मुख्य समाचार :


मोर्चाले झुटो बोलिरहेको छ-लीगःलीगले सत्य बोलोस्‌-मोर्चा

मनोज वोगटी
कालेबुङ,11 जुलाई।

गोर्खाल्याण्ड टेरिटोरियल एड्‌मिनिष्ट्रेशन थापेर मोर्चाले गोर्खालीग मदन तामङको भविष्यवाणी पुरा गरेको दाबी गर्दै गोर्खालीग केन्द्रिय समिति सदस्य प्रताप खातीले आज भने, मदन तामङले मोर्चाले दागोपापलाई नै बढाएर थाप्छ भनेका थिए। तिनले सॉंचो बोलेकोले तिनको हत्या पनि मोर्चाले नै गर्‍यो।तिनको हत्या गरेपछि मोर्चाले दोगापोप नै थाप्दैछ। वास्तवमा मदन तामङले मोर्चाको भविष्य देखिसकेका थिए।

तिनको भविष्यवाणी पुरा भयो। तिनले किटान गर्दै 11 पल्टको वार्ताभरिमा नै मोर्चाले गोर्खाल्याण्ड शब्द नै उच्चारण नगरेको अनि मोर्चाको उद्देश्य दागोपाप थाप्नुबाहेक केही नरहेको बताउँदै भने, राज्यको चिफ सेकेरेटेरी समर घोषले राष्ट्रिय दैनिकलाई भनिसकेका छन्‌ कि मोर्चाले कहिल्यै भारतभरिका गोर्खाहरूको निम्ति छुट्टैराज्य मागेन। मोर्चाले दार्जीलिङको समस्याको समाधान गर्ने प्रस्ताव दिएको मात्र होइन राज्य र केन्द्रलाई वार्तामा बुझाएकोले नै यो व्यवस्था मोर्चालाई दिएको हो। सरकारको खेस्रा लेजिसलेटिभ र फाइनेन्सियल फावरको उल्लेख गरिएको छ तर समर घोषले व्यवस्थामा दुवै पावर नरहेको स्पष्ट पारेका छन्‌।

केन्द्रले सीमाङ्‌कनको कुरालाई सोझै खारेज गरिदिएको छ तर मोर्चाले जनतालाई झुट बोलेर आफ्नो दुनो सोझ्याउने काम गरिरहेको छ। मोर्चाले जुन धोका दिइरहेको छ यसको विरोध बुद्दिजीवीहरूले गर्न ससेक छैनन्‌। मोर्चामा विकुवा बुद्धिजीवी पसेकोले नै जनताले धोका खाइरहेको छ। अब समय भयो बुद्धिजीवी, शिक्षित, पढेलेखेका युवाहरू बोल्न पर्छ। तिनले मोर्चाको दागोपाप भन्दा आनन्द पाठकले मागेको स्वायत्त शासन नै राम्रो रहेको अनि सुवास घिसिङको छैटौं अनुसूची नै उत्तम रहेको जनाए। तिनले भने, मोर्चाले खिचड़ीलाई खीर भन्दैछ। जनताको आँखामा धुलो हाल्दैछ। ममताले विमलको मुख बुच्चाउँदैमा गोर्खाल्याण्डको आन्दोलन हुँदैन भन्नु मुर्खता हुनेछ। यता खातीको टिप्पणीमाथि प्रतिक्रिया माग्दा मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले भने, मोर्चाले ढॉंट्‌दैछ भने त्यही सही।

लीगले सत्य बोलोस्‌। जसको 1 प्रतिशत जनाधार छैन, जसको 1 प्रतिशत कार्यक्रम छैन उसले बोलेको कुरा कसले सुन्छ? लीगले विरोध गर्दै गरोस्‌ हामीलाई फरक पर्दैन। अँ, लीग सॉंच्ची नै राजनैतिक दल हुनु हो भने कुरा गर्ने थियौं तर लीग प्रेस कन्फरेन्समा सिमित छ। यस्तोे दलसित के कुरा गर्नु? मोर्चामा विकुवा बुद्दिजीवी छ भने उब्रिएको बुद्दिजीवी लिएर लीगले आन्दोलन गरोस्‌।

0 comments: on "मोर्चाले झुटो बोलिरहेको छ-लीगःलीगले सत्य बोलोस्‌-मोर्चा"