मुख्य समाचार :


आन्दोलनको निम्ति कति सक्षम, कति असक्षम !

  • अनिल तेलैजा
सशस्त्र आन्दोलनको अनुभव, एकदशक बन्दी जीवन र मुक्ति। छत्र सुब्बाको विगत आङ्गैमा एउटा इतिहास हो जिउँदो।

छत्रको उपस्थिति र अनुपस्थिति दुवैले गोर्खे राजनीतिमा प्रभाव पार्छ यो ध्रुव सत्य हो। यसैले उनको रिहाइसंगै छत्रलाई केन्द्र गरेर राजनैतिक तानाबाना बनिन शुरू भएको छ पहाड़मा।

छत्रलाई अघि लाएर अलग राज्यको मागलाई अघि लाउने तेस्रो शक्तिको उद्भव हुन खोजिरहेको समय छत्र सुब्बा र वर्तमान पहाड़को शक्तिशाली दल गोजमुमोको मतभेदले गोर्खे राजनीति कतातिर मोड़िने हो प्रश्नहरू खड़ा हुन थालिसकेको छ। मोर्चासित छत्रको विगतको सिद्धान्त पटक्क मेल खॉंदैन भारत स्वतन्त्रताको इतिहासमा गान्धी र सुवास जस्तो । यद्धपि मोर्चा र जीएलओको अस्तित्व, जन्मनुको लक्ष्य भने एउटै हो। एउटै लक्ष्य गोर्खाल्याण्डको निम्ति जन्मिएका यी दुइ दलको हिड्ने बाटो भने ङ्गरक ङ्गरक छ। वर्तमान अवस्थामा यी दुइ दलबीच भिन्नता भनेको यहीँ नै हो। तर राजनीतिमा सैद्धान्तिक मतभेद सबैभन्दा डरलाग्दो हुन्छ। सुवास घिसिङको दागोपापलाई लत्याएर अलग राज्यको आन्दोलनमा अडिग छत्र सुब्बा र सुवासको साम्राज्यलाई पतन गराएर अलग राज्यकै निम्ति जन्मिएको मोर्चाबीच थुप्रै समानताहरू रहँदा रहँदै पनि सैद्धान्तिक असमानता सबैभन्दा ठूलो खाड़ल हो।

मोर्चाको आन्दोलनको अवसान जीटीएमा भएपछि यो खाड़ल अझ गहिरो बन्दै गयो। जीटीएलाई अलग राज्यको निम्ति सिँढ़ी सम्झिने मोर्चा र जीटीएलाई अलग राज्यको बाधा सम्झिने छत्र सुब्बाबीच यही विचारको मतभेद प्रतिदिन बड़दै गइरहेको छ। यस्तो परिस्थितिमा आफ्नै व्यानरमा अलग राज्यको आन्दोलन गर्छु भन्ने छत्र सुब्बाको घोषणाले राजनैतिक माहोल पुनःतताएको छ। एकदशक भन्दा बेसी बन्दी जीवन विताएका सुब्बासित विगतको आन्दोलनको अनुभवसितै जन सहानुभूति छ। मोर्चादेखि असन्तुष्ट एउटा खेमाको पनि मौन समर्थन रहेको छ।

यो संगसंगै पहाड़का विपक्षी दलहरूको साझा मञ्च गोटाङ्गोले पनि छत्रलाई सामूहिकता आउने आह्वान गरेर प्रत्यक्ष तथा परोक्ष समर्थन दिइसकेको छ। तर यी सब मात्र पनि आन्दोलनको निम्ति पर्याप्त नहुने विज्ञहरू ठान्छन्‌। एउटा सङ्गल राजनैतिक परिवर्तनको निम्ति जन समर्थन मात्रै सर्वस्व होइनभन्ने कुरा सुवास घिसिङ र विमल गुरूङको आन्दोलनको परिणितिले प्रष्टाइसकेका छन्‌। शतप्रतिशत जन समर्थन रहँदा रहँदै पनि मूल मुद्दाले पार पाउन सकेन,सकिरहेको छैन। थोरै जनशक्ति हुँदा हुँदै पनि कुशल नेतृत्व र दक्ष रणनीतिको अघि विशाल शक्तिहरूले घुँड़ा टेकेको इतिहास पनि सबैको सामू छ।

यस अर्थमा जन सहानुभूति र सशस्त्र आन्दोलनको अनुभव बोकेको छत्रसित दह्रो राजनैतिक इच्छाशक्ति र दक्ष रणनीति छ के त? भन्ने शंका राजनैतिक पर्यवेक्षकहरूको रहेको छ। जीवनको एक दशक सक्रिय राजनीतिबाट अलग रहेर बन्दी जीवन विताएका छत्र सुब्बा आन्दोलनको निम्ति शारीरिक र मानसिक रूपमा सक्षम नरहेको टिप्पणी मोर्चा प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्रीले दिइसकेका छन्‌। वर्तमान राजनैतिक परिस्थितिमा सशस्त्र आन्दोलनको कुनै औचित्य नै नरहेको र सशस्त्र आन्दोलनद्वारा अलग राज्य असम्भव रहेको धारणा पनि डा.छेत्रीको छ। यसरी छत्रको सबैभन्दा ठूलो शक्ति सशस्त्र आन्दोलनको अनुभव वर्तमान परिस्थितिमा काम नलाग्ने भएको विज्ञजनहरू बताउँछन्‌।

अर्कोतिर छत्र सुब्बासितै बन्दी भएको उनको सहयात्रीहरूले पनि उनको साथ छोड़िसकेका छन्‌। यसरी जन सहानुभूतिकै भरमा आन्दोलनको अगुवाई गर्न छत्र पूर्णतय सक्षम नरहेको पर्यवेक्षकहरू ठान्छन्‌भने अर्कोतिर छत्र सुब्बाले शान्तिपूर्ण आन्दोलन गर्ने र सामूहिकतामा विश्वास गर्ने घोषणा गरेर माथि उल्लेखित पूर्व अनुमानहरूलाई केही फ्यातुलो बनाइदिएका छन्‌। एकल नेतृत्वको आन्दोलनलाई सरकारद्वारा सहज प्रभावित गर्नसक्ने र सुरक्षाको दृष्टिकोणमा पनि एकल नेतृत्व अत्यन्तै जोखिमपूर्ण रहेको जानकारहरू बताउँछन्‌।

मदन तामाङको हत्यापछि गोर्खालीगमा आएको राजनैतिक उतार चढाउलाई उदाहरण मान्दै वर्तमान राजनैतिक परिस्थितिमा सामूहिकता नै सर्वोत्तम विकल्प रहेको विज्ञहरूको भनाइ छ। तर यो सामूहिकता सोचे जस्तो सरल र सहज भने नरहेको उनीहरू बताउँछन्‌। विभिन्न सिद्धान्त र विविध कार्यशैली लिएर एक भएको सामूहिकतामा आफ्नो बेग्लै अस्तित्व बोकेको जीएलओ र छत्र सुब्बाले आङ्गैलाई कसरी अटाउने हुन ? त्यो नै ठूलो प्रश्न रहेको छ। अर्कोतिर छत्र सुब्बाको विगत उनको वर्तमानमा भारी पर्न सक्छ। यी सबै अप्ठ्यारा परिस्थितिदेखि जीएलओ प्रमुखले कसरी पार पाउने हुन ? यसमा नै आन्दोलनको परिणिति तय हुनेछ।

0 comments: on "आन्दोलनको निम्ति कति सक्षम, कति असक्षम !"