मुख्य समाचार :


स्टोभ बम विस्फोट काण्डमा पक्रा परेका छत्र सुब्बाका छोरा सन्तोषले 96 दिनपछि पाए जमानत


 प्रज्ज्वल छेत्री
कालेबुङ, 4 नोभेम्बर।
96 दिनपछि आखिरमा छत्र सुब्बाका छोरा सन्तोष सुब्बाले जमानत पाए। छ पल्ट न्यायलयमा उभ्याएपछि आज तिनको अधिवक्ता टीएन भोटियाले चडाएको जमानत याचिकालाई न्यायलयले स्वीकृति दियो। छत्र सुब्बाका छोरा कालेबुङको मोटर स्ट्याण्डमा राखिएको उत्तरबङ्ग राज्य परिवहन निगमका बसमा 26 जुलाईको दिन स्टोभ बम पड्‌काएको शंकामा पक्रा परेका थिए।  सार्वभौम राष्ट्रको दाबीमा युएलए भनिने भूमिगत सङ्गठनका प्रमुख एम थेगिमले  घटनाको जिम्मेवारी लिएपछि सन्तोष सुब्बालाई रेलीरोडको चर्च नजिकबाट कालेबुङ पुलिसले पक्राउ गरेको थियो। तिनको जमानत याचिकलाई आज एडिसनल चिफ जुडिसियल मेजिस्ट्रेड राणा धामले स्वीकृत गरे। सन्तोष सुब्बा सॉंझको चारबजी जमानतमा मुक्त बनेका छन्‌। तिनी विरुद्ध आइपीसी 435, 511 अनि 427 सेक्सन 3 पीडीपीपी एक्ट, सेक्लन 3 अनि 4 अफ एक्सक्लुसिभ सब्स्टेन्सेस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। पुलिसले आज चारसिट बुझाएर तिनको जमानत असम्भव रहेको रहेको भए पनि तिनका अधिवक्ताका कुशल वकालतीद्वारा नै सन्तोषको जमानत सम्भव भयो। सन्तोष जमानतमा मुक्त भएपछि तिनका अधिवक्ता टीएन भोटियाले भने, सन्तोष सुब्बालाई कुनै ठोस प्रमाण बिना शंसोधनागारमा राखिराख्न न्यायसंगत थिएन। संशोधनागारमा राख्दै मुद्दा लाउँदै गर्ने क्रम तिनको पिताको झैं हुने तथा त्यस्तै परिस्थिति होला भनेर मैले न्यायलयसित सन्तोषको जमानतको अपील गरेको थिएँ। सन्तोष नभाग्ने ग्यारेन्टी मेलै लिएको छु। आज पुलिसले चारसीट बुझाएको छ, सोही हेरेर तिनीमाथि आगामी मुद्दा चल्ने पनि अधिवक्ताले जनाएका छन्‌। यता सन्तोष सुब्बाले अघिबाट नै घरिघरि दोहोर्‍याउँदै आएको कुरा नै फेरि दोहोर्‍याए। तिनले भने, मलाई बिनाकारण जेलमा राखियो। दिनमा चारघण्टा मात्र बहिर निस्कन दिइन्छ। मेरो दोष छैन। यसकारण म कसैको कारणले होइन ईश्वरको कारणले नै मुक्त भएको हुँ। तिनले अझ भने, भारतको संविधानमा निर्दोषलाई बन्दी बनाइने कुरा नभए पनि मलाई किन  बन्दी बनाइयो त? म यसबारे मुद्दा हाल्ने छु। उच्चन्यालय अनि मानवाधिकारसम्म पुग्ने छु। तिनले आफ्नो बाबु छत्र सुब्बालाई मुक्त गरेर आफूलाई जेल हाल्नुभित्र कुनै न कुनै षडयन्त्र रहेको पनि तिनले बताए। सार्वभौम राष्ट्रको माग गर्ने एम थेगिम सन्तोष नै रहेको हुन सक्ने शंका पुलिसले गरेको  थियो तर सन्तोषले यसकुरालाई पनि बारम्बार नै विरोध गर्दै आइरहेका थिए। आज पनि तिनलाई एम थेगिमसित जोडेको सम्बन्धमा प्रश्न गर्दा भने, एम थेगिम को हुन्‌ म चिन्दिन। मलाई पुलिस आईबी, डीआईबी सबैले केरकार गरे। मलाई जबरजस्ती एम थेगिम बनाउने कोशिष भइरहेको छ। पुलिसले तिनलाई तिनको मुद्दाको कुनै पनि संख्या उल्लेख नभएको कागजमा हस्ताक्षर गर्न लगाएको पनि तिनले खुलासा गरेका छन्‌। यता पुलिसले एम थेगिमले प्रयोग गरेका सीम कार्डको आधारमा सन्तोषलाई पक्राउ गरिएको बताइएको भए पनि सन्तोष सुब्बाले भने आफ्नो सीम कार्ड हराएको अनि यसको निम्ति थानामा प्राथमिकी पनि दर्ता गरेको अनि यसको प्रमाण आफूसित रहेको पनि तिनले बताएका छन्‌। तिनले भने, मलाई जस्तो अरु निर्दोषलाई पनि यस्तो खाले जालमा पार्न सक्छ। मेरो बाबु सोझो नेता रहेको भन्दैमा मलाई पनि जेलमा थुन्नु कहॉंसम्मको न्यायोचित कार्य हो। मीडियाले यस्ता अन्यायका कुराहरूलाई प्रकाशमा ल्याउनुपर्छ।
तिनले आफूले पहिले भूमिगत रहेको भए पनि सबै कुरालाई भूलेर आफू ईश्वरको शरणमा गएको अनि चर्च जॉंदै गरेको बेला नै आफूलाई पक्राउ गरेको पनि तिनले खुलाएका छन्‌। बल्ल बल्ल बाबा एघाह्रवर्षपछि जेलबाट फर्किएका थिए। तिनीसित भेट्‌ने बोल्ने मेरो सपनालाई भताभुङ्ग नै पारिदियो। आज म खुशी छु, म  घर गइरहेको छु।

0 comments: on "स्टोभ बम विस्फोट काण्डमा पक्रा परेका छत्र सुब्बाका छोरा सन्तोषले 96 दिनपछि पाए जमानत"