मुख्य समाचार :


2010 को मात्र ट्राइबल फण्ड आएकोमा फोरमको आपत्ती

प्रज्ज्वल वोगटी
कालेबुङ,28 अप्रेल।

शिक्षा विषय लिएर पुनः एकचोेटि गार्जियन फोरम फर एडुकेशन अघि आएको छ। पहाड़का विद्यार्थीहरूको निम्ति धेरै समयपछि ट्राइबल फण्ड आएपनि सो ट्राइवल फण्ड 2009 सालको मात्र आएको अनि 2010 को फण्ड आजसम्म विद्यार्थीहरूले नपाएकोमा फोरमलेे आपत्ती जनाएको छ। आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै फोरमका सहल्लाहकार तारा सुन्दाले राशि सही समयमा नआएको आरोप लगाउँदै भने, हाल 2011 चल्दैछ तर अहिले 2009 को मात्र राशि आउँदैछ। 2010 को राशि कसले लान्छ। त्यस बेलासम्म नानीहरू पढ़ी सकेर बाहिर गइसकेको हुन्छ। सही समयमा ट्राइवल विद्यार्थीहरूले पाउनपर्ने सहूलियत नदिएर यहॉंको अधिकारीहरूले नै ढिलाई गरिरहेको आरोप लगाउँदै यहॉंको विद्यार्थीहरूको भविष्यमाथि खेलवाड़ भइरहेको आरोप लगाएका छन्‌। यसरीनै अर्कोतिर फोरमका अध्यक्ष कर्णल डी. के. प्रधानले पाठशालाहरूमा विद्यार्थीहरूले पाइरहेको मध्यान्न भोजनको निम्ति सरकारले अलग व्यक्ति नियुक्त गर्नुपर्ने बताएका छन्‌। तिनले मध्यान्न भोजनको निम्ति धेरजसो पाठशालाहरूमा पाकघर बनाउनु पर्ने अस्थायी शिक्षकहरूले वर्षभरिनै वेतन पाउनुपर्ने, प्राथमिक पाठशालाका नानीहरूलाई निःशुल्क खाता-किताब, लुगा आदि प्रदान गरिनुपर्ने विषयमा सरकारले पहल गर्नुपर्ने अनि यी विषयहरूमाथि अघिबाटै फोरमले दागोपाप प्रशासक अनिल बर्मालाई फ्याक्स मार्फ जनाइसकेको भएपनि आजसम्म कुनै पहल नभएको पनि जनाएका छन्‌।

0 comments: on "2010 को मात्र ट्राइबल फण्ड आएकोमा फोरमको आपत्ती"