मुख्य समाचार :


सिक्किममा पनि शुरु भयोः राजीव गान्धी किशोरी सशक्तिकरण योजना (सबला)


गान्तोक, ११ जुलाई|
किशोरिहरूलाई स्वस्थ र सशक्त बनाउने उद्धेश्य लिएर राजीव गांधी किशोरी सशक्तिकरण योजना (सबला) सिक्किममा पनि शुरु गरिएको छ| ग्रामीण समन्वित बाल विकास योजना (आइसीडीएस) अन्तरगत आज पूर्व सिक्किमको साम्दोङ क्षेत्रअन्तर्गत गैरीगाउँ आइसीडीएस केन्द्रमा विशेष कार्यक्रमको साथमा विधिवत शुरु गरियो| यस अवसरमा साम्दोङ-कम्बल ग्राम पञ्चायत एकाई (जीपीयू) पञ्चायतक अध्यक्ष श्रीमती चुरा कुमारी कोइराला मुख्य अतिथि रहेकी थिइन् भने साम्बोङ् प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) की उपचारिका (सिस्टर) श्रीमती भूमिका शर्मा, आइसीडीएस पर्यवेक्षक (सुपरभाइजर) श्रीमती आइतीमाया राई पञ्चायत सदस्य तथा आइसीडीएस कर्मचारीहरूको उपस्थिति रहेको थियो|
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि एवं पञ्चायत अध्यक्ष श्रीमती कोइरालाले गाउँ-घरमा किशोरी तथा महिलाहरूको शारीरिक विकासको निम्ति सबला योजना शुरु गरिएको बताउँदै आइसीडीएसले गरिरहेको यस कार्यमा पञ्चायतहरूको तर्फबाट कुनै प्रकारको सहयोगको आवश्यक्ता परेको खण्डमा सहयोग पुर्‍याउने बताइन्| यसरी नै उनले कुनै पनि राज्य तथा देशको विकासको निम्ति सर्वप्रथम हाम्रो स्वस्थ ठीक हुनु आवश्यक रहेकोले केन्द्र सरकारले राजीव गान्धी किशोरी सशक्तिकरण योजना (सबला) शुरु गरेको पनि बताइन्|


कार्यक्रमलाई उपचारिका श्रीमती भूमिका शर्माले पनि सम्बोेधन गर्दै किशोरीहरूमा आउने शारीरिक परिवर्तन तथा समस्या विषय प्रकाश पारिन| यस्तो अवस्थामा घरका परिवारजनले सहयोग पुर्‍याउनु पर्ने बताउँदै हामीले सरसफाइ तथा खानपिनमा पनि ध्यान पुर्‍याउनु पर्ने बताइन्|

कार्यक्रममा उपस्थित किशोरी तथा महिलाहरूलाई राजीव गान्धी किशोरी सशक्तिकरण योजना (सबला) विषय प्रकाश पार्दै पर्यवेक्षक श्रीमती आइतीमाया राईले राज्य तथा केन्द्र सरकारको संयक्त तत्वावधानमा मुख्य गरी ११ देखि १८ वर्षबीचका किशोरीहरूको स्वास्थ्य विकास अथवा उनीहरूलाई स्वस्थ बनाउन शुरु गरिएको बताइन्| यसको साथै उनीहरूको स्वस्थताको निम्ति वितरण गरिने खाद्य सामग्री (इन्ग्रिडेण्टस्) को विषय पनि सामान्य जानकारीका साथमा कन-कुन खाद्यान्न कति-कति मात्रामा सेवन गर्ने पर्ने भन्ने कराको पनि जानकारी गराइन्| ज्ञात रहोस, यस योजनाअन्तर्गत किशोरीहरूले वर्षमा ३०० दिन उक्त खाद्य सामग्री सेवन गर्नु पर्नेछ|


स्मरणीय, यो योजना देशका अन्य राज्यहरूमा पनि अघिबाटै शुरु गरिसकिएको छ| यो योजना हरियाना सरकारले २ जूनदेखि २०११ देखि शुरु गरिसकेको छ भने ११ देखि १८ वर्षका किशोरीहरूको सशक्तिकरणका लागि देशभरिमा भारत सरकारद्वारा १९ नोभेम्बर २०१०-देखि यस योजनालाई जम्मा २०० वटा जिल्लामा लागू गरेकोछ|

0 comments: on "सिक्किममा पनि शुरु भयोः राजीव गान्धी किशोरी सशक्तिकरण योजना (सबला)"