मुख्य समाचार :


21 जना मोर्चा उम्मेद्वारले बुझाए नामाङ्‌कन

प्रज्ज्वल छेत्री
कालेबुङ, 12 नोभेम्बर।
आगामी 11 दिसम्बरमा दार्जीलिङ पहाडमा हुने नगरपालिका चुनाउलाई लिएर केवल गोर्खा जनमुक्ति मोर्चा मात्र अहिले धेर सक्रिय देखिएको छ। नगरपालिका चुनाउलाई लिएर अझसम्म विपक्ष दलहरूको अस्पष्ट अडान अनि क्रामाकपाको चुनाउ नलड्‌ने निर्णयले अहिले मोर्चाले क्लिन चिट पाएको अनुभव गर्दैछ। विपक्षहरूको अझसम्मको अस्पष्ट अडानले मोर्चालाई चुनाउमा धैरभन्दा धेर फाइदा पुग्नसक्ने देखिएको छ।
नगरपालिका चुनाउलाई लिएर मोर्चाको सक्रियताले मात्र पहाडमा अहिले चुनावी गर्मी बढको अनुभव हुँदैछ।  राष्ट्रिय दलहरूको कुरा गर्न पर्दा न त पहाडमा अहिले माकपाको त्यस्तो पकड छ न त कंग्रेसको नै, अन्य राष्टिय दलहरूको त झनै कुरै आउँदैन।  एकसमय पहाडको सर्वेसर्वा रहेको दल गोरामुमो प्राय अस्तित्वबिहिन छ। क्रामाकपाले त झनै विधानसभा चुनाउ त लडेन नगरपालिका त झनै के लड्‌थ्यो र अघिबाटै नड्‌ने घोषणा गरिसेको छ। गोर्खालीगले 14 नोभेम्बरमा मात्र निर्णय गर्ने बताएपछि यसपल्टको चुनाउमा मोर्चाको निर्विरोध जीतलाई कसैले रोक्न नसक्ने स्पष्ट छ। कालेबुङमा पनि अहिलेसम्म न त स्वतन्त्र उम्मेद्वारले नै नामाङ्‌कन पत्र बुझाएको छ नत अन्य कुनै अन्य दलहरूलेे नै।
 यसको अर्थ यसपल्टको नगरपालिका चुनाउ मोर्चाको निम्ति औपचारिकता जस्तो मात्र देखिएको छ।
 औपचारिकता नै पूरा गर्न भएपनि अन्य विपक्ष दल अनि स्वतन्त्र उम्मेद्वारले भन्दा अघि नै  कालेबुङ नगरपालिकाका मोर्चा उम्मेद्वारहरूले सर्वप्रथम आज नमाङ्‌कन पत्र भरेर बुझाए। मोर्चा अध्यक्ष विमल गुरूङले कालेबङ नगरपालिका समष्टिका उम्मेद्वारहरूको नाम शुक्रबार सार्वजनिक गर्ने बित्तिकै आज 21 जना मोर्चा उमेद्दारहरूले नामाङ्‌कन पत्र भरेर बुझाए। वार्ड नम्बर 9 का सोमा सुब्बा अनि 22 नम्बर वार्डका एलबी परियारले आज नामाङ्‌कन पत्र बुझाएनन्‌।
 यी दुइ उम्मेद्वारले सोमबार नामाङ्‌कन पत्र बुझाउने भएको छ। 9 अनि 22 नम्बरका दुइ उम्मेद्वारबाहेर अन्य 21 जना उम्मेद्वारहरूले भने आज नै नामाङ्‌कन पत्र बुझाए।

0 comments: on "21 जना मोर्चा उम्मेद्वारले बुझाए नामाङ्‌कन"