उनी जस्तै सबलरुपमा आफूबाट प्रशिक्षण लिनेहरूले जीविकोपार्जन गरिरहेको बताउँछिन्‌-बबिता। मुख्यगरी नयॉं नयॉं डिजाइनका लुगाहरू उत्पादन गर्न बबिताको कोशिश हुने गरेको छ। अहिले तिनी सिक्किम, भुटान, नेपाल लगायत भारतका विभिन्न ठाउँहरूमा चर्चित छन्‌। इशाई जगत्मा तिनी विवहाका लूगाहरू निर्माण गर्ने एक भरोसापूर्ण व्यवसायी हुन्‌। 1097 मा तिनीको मिशन कम्पाण्डका अजय धमलासित बिवहा भयो। अहिले तिनीसित तिनकी छोरी कृपाश्ना अनि छोरा बर्नाडसाथमा छन्‌। अहिलेसम्म नै बबिता घतानीले सोही फेन्सी बुटिक चलाइरहेकी छन्‌। आफ्नो कारोबार त चलाइरहेकी नै छन्‌, यो सित नै यो पेशामा लागेर जीविकोपार्जन गर्न सकिने भएकैले धेरैलाई प्रशिक्षण पनि दिँदै आइरहेकी छन्‌। सरकारी निकायदेखि गैरसरकारी निकायसम्मले तिनलाई एक प्रशिक्षककोरुपमा निम्त्याउने गरेको छ। सिलाई बुनाई र ड्रेस डिजाइनिङ अहिले विश्वमा नै फैलिँदो पेशाकोरुपमा स्थापित बन्दै गइरहेकोले सरकारी रोजगारको आशामा नबसेर स्ता स्वनिर्भरी पेशातिर आजका युवतीहरू लाग्नुपर्ने धारणा बबितासित रहेको छ। पुरस्कार गर्हण गरेपछि तिनले भनिन्‌-थाहै नपाई मैले धेरैलाई स्वरोजगार बइएछु। अब थाहा गरेर बनाउने छु। मलाई प्रेस क्लबले दिएको यो जिम्मेवारीलाई कर्तव्यरूपमा लिएकी छु।

0 comments: on "बबिता घतानीलार्ई कालेबुङ रत्न"