मुख्य समाचार :


जीटीएको बील आज पेश गरिने

प्रज्ज्वल छेत्री
कालेबुङ, 29 अगस्त।
गत 18 जुलाईको दिन मोर्चा, राज्य अनि केन्द्र सरकारवीच भएको ऐतिहासिक जीटीए त्रिपक्षीय सम्झौतापछि राज्यले केन्द्रको कानून मन्त्रालयलाई जीटीए सम्झौता स्वीकृतिको निम्ति पठाएको थियो। सम्झौतालाई कानून मन्त्रालयले स्वीकृति दिएर पुनः राज्यलाई पठाएपछि राज्य सरकारलले हाल चलिरहेको मनसुन सत्रअवधि नै बहसको निम्ति जीटीए बील सोमबार पेश गर्नेछ। उक्त कुराको जानकारी आज कालेबुङका विधायक डा. छेत्रीले दिएका हुन्‌।

तिनले भने, राज्य सरकारले सोमबार जीटीएको बील विधानसभामा पेश गर्नेछ। आशा छ यही मनसुन सत्रअवधि नै जीटीएको बील पास हुनेछ। हामी यो पनि हेर्दैछौं कि जीटीए सम्झौतामा जुन जुन विषयहरूमा हस्ताक्षर गरिएकोे छ विधानसभामा त्यही सम्झौतामाथि चर्चा हुन्छ या हुँदैन, यो पनि एक गम्भीर विषय हो। यदि विधानसभामा मोर्चाले हस्ताक्षर गरेको सम्झौता अनुसार वील पेश नभए यसले पनि बाधा उत्पन्न हुनसक्ने तिनले जनाए।

यसर्थ मोर्चाले जीटीए बीललार्ई गम्भीरतापूवर्क लिएको छ। राज्यले कति इमान्दारीपूर्वक बील पेश गर्नेछ भन्ने कुरा पनि एक महत्त्वरूर्ण विषय बनेको छ। जीटीएको बीललाई राज्यले विधानसभामा राखेपछि विधानसभामाको प्रक्रियाअनुसार मोर्चाले उक्त बील सहि छ या छैन भनी हेर्न सक्नेछ। तर अघिदेखि नै माकपा लगायत राज्यका अन्य विपक्ष दलहरूले जीटीएको विरोध गरिरहेकोले विधानसभामा केही वाधा उत्पन्न हुनसक्ने सम्भावना देखिँदैछ। उक्त विषयमा डा. छेत्रीले माकपाको धर्म भनेको नै विरोध गर्नु रहेको अनि माकपाको विरोधको कुनै औचित्य नरहने जनाए।

यदि बील 18 जुलाईको सम्झौता अनुरूप नभए मोर्चा विधायकहरूले यसमाथि बहस गर्ने बताउँदै यदि सम्झौताअनुरूप नै बील पेश भए यही मनसुन सत्रमा बील पास हुनसक्ने छेत्रीले बताए। मकपालाई सत्ताच्यूत पारी भारी मतले तृणमूल अनि कांग्रेसको राज्यमा गठबन्धन सरकार छ यस्तो अवस्थामा विपक्षकाहरूको विरोधले जीटीएको बीस पास हुनमा कुनै अड्चन आउनसक्ने सम्भावना नरहेको छेत्रीले बताए।

तिनले अझ बताएनुसार जीटीएमा तराई-डुवर्सको भू-भाग अन्तर्भुक्तिको निम्ति गठन गरिएको हाइ पावर कमिटिले हाल कार्य गरिरहेको अनि छः महीनाभित्रमा कमिटिले रिपोर्ट बुझाउने बताए।


0 comments: on "जीटीएको बील आज पेश गरिने"