प्रज्ज्वल वोगटी
यहॉंको पॉंच माइलस्थित पोस्योर वस्ती अनि कालेबुङ शहरलाई जोड्ने मुख्य पूल हाल सोचनीय अवस्थामा रहेको छ। अब कुनै पनि दिन भारी वर्षा भए एकै पल्टको पानीले पूल बगाएर लानसक्ने अवस्थामा रहेको छ। विशेष गरी कृषिमा निर्भर गर्ने पोस्योर वस्तीका मानि

सयौं मानिसहरू दिनहुँ ओहोर-दोहोर गर्ने उक्त पूल कुनै पनि दिन पैह्रोले सोहोरेर लानसक्ने अवस्थामा छ। यदि उक्त पूल चॉंड़ै निर्माण नगरिए आफूहरूलाई हुनसम्मको असुविधा हुने बताउँछन् क्षेत्रवासीहरू। 2009 सालमा पनि क्षेत्रभरि रहेको दशवटा जति पूलहरू पूर्ण रूपले भत्किएको थियो भने त्यही समय एक 70 वर्षीय वृद्धको खोला तर्दा बगाएर मृत्यु भएको थियो। पछिबाट एनआरईजीएले त्यहॉं अस्थायी रूपमा पूलहरू निर्माण गरिदिएको थियो।
क्षेत्र नै चिसेनी जग्गा रहेकोले जताततै गएको पैह्रोले दिनोदिन भयानक रूप लिइरहेको छ। विगत धेरैवर्ष अघिदेखि उक्त ठाउँमा गएको पैह्रोले 94 सालदेखि भयानक रूप लिएको अनि आफूहरू हिँड़ने पूल हिँड्ने लायकको अवस्थामा नरहँदा पनि विभागले पहल नगरिदिएको स्थानीय युवा मोर्चाका सचिव छोगेन लेप्चाले बताएका छन्।
तिनले बताएनुसार क्षेत्रमा गएको पैह्रो अनि पूल हेर्न विभागीय अधिकारी अनि पार्टीका शीर्षस्थ नेताहरू आए पनि आफूहरूले आश्वासन वाहेक केही नपाएको गुनासो गरेका छन्।
स्थानीय युवा मोर्चाका अध्यक्ष प्रेम तामाङले दिएको जानकारी अनुसार उक्त पूल अनि पैह्रो रोकथामको निम्ति कैयौंपल्ट आफूहरूले सम्बन्धित विभागलाई अवगत गराइसकेको अनि निरीक्षण गर्न आएको भएपनि फण्ड छैन भन्दै आजसम्म कुनै कार्य नगरिदिएको बताएका छन्।
कुनै पनि दिन यो पूल भत्कने अवस्थामा छ। अहिले पूलमा मानिसहरू करैले हिँड़ीरहेका छन्, यदि उक्त पूल चॉंड़ै निर्माण नगरिए कुनै पनि दिन ठूलो दुर्घटना हुनसक्ने सम्भावना रहेको छ अनि पूल कुनै पनि दिन पैह्रोले सोहोरेर लगे क्षेत्रवासीले हुनसम्मको दुःख भोग्न पर्नेछ।
0 comments: on "पोस्योर वस्तीको पूल एकै पल्टको झरीले बगाएर लानसक्ने अवस्थामा"
Post a Comment