मुख्य समाचार :


नगरपालिका चुनाउ लड्‌ने नलड्‌नेबारे गोर्खालीगकोे घोषणा 14 मा

कालेबुङ, 6 नोभेम्बर।
नगरपालिका चुनाव लड्‌ने नलड्‌नेबारे गोर्खालिगले अझसम्म पनि आफ्नो अडान स्पष्ट पारेको छैन। स्थानीय एक होटलमा आज अखिल भारतीय गोर्खा लीगको कोर कमिटिको बैठक सम्पन्न भयो।
 गोर्खालीग अध्यक्ष भारती तामाङ, उपाध्यक्ष लक्षमण प्रधान आदिको विशेष उपस्थितमा सम्पन्न बठैकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भारती तामाङले आगामी नगरपालिका चुनाउलाई लिएर अखिल भारतीय गोर्खा लीगले अहिले नै कुनै निर्णय नगरेको बताइन्‌। तिनले बताए अनुसार चुनाउमा सहभागिता जनाउने नजनाउनेबारे गोर्खालीगले 14 नोभेम्बरको दिन खुलासा गर्नेछ।
 चुनाउलाई लिएर अहिले घटक दलहरूसँग लीगको बैठक  भइरहेको बताउँदै अन्य दलहरूसँग कुराकानी गरेर नै निर्णय गर्ने बताइन्‌। तिनको भनाइको आशयअनुसार यदि अन्य दलहरूसँग सहमति भए गोर्खालीग पनि नगरपालिका चुनाउमा संयुक्त उम्मेद्वार खडा गर्ने पक्षमा छ। गोर्खालीग बङ्गाल अधिनस्त कुनै पनि व्यवस्थाको पक्षमा नरहको अनि छुट्टै राज्य नै गोर्खालीगको मूल मूद्दा रहेको तामाङले बताइन्‌। तिनले लीग जीटीएको पक्षमा कहिले पनि नरहेको बताउँदै मोर्चा अनि आविपमाझ भएको सम्झौताबारे पनि भविष्यले नै बताउँने जनाइन्‌। पहिले पनि गोर्खालीगको मूल मुद्दा भनेको नै बङ्गालबाट छुट्टिनु रहेको वर्तमानमा पनि यही रहेको अनि भविष्यमा पनि छुट्टै राज्य प्राप्तीकै निम्ति लीग अडिक रहने जनाइन्‌। अर्कोतिर लीग केन्द्रिय उपाध्यक्ष लक्ष्मण प्रधानले  दार्जीलिङ पहाडको अन्य दलहरूलाई बङ्गाल सरकारले देखाएको अगणतान्त्रिक पद्धतिलाई पनि मध्यनजर गरेर अन्य दलहरूसँग विचार विमर्ष गरेपछि नै चुनाउबारे निर्णय लिने बताए। अहिलेसम्मको दार्जीलिङको राजनैतिक इतिहासमा नेतृत्वहरूले दार्जीलिङमा एउटा कुरा गरेको अनि सुकुना काटेपछि अर्को कुरा गरेकोले अनि नेताहरू लालचमा फँसेकै कारणले गोर्खाल्याण्ड आन्दोलन टुङ्गोमा पुग्न नसकेको प्रधानले बताए।
आज स्थानीय एक होटलमा सम्पन्न लीग कोर कमिटिको बैठकमा लीग पार्टीको रिक्त पदहरूको निम्ति नयॉं पदाधिकारीहरू चयन गरिएको छ। मनोज देवानलाई पार्टीबाट निष्कासित गरिएपछि खाली रहेको कन्द्रिय महासचिवको पदमा कालेबुङका प्रताप खातीलाई नियुक्त गरिएको छ भने खरसाङका विमल राई अनि सुकियापोखरीका सुरेश कुमार छेत्री दुवैलाई केन्द्रिय समितिको साङ्गठनिक सचिव बनाइएको छ।

0 comments: on "नगरपालिका चुनाउ लड्‌ने नलड्‌नेबारे गोर्खालीगकोे घोषणा 14 मा"