मुख्य समाचार :


ममता बनिन्‌ बङ्गालको मुख्यमन्त्री

कोलकाता,20 मई।
ममता व्यानर्जीले शुक्रवार पश्चिम बंगालको मुख्यमन्त्रीको रूपमा शपथ लिइन्‌। ममता राज्यकै पहलो महिला मुख्यमन्त्री हुन्‌। शपथ राज्यपाल एम.के . नारायणनले दिलाए। ममताले हालैमा सम्पन्न चुनाउमा 34 वर्षदेखि सत्तामा रहेको लेफ्ट गठबन्धनलाई हराएका थिए। उनीसित नै तृणमूल कांग्रेसका 35 अनि कांग्रेसका 7 मन्त्रीहरूले पनि शपथ लिए। शपथ ग्रहण समारोहमा कटुतालाई भुलेर पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्य पनि उपस्थित थिए

यस अघि विहिबार पश्चिम बंगाल कांग्रेस प्रभारी शकील अहमदले विधायक दलको बैठकपछि भनेका थिए कि कांग्रेस मन्त्री परिषदमा सामेल हुन गइरहेको छ। रक्षामन्त्री ए .के. एन्टनीसित नै उभिएका अहमदले भनेका थिए कि कांग्रेसका मन्त्रीहरूको सूची तृणमूल कांग्रेसका सुप्रीमोलाई पठाइएको छ। तर तिनले कसैको नाम पनि सार्वजनिक गरेका थिएनन्‌।

तृणमूल कांग्रेसको मन्त्रीहरूको सूचीमा अमित मित्रा, पार्थ चटर्जी, मनीष गुप्ता, सुब्रत मुखर्जी, अब्दुल करीम चौधरी, साधन पाण्डे, उपेन विश्वास, सावित्री मित्रा, मदन मित्रा अनि नूर आलम चौधरी सामेल छन्‌।

0 comments: on "ममता बनिन्‌ बङ्गालको मुख्यमन्त्री"