कालेबुङ, 12 अक्टोबर।
भागोप टास्क फोर्सका मूल संयोजक आर. मोक्तानले गोर्खा जनमुक्ति मोर्चाले थापेको जीटीएलाई विकास एजेन्सीको संज्ञा दिएका छन्। तिनले जीटीएप्रति भागोपको समर्थन र विरोध दुवै नरहेको तर जीटीएले गर्ने विकासको भने विरोध नगर्ने बताए। तिनले भने, छुट्टैराज्यको आन्दोलन नगरेर जिल्लाको विकास गर्छु भन्छ भने नठीक होइन। विकास हुनै पर्छ। भागोपले विकासको निम्ति गोर्खाल्याण्ड भनेको होइन। विकास त राज्यले गर्ने पर्छ चाहे एजेन्सी लगाएर होस् वा नलगाएर होस्। हामीले सम्पूर्ण गोर्खाहरूको राजनैतिक सुरक्षाको निम्ति छुट्टैराज्यको दाबी गरेका हौं। गोर्खाहरूको राष्ट्रिय चिह्नारीको निम्ति छुट्टैराज्य भनेका हौं। यसको निम्ति भागोपको पहल चलिरहेको छ। न त विकास एजेन्सीले गोर्खाल्याण्डको आन्दोलनलाई रोक्न सक्छ न त मुद्दालाई। कसैले जीटीएसित राज्यको सपना साट्न सक्दैन। यो मुद्दा कसैको पेवा होइन। यसकारण भागोपले राष्ट्रियस्तरमा नै गोर्खाहरूको छुट्टैराज्यको कुरा उठाइरहेको छ। बङ्गालको भूभाग नै नरहेको प्रस्तावित क्षेत्रलाई छुट्टैराज्य बनाउनुपर्ने स्थिति आउने छ। यसको निम्ति सबैपक्षले कार्यनीति तयार गरेर आआफ्नो गच्छे अनुसारले काम गर्नुपर्छ। कुनै एउटा दलले छुट्टैराज्यको मुद्दा बेच्न सक्दैन। तिनले ममता व्यनर्जीको पहाड भ्रमणलाई सकरात्मक लिँदै भने, भुइँचालो पीडितहरूको गॉंस बास र कपासको समस्या समाधान भयो भने मात्र ममताको भ्रमणले सफलता पाउँछ।
0 comments: on "जीटीए विकास एजेन्सीःभागोप"
Post a Comment