मुख्य समाचार :


चीनिया निरङ्‌कुशताको विरोधमा कालेबुङमा गुञ्जियो आवाज

कालेबुङ, 5 फरवरी।
‘विश्वमा नै मानवले मानवीय स्वाधीनता पाएको छ। जुनै पनि समुदाय होस्‌, उनीहरूले आफ्नो शैलीमा जिउन पाउँछन्‌ तर चीनियॉं सरकार विश्वकै सबैभन्दा निरङ्‌कुश सरकार हो।
चीनियॉं नयॉं वर्ष पालन नगर्दा तिब्बतका  तिब्बतीहरूलाई गोली ठोक्यो। यो तानाशाह हो। अपराध हो। तिब्बतीहरूको स्वाधिनता छिनेर उनीहरूलाई बलजफ्ती चीनियॉं सरकारले अत्यचार गरिरहेको छ। हामी कालेबुङका तिब्बतीहरू मात्र होइन, विश्वभरि नै छरिएर बसेका तिब्बतीहरूले चीनियॉं सरकारको निरङ्‌कुशताको विरुद्ध प्रदर्शन भइरहेको छ।’ चीनियॉं सैनिकले तिब्बतीहरूलाई थुनुवामा राखेको अनि चीनियॉं नयॉंवर्ष पालन नगर्दा तिब्बतीहरूलाई गोली ठोकेर हत्या गरेको विरुद्धमा र्‍याली निकाल्ने तिब्बती समुदायकी केशाङ छोकीले समय दैनिकसित भनिन्‌।

26 अनि 27 जनवरीको दिन चीनियॉं नयॉं वर्ष हो। यस दिन तिब्बतीहरूलाई पनि नयॉं वर्ष पालन गर्ने फरमान गरिएको थियो। चीनका तिब्बतीहरूले आफ्नै नयॉं वर्ष पालन गर्छन्‌। यसकारण उनीहरूलाई जबरजस्ती गरियो। यहॉंसम्म कि चीनियॉं सैनिकले निर्ममतापूर्वक गोली ठोक्यो, तिनले अझ भनिन्‌। 16 जनालाई गोली ठोकिएको अनि 52 जनालाई घाइते बनाएको आरोप लगाउँदै तिनले मानवाधिकारको निम्ति गुहार लगाउन र्‍याली निकालिएको जनाइन्‌।

 दिनभरि नै तिब्बती समुदायले कालेबुङ नगरमा नााराबाजी गरे। चीनियॉं निरङ्‌कुशता बन्द गर्नुपर्ने मात्र होइन, निर्मम हत्याको विरोेधमा विश्वले नै आवाज उठाउनुपर्ने उनीहरूले आफ्नो नाराद्वारा बताए। आफू टिवेटन वूमेन एसोसिएसन कालेबुङका सचिव रहेकी बताउँदै तिब्बतीहरूलाई पनि अभिव्यक्तिको अधिकार रहेको अनि धर्माधिकार रहेको बताइन्‌। तिनले ह्युमेन राइट्‌सलाई लक्ष्य गर्दै यस्तो हत्याको विरोधमा राइट्‌सले शीघ्र नै हस्तक्षेप गरिदिने अपील पनि गरिन्‌।

र्‍यालीमा तिब्बतीहरूले दलाई लामाको फोटोसित नै चीनियॉं तानाशाहको विरोधमा लेखिएका प्लाकार्डहरू बोकेका थिए। उनीहरूले नगर परिक्रमा गर्दै विरोध प्रदर्शन गरे भने सॉंझमा गोली लागेर मर्नेहरूप्रति शोक प्रकट अनि चीनियॉं सैनिकको निरङ्‌कुशताको विरोेधमा मोमबत्ती जुलूस पनि गर्‍यो। तिब्बत तिब्बतीहरूलाई पर्खाउनु पर्ने द्वन्द्व चलिरहेकोले तिब्बतीहरूमाथि चीनियॉं सरकारको यस्तो व्यवहार रहेको पनि बताइएको छ। आज जुलूसमा तिब्बतीहरूले दलाई लामालाई तिब्बत फर्काउनु पर्ने माग गर्दै नाराबाजी गरेका थिए भने तिब्बतमा धर्माधिकार हुनुपर्ने वा धर्मस्वाधिनता हुनुपर्ने पनि माग गरे। तिब्बत मुक्त गर-उनीहरूको मुख्य नारा रहेको थियो।

0 comments: on "चीनिया निरङ्‌कुशताको विरोधमा कालेबुङमा गुञ्जियो आवाज"