मुख्य समाचार :


राज्य स्तरीय खुल्ला कविता प्रतियोगितामा अर्जुन पीयूष प्रथम


गान्तोक, १० जुलाई|
पत्रकार एवं कवि अर्जुन पीयूष १९७ औं भानु जयन्ती समारोहअन्तर्गतको राज्य स्तरीय खुल्ला कविता प्रतियोगिताका प्रथम विजेता बनेका छन्| उनलाई ‘जीवनका आगत-अनागतहरू’ शीर्ष कविताका निम्ति निर्णायक मण्डलीले प्रथम विजेता घोषित गरेको हो| नेपाली साहित्य परिषद्मा आयोजित विभिन्न विधाका कविता प्रतियोगितामध्ये खुल्ला कविता पाठ प्रतियोगितामा गोपाल पाठकलाई दोस्रो स्थान साथै लालबहादुर तामाङ (मोञ्जा)-लाई तेस्रो स्थान प्राप्त भएको छ| यस्तै प्रकारले विन्ध्या राई र कृष्ण ढुङ्गेललाई पनि सान्त्वना पुरस्कार प्राप्त भएको छ|
विद्यार्थीवर्गमा पहिलो पुरस्कार सिच्छे स्कूलकी कविता मंगरलाई, दोस्रो पुरस्कार तादोङ स्कूलका कमल खनाल र तेस्रो पुरस्कार देउराली कन्या विद्यालयकी विनीता शर्मालाई प्राप्त भएको छ| पीएनजीकी विद्यार्थी चन्दना शर्मालाई विद्यार्थीवर्गमा सान्त्वना पुरस्कार प्राप्त भएको छ|

0 comments: on "राज्य स्तरीय खुल्ला कविता प्रतियोगितामा अर्जुन पीयूष प्रथम"