मुख्य समाचार :


दुइ दिवसीय खेलकूद प्रतियोगिता प्रारम्भ

कालेबुङ,28 अप्रेल।
प्रज्ज्वल वोगटी

शिक्षा मात्र नभएर विद्यार्थीहरूलाई खेलकुदप्रति पनि हौसला प्रदान गर्न कालेबुङ स्पोर्टस एशोसिएसनको आयोजनामा महकुमा स्तरीय दुई दिवसीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता आजदेखि यहॉंको मेलाटारमा सम्पन्न भयो। उक्त खेलकुद प्रतियोगिताको आज पहिलो दिन क्षेत्रभरिका 13 वटा विद्यालयका विद्यार्थीहरूले अशंग्रहण गरेका थिए। सब जुनियर, जुनियर अनि सिनियर विद्यार्थीहरूमाझ भएको आजको प्रतियोगितामा रिले दौड़, एक सय, दुइ सय,चार सय मिटरको दौड़, हाइ जम्प, लङ जम्प, जेब्लिङ, सर्ट-पुर्ट, डिस्कस थ्रो अनि केटाहरूको निम्ति खुल्ला दौड़ आदि खेलहरू सम्पन्न भयो। कालेबुङ स्पोर्टस एशोसिएशनले लातेभकुण्डो खेल मात्र नभएर अन्य खेलकुद प्रतियोगिताहरू पनि अघिल्लो वर्षदेखिनै आयोजना गर्दै आइरहेछ।

0 comments: on "दुइ दिवसीय खेलकूद प्रतियोगिता प्रारम्भ"