मुख्य समाचार :


सामान्य बहुरङ्गवाद र नेपाली उत्तरआधुनिकतावादको कुरा

- धर्मेन्द्र विक्रम नेम्बाङ्

कान्तिपुर दैनिकले भर्खरै आधुनिकता, उत्तरआधुनिकता सम्बन्धको लामो बहस तन्काएर स्थगन गरेको छ जस्तो लागेको छ । डा. सञ्जिव उप्रेतीज्यूले यस सम्बन्धमा निकै मेहेनतका साथ अगाडि पसार्नु भयो, सिद्धान्तलाई समानीकरण गर्दै नेपाली घटना र जनजीवनमा पुर्‍याउनुभयो, उहाँले विशेषत सिद्धान्तमा र यसको साँस्कृतिक, सामाजिक, आर्थिक, राजनैतिक पाटामा व्याख्या विश्लेषण गर्नुभयो, जुन जरुरी थियो लाग्छ । उत्तर आधुनिकताको सम्बन्धमा उहिलेदेखि काम गर्दै नै आउनुभएका डा. गोविन्दराज भट्टर्राईज्यू, कृष्ण गौतमज्यूलाई यो विषयगत मामलामा सम्भिmनुपर्ने त छँदैछ । सिद्धान्त, व्यवहार र सौर्न्दर्यको पक्षबाट उहाँहरूको योगदान कम्ती छैन । यसैबेला उत्तरआधुनिकताका विपक्षमा उभिने विद्वानहरूमा पनि आभार उत्तिकै हुनर्ुपर्छ जसको पनि यस क्रममा समाजमा उत्तिकै आवश्यकता छ । युवा शर्मा अलि आक्रोशित देखियो, युग पाठकको सैद्धान्तिक तर्क अनुचित होइन । पक्ष अपक्षमा अन्य पाठकहरूको आफ्नो मौलिक स्थान छ । थपथाप यसैमा अगाडि बढनु भएको छ अच्युत वाग्ले, बारम्बार प्रतिक्रिया छाइरहेको छ, किरण भण्डारी र देवेन्द्र नेपाल । अरूलाई पनि मेरो सम्मान उत्तिकै छ ।
अहिले नेपाली समाजमा मुख्यगरी दर्ुइवटा धार अगाडि बढेको पाइन्छ । एउटा पश्चिमी बन्दै उच्चारण नगरौं भन्ने, यसको पनि विभिन्न तहहरू छ । अर्को पश्चिमी हर्ेर्दै विकसित गर्दै जाउँ भन्ने । यो विरोधाभाष अगाडि बढ्नुको रमाइलो पनि उत्तिकै छ, उनीहरू विभिन्न इच्छामा टेकेर यो बोलिराखेको पाइन्छ । हामी दुवैतिरको सम्बादलाई नजिकैबाट नियालिरहेका छौं । हाम्रो मुलुकमा प्रथम भाषा खस नेपाली नभई दोस्रो भाषामात्र खस नेपाली हुने-सरकारी तथ्याङ्कमा सुचिकृत आदिवासी जनजाति लगायत मधेशीयन)हरू तेस्रो भाषा अंग्रेजी विषयमा त उदार पाइन्छ । उनीहरू खस नेपाली र अंग्रेजीलाई समदुरीमा राख्छन् । खस नेपाली भाषाको शासन, एकभाषा एक भेषको पुरानू शासनको चोटले पीडित पनि उत्तिकै छ, अंग्रेजी भाषालाई नेपाली भाषीले किलर ल्यांग्वेज माने झैं मातृभाषीले नेपाली अंग्रेजी दुवैलाई किलर ल्यांग्वेज मान्छ । त्यसलाई भत्काउने पहलमा छ । यो लगभग भत्किसकेकोले खस नेपालीलाई सर्म्पर्क भाषाको रुपमा, अंग्रजीलाई अन्तराष्टि्य सर्म्पर्क भाषाको रुपमा मातृभाषालाई क्षेत्रीय सर्म्पर्क भाषाको रुपमा यसरी त्रैभाषिक भाषाको रुपमा स्वीकारेको पाइन्छ । खस नेपाली भाषा प्रथम भाषाको रुपमा उपयोग गरेका-व्राम्हण, क्षेत्री, दलित आदि)हरूमध्ये अंग्रेजी माध्यममा शिक्षा लिनेहरू पश्चिम र अपश्चिमको कुरामा तुलनात्मक रुपमा उदार मत पाइन्छ । अंग्रेजी शिक्षा लिँदैमा उदार भइहाल्ने, खस नेपालीमा शिक्षा लिँदैमा कठोर भइहाल्ने पक्षमा छैन पनि । तर प्रायशः लाइन यस्तो देखिन्छ । भाषाको, विज्ञानको, कोर्षो फरकताले फरक-फरक राज्यमा डुबेको छ । संसार निर्धारण गरेको छ । यसमा अन्य पक्ष र क्षेत्रले पनि उत्तिकै काम गरेको छ । राजनीति दिक्षण, समाजशास्त्र, मनोविज्ञान, अर्थनीति, व्यक्तिवाद आदि समाजका पाटाहरूले काम गरेको छ । राजनीतिक चिन्तनमा बोक्नेहरू लिवरल डेमोक्रेट्सहरू आफ्नो र पराइभन्दा पनि दुवैमा सहमत गरेर अटाएर जानु खोज्छ, प्रतिपक्षलाई पनि स्थान दिएजस्तै हो यो बहुलताको अभ्यास गरेजस्तै । मार्क्सवादीय लोकतन्त्रवादीहरू यो मामलामा अलि जटिल देखिन्छ, मार्क्सवादी सौर्न्दर्यशास्त्रको निर्माणमा भर्सर्ेेलेखन, चिन्तन अगाडि बढाउँछ, आफ्नूमा बेसी आग्रह राख्छ । उसो त सप्पै लोकतन्त्रवादीहरू सप्पै मार्क्सवादीहरूको मत एउटै हुन्छ भन्ने चाहिँ छैन, कारण यही राजनीतिक मतबाट पक्रेर सम्पर्ूण्ा समाज विज्ञानको ठोकुवा, व्यक्ति विज्ञानको हिसाप निकाल्नु सकिन्न, निकाल्यो भने त्यो पनि फेल खान्छ, यो धारलाई लिनु अन्य क्षेत्र र पक्षहरूको र्सर्जिमिन गर्नु पनि उत्तिकै आवश्यक देख्छु । 'ओहोर दोहोर मापदण्डवाद' त चलाउनर्ैपर्छ ।
सत्य यसरी बहुल, मिश्रण, असमान, विपरीत भएर उभिएको छ । यसलाई विभिन्न बिसौनीमा राखेर हर्ेर्नुपर्ने हुन्छ । एकठाउँबाट हर्ेदा अर्को ठाउँमा चिप्लिन्छ । यो एउटामात्र छैन हजारौंहजार भन्दा धेरै भएकोले एउटा देखाउँदा अरू कैयौं साइडमा पर्छ । त्यसकारण सापेक्षिक छ सत्य पनि, बन्दैजाने कुरो । यर्सथ पश्चिमेली, अपश्चिमेली दुवै सत्य छन्, यसका मतहरू सामाजिक हुन् । यति चाहीं भन्नु सकिन्छ पर्ूर्वीय दर्शन अध्यात्मवादको नजिक वेशी र पश्चिमी दर्शन विज्ञानवादसङ्ग नजिक वेशी पाइन्छ ।
विवाद योहरू सबल भइरहनु स्वभाविक देखिए पनि क्रियाकारणमा हामी देख्छौं हाम्रो देशमा नेपाली मौलिकताको 'सिद्धान्त' या 'वाद' स्थापनातर्फ निर्माणतर्फसकारात्मक पहल हुनु नसक्नु । हुनु त मानव विकासक्रम, चेतना विकासक्रम, विज्ञानको विकासक्रम राजनीतिक विकासमा पश्चिमी छिटो नै देखियो । कथा, कविता, नाटक, उपन्यास आदिहरू विधा भनौं या साहीत्य उनीहरूकै बोलवाला भयो । यसको विश्वव्यापी रुप पनि लगभग उस्तै छ । यो सम्म त सही छ । तर यो बीचबाट हामीले नेपाली मौलकता, विशेषता, सापेक्षता, निजित्व झल्किने सिद्धान्त या वाद अभावमा लगातार हामी छरिइरहेका छौं, छचल्किरहेका छौं, हल्लिरहेका छौं, यसको विकास हुनसकेको देखिएन । त्यो गर्ववोधले आत्मविश्वासले हामीलाई छुनुुसकेको छैन । त्यही क्रियाको मनोविज्ञानले क्रियाकारणले देशमा सप्पैप्रकारको आन्दोलन चलिरहेको अवस्थामा, भनेको माओवादीको सशस्त्र जनयुद्ध वि. सं. २०५२, संसदीय दलहरूको अहिंसात्मक सडक आन्दोलन, सामाजिक न्यायको आन्दोलनमा महिला, दलित, मधेशीयन, कर्ण्ााली, आदिवासी जनजातिहरूको आन्दोलन चल्दैगरेको सर्न्दर्भमा वि.सं. २०६० सालसम्मको अवधिलाई 'प्रस्थान विन्दू' मान्दै रङ्गको विज्ञान, चरित्र, विशेषता पक्रेर जगत र जिवनलाई विश्लेषण गर्दै रङ्गवाद नेपाली साहित्यमार्फत अगाडि बढेको आन्दोलनको रुपमा हो भन्छु । किरण भण्डारीलाई पनि म धन्यवाद दिन्छु । श्रावण, १४ कान्तिपुरको पाठकप्रतिक्रिया 'हाम्रो रङ्गवाद'को शर्ीष्ाकमा, "नेपाली साहित्यमा झन्डै ६ वर्षघि विकसित 'रङ्गवाद' यहाँको माटो सुहाउँदो नेपाली उत्तर-आधुनिकताको मौलिक दृष्टान्त हो । जसका वैचारिक र सैद्धान्तिक आधार हामं्रै -नेपाली) लाग्छन् ।"भनेर उनले बोलेको छ ।
उसो त वर्तमानको अरु आन्दोलनहरू पनि उत्तिक्कै सचेतताकासाथ नेपाली उत्तरआधुनिकता क्षेत्रमा क्रियाशील रहेको पाउँछु जस्तै सम्रक्षण कविता आन्दोलन, चौथो आयाम, लीलावाद, श्रृजनशील अराजकता, विलयनवाद, मुक्त अभियान, भयवाद, चक्रव्युह संचेतना, श्रृजनशील उत्तरवर्ती, सौहादर््र साहित्य अभियान आदिहरू ।
वाद या सिद्धान्त निर्माणकै लागि या यो आवश्यकता बोधले भने नेपाली साहीत्यमा झर्र्रोवाद, तरलवाद, सामान्य बहुरङ्गवाद, लीलावाद, भयवाद आदिहरू लागि परेको छ । यो वादहरूले भने पाठलाई मात्तै नभै सिद्धान्त बिशेषलाई ध्यान दिन्छ । यसमा पनि तरलवाद वर्तमान नभै इतिहास भैसकेको डकुमेन्ट हो । बाँकी वर्तमानमा क्रियाशील छ ।
माथिको मध्ये अति छोटोमा अब म बहुरङ्गवाद सम्बन्धको कुरो गर्छु । छोटोमा कुरो सिध्याउनु पनि कतिपय अवस्थामा निरङ्कुश हुँदोरहेछ, भएपनि यहाँ कोशिस गर्छु । समान्य बहुरङ्गवादलाई खासगरी पाँच विसौनीबाट १. सिद्धान्त, २. समालोचना, ३. सिर्जना, ४. आचरण, ५. उद्धेश्यबाट हर्ेर्नुपर्ने हुन्छ । अरू वर्तमानमा चलिआएको सामाजिक, राजनैतिक, आर्थिक घटनाहरूको प्रभाव त छँदैछ ।
१. सिद्धान्तमा- -क) बहुलतावाद, -ख) मिश्रणतावाद, -ग) असमानतावाद, -घ) विपरीततावादमा रङ्गको गुण, चरित्र, विशेषता, पत्र हुन् । यसैमा वस्तु, सत्य, जगत, जिवनले क्रिया गर्छ । रङ्गगत या नीति निर्देशन सिद्धान्त जस्तै हो यो । त्यसकारण -ङ) सपअस्तित्ववाद, -च) ओहोरदोहोर मापदण्डवाद यसको दृष्टिकोण या समन्वय सिद्धान्तजस्तै हो । यसले व्यवस्थापन गर्छ । -छ) गतिशीलतावाद, -ज) संशोधनवाद यसको मर्म जस्तै हो ।
२. समालोचनामा, समालोचनामा प्रतिसमालोचनाको सिद्धान्तबाट यसले हर्ेछ । पाठमा प\mयूजन गरेकोलाई फिसन -खण्डरकण) गरेर हर्ेछ ।
क) विधामाथिको प्रश्नचिन्हबाट यो अगाडि बढ्छ । घोषित विधा त अरूले देखाएकै छ लगायत लेखकले पनि । त्योभन्दा अरू विधाको भागले उक्त कृति हर्ेछ । विधाहीन कृतिमा यो झन सजिलो पर्छ ।
ख) पुस्तकमा सदस्य संयोजक लेखकसङ्गै आएको भूमिका, र्व्लर्ब, प्रकाशनीय, लेखनीय, कम्प्यूटर आवरणलाई सदस्य मान्दै प्रतिलेखन, प्रतिकृतिको मान्यता अगाडि र्सार्छ ।
ग) मिश्रति रङ्गको पत्र, बहुलताको उपस्थिति, असमानता, विपरीतताको सहभागिता खोज्छ । सपअस्तित्व, दोहोरो मापदण्डको स्थिति केलाउँछ ।
घ) सामाजिक न्यायको मुद्दासहित प्रुफ मिस्टेक चेतना पनि हर्ेछ ।
ङ) विचार पक्षलाई अल्ट्रामोरल तरिकाले लिन्छ ।
च) सौर्न्दर्यशास्त्रमा कला पक्षको सघनता यसले हर्ेछ । असम्बन्धित सम्बन्धलाई स्वीकृत गर्छ ।
छ) सङ्घीय सौर्न्दर्यको लेखन, आदिवासी जनजाति सौर्न्दर्यको लेखन, मधेशी सौर्न्दर्यको लेखन, महिला सौर्न्दर्यको लेखन, कर्ण्ााली सौर्न्दर्यको लेखन, दलित सौर्न्दर्यको लेखन, अल्पसङ्ख्यक, सवार्ल्र्टन सौर्न्दर्यको लेखन, युद्ध, द्वन्द्व विरोधि सौर्न्दर्यको लेखनको स्थान हर्ेछ ।
ज) पाठको खेलमा क्रियाशील पाठकीय अन्वेषणको धार हो ।
झ) प्रयोगवाद भन्नु, अभाङगार्ड भन्नु, बहुरङ्गवाद भन्नु या नेपाली उत्तर आधुनिकता भन्नुसङ्ग सम्बन्ध यसले राख्छ ।
३. सिर्जनामा, माथिको सिद्धान्त र समालोचनाको मान्यताहरूलाई र्छर्दै नेपाली साहीत्यको पुनरावलोकन साथ त्यो वर्तमानको विघटनसम्म जहाँ हामी सप्पै भेटाउँदछौं । स्थानियता भेटाउँछ, वहुलता भेट्टाउँछसम्मको भ्रमण यसको सिर्जनात्मक मूल्यहरू ।
क) रङ्गको गुण, विशेष्ता, चरित्रलाई लेखनमा उपयोग गर्नु ।
ख) कला र जिवनलाई एकअर्काको सहयोगमा परिचालन गर्नु ।
ग) रङ्ग र यस नजिकको शब्दहरूसङ्ग सङ्गत गर्नु ।
घ) नेपालको बहुलता, विविधता, विभिन्नतालाई सौर्न्दर्यको रुपमा सकारात्मक खेल्नु ।
ङ) मूलधारबाट छुटेको, छुटाएको, विषय पात्रलाई उत्थान गर्नु ।
च) बहुल नायकको स्वचालन गर्नु ।
छ) शब्द सन्चालन, वाक्य गठनमा सपअस्तित्वलाई ख्याल गर्नु ।
ज) प्रयोगवादलाई सम्पर्ूण्ा तरिकाले उचाल्नु ।
झ) विघटनवादलाई सम्पर्ूण्ा ढङ्गले उचाल्नु ।

४) आचरणमा सिद्धान्तगत कुरोको साथ व्यवहार मानवजिवनको दैनिक पत्र हो । या राजनीतिक शास्त्रको प्रमुख देन । सिद्धान्तगत माथिको कुरो भयो यसरी । सिर्जना चाहिँ व्यवहार, नजिकै छ आचरण ।
क) डेमोक्र्याट्सहरू, मार्क्ससिस्टहरू, अरुहरूपनि जम्मैले राजनीतिक मूल्य आआफ्नुका साथ खेल्नुसक्ने ठाउँ बहुरङ्गवादीय व्यानर ।
ख) आदिवासी, जनजाति, व्राम्हण क्षेत्री, मधेशी, दलित, महिला, कर्ण्ााली, या अन्य पक्ष र क्षेत्रहरूले मूल्य आआफ्नुका साथ खेल्नर्ुपर्ने स्थल बहुरङ्गवादीय व्यानर ।
ग) हिन्दु, वौद्ध, मुस्लिम, क्रिष्चियन, किराँतलगायत या अरुहरूले धार्मिक मूल्य आआफ्नुका साथ खेल्नर्ुपर्ने जग्गा बहुरङ्गवादीय व्यानर ।
घ) नेपाली, अंग्रेजी, लगायत विभिन्न राष्ट्रीय भाषाहरूमा मूल्य आआफनुकासाथ खेल्नर्ुपर्ने स्थान बहुरङ्गवादीय व्यानर ।
च) पेशा, व्यवशाय, आस्था, आदर्श, स्थानियता आदिले जहाँ रहेर पनि सापेक्षता आआफनुका साथ खेल्नर्ुपर्ने ठेगाना बहुरङ्गवादीय व्यानर ।
५) उदेश्यमा, बहुरङ्गवाद अउदेश्य छैन । शक्तिशाली, ठूलो २०६२।०६३को जनआन्दोलनमा भाग लिएको व्यानर, भाग लिएको युवाहरूको व्यानर, बेला त्यो चारैतिरको आन्दोलनको जिवनमाथि मार्कामा समाज हितको व्याख्याबाट यो परिवर्तनको उद्धेश्यका साथ अगाडि बढेको छ । उद्देश्यको मूल्य आफ्नुकासाथ त्यत्रो ठूलोको भीडविना स्यानु स्यानु सत्यमा रमाउँछ ।
क) नेपाली सापेक्षता, मौलिकता, निजित्व, विशेष्ता, हार्दिकताको सिद्धान्त स्थापना गर्ने ।
ख) मेची महाकालीलाई जोडेर बहुरङ्गीन या साझा आन्दोलन गर्ने ।
ग) राज्य पर्ुनर्संरचना जस्तै कला, साहीत्यको पर्ुनर्संरचना गर्ने ।
घ) बहुनेपालीका बीच फरकता, विभिन्नता, विभाजिततालाई अनिवार्य ठहर गदर्ैर्ैैपअस्तित्ववादको प्रशारण गर्ने ।
ङ) द्वन्द्व र युद्धलाई नेपाली समाजमा न्यूनीकरण गर्न मद्दत पुर्याउने ।
च) नयाँ लेखक, चिन्तक, साहित्यकारहरू उत्पादन गर्ने ।
छ) बहुअन्तर साँस्कृतिक मिश्रणको सम्बन्धको बीचमा सम्वाद गर्दै नयाँ सौर्न्दर्यको स्थापना गर्ने ।
ज) सौहादर््र, हार्दिक साहीत्य निर्माण गर्ने ।
झ) पेन्टिङ, फेसन डिजायन, हाउस डिजायन, सङ्गीत, गीत गजल, चित्रकला, फिल्म, मर्ुर्तिकला आदिसङ्ग सम्वाद गर्दै अगाडि वढाउने ।
ञ) रङ्ग साहीत्य फाँटलाई स्थानिय क्षेत्रहरूमा गठन प्रक्रिया अगाडि बढाउने ।
ञ) सैनिकीकरण, हातहतियारको विश्वव्यापी विरोध गर्ने ।
ट) हातहतियार, सैनिकविहीन राज्यको परिकल्पना बढाउने ।
ठ) अचेतनावाद, अराष्ट्रवाद, व्यक्तिवादलाई उपभोग गर्ने ।
ड) व्यक्तिगत स्वायत्तताभित्रको उपस्वायत्तताको उपयोग गर्ने ।
ढ) रङ्गको विज्ञानसङ्ग जिवन र जगत जोड्ने ।
त) अतिवाद, उग्रवाद, आक्रोसवाद, कुण्ठावादमा मुक्त अभियान चाल्ने ।
थ) संघिय सौर्न्दर्यको लेखन, आदिवासी जनजाति सौर्न्दर्यको लेखन, मधेशी सौर्न्दर्यको लेखन, महिला सौर्न्दर्यको लेखन, कर्ण्ााली सौर्न्दर्यको लेखन, दलित सौर्न्दर्यको लेखन, अल्पसङ्ख्यक, सवार्ल्र्टन सौर्न्दर्यको लेखन, युद्ध, द्वन्द्व विरोधि सौर्न्दर्यको लेखनकोलागि वातावरण तयार गर्ने ।
द) दक्षिण एसियामा भएको भारतीय डोमिनेशनलाई भत्काउँदै विश्व बजारमा बहुरङ्गवादलाई निर्यात गर्ने ।
ध) नयाँ राष्ट्र निर्माणको सहमतमा समावेशमा सहयोग गर्ने ।
अमेरिकी विद्धानहरू राष्ट्र अगाडि बढ्नुको लागि एउटा साझा आन्दोलन चाहिन्छ भन्ने कुरो मान्छ । फिला डेल्पिmया सम्मेलनलाई उनीहरू त्यसको आधारस्तम्भ मानेझैँ राजनीतिक रुपमा हामीले राष्ट्र अगाडि बढाउने ०६२/६३ दह्रो साझा या बहुरङ्गिन आनदोलन सम्पन्न गरिसकेर अगाडि बढेको रुपमा लिँदा हुन्छ । अब कला साहित्यमा पनि त्यो साझा र बहुरङ्गिन आन्दोलन अगाडि बढाउनु छले नेपाली समाजको बहुजाति, बहुभाषा, बहर्ुधर्म, बहुसंस्कृति, बहुराजनीतिबीचको बहुअन्तरमिश्रणको हिसापकिताप हर्ेदै, बहुअन्तरसम्बन्धको सम्बाद गर्दै निजित्व र मौलिकताको साथ व्यक्तिगत स्वायत्तता पक्रेर क्रियाशील छ बहुरङ्गवाद । नयाँ वैकल्पिक सौर्न्दर्यशास्त्र निर्माणको यो पाटो नेपाली साहीत्यको साझा या बहुरङ्गिन आन्दोलन हो । सप्पैजनाले भाग लिनु, सहभागी हुने । बहुजाति, बहुभाषा, बहर्ुधर्म, बहुराजनीति, बहुआस्था आदिहरू । नरोक्ने, नबाँध्ने, नछेक्ने मेची-महाकालीले समावेश हुनुपाउने मुलुकलाई बाँध्नु, जोड्नु सक्ने साझा या बहुरङ्गिन व्यानर । वास्तवमा यो बहुमुखी कलेज जस्तै हो, यो नेपाली उत्तरआधुनिकतावाद हो । २०६०को विशेष रङ्गवाद, २०६२,०६३को जनआन्दोलन सम्पन्न भएपछिको सामान्य रङ्गवादमा संविधान सभाको पहिलो वैठकले २०६५ जेठ १५गते राजतन्त्रको अन्तसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेपछि बहुथपेर अब हामी सामान्य बहुरङ्गवादको यो अभ्यासमा छौं । बहुरङ्गवाद भन्नु पर्ुनर्संरचनाको कुरो पनि हो । साहीत्य पर्ुनर्संरचनामा गुण र मात्रा दुवै आवश्यक देखिएको छ लाग्छ । यो राष्ट्र निर्माणसङ्ग सम्वन्धित कृयाकलाप पनि हो ।

0 comments: on "सामान्य बहुरङ्गवाद र नेपाली उत्तरआधुनिकतावादको कुरा"