कालेबुङ, 12 अक्टोबर।
भुइँचालोमा परेर मृत्यु हुनेहरूको परिवारलाई सरकारले घोषणा गरेको क्षतिपूर्ति राशि अब शीघ्र नै प्रदान गरिने भएको छ। कालेबुङमा भुइँचालोको कारण मोठ चारजनाको मृत्यु भएको थियो जसमा दुइजनाको हृद्यघातको कारण मृत्यु भएको थियो। हृद्यघातले मृत्यु हुनेहरूको परिवारलाई कुनै पनि क्षतिपूर्ति राशि प्रदान नगरिने भए पनि ईँटाले लागेर मृत्यु हुने पुष्प अग्रवाल अनि पैह्रोको चेपटमा परेर मृत्यु हुने भीम तामङको परिवारलाई भने केन्द्र र राज्य सरकारले मोठ चार लाख रुपियॉं दिने भएको छ। कालेबुङका म्याजिस्ट्रेड डीकी भोटियाले जनाए अनुसार केन्द्र सरकारले दिने क्षतिपूर्ति राशि दुइलाख मृतकको परिवारको एकाउण्टमा लगाइदिने छ। भोटियाले जनाए अनुसार केन्द्रले एकाउण्टमा राशि लगाइसकिएको छ। यता राज्यद्वारा दिइने क्षतिपूर्तिस्वरूप दुइ लाख रुपियॉंको चेक भने निकायमा आइपुगेको छ जो खण्ड विकास अधिकारी मार्फत परिवारलाई सुम्पिइने छ। भोटियाले कालेबुङमा भएका क्षयक्षतिको अहिलेसम्मको पूर्ण विवरण पनि दिएका छन्। तिनी अनुसार सरकारी, गैरसरकारी, जनताका सम्पतिहरू गरी कालेबुङमा मोठ 118 करोड. 46 लाख रुपियॉंको क्षति भएको छ। नगरको 32 वटा वार्ड अनि 42 वटा ग्राम पञ्चायतहरूमा नै क्षति पुगेको पनि बताइएको छ। पूर्ण, आंशिक अनि सामान्य क्षति गरेर 9146 वटा घरहरुलाई क्षति पुगेको छ। यसमा पूर्ण क्षति हुनेलाई 25 हजार, आंशिक क्षति हुनेलाई 5हजार अनि सामान्य क्षति हुनेलाई 15 सय रुपियॉं एम फारम अनि निरीक्षण रिपोर्टको आधारमा प्रदान गरिने पनि तिनले जनाएकी छन्।

0 comments: on "कालेबुङमा 118 करोड 46 लाखको क्षति"
Post a Comment