मुख्य समाचार :


आन्दोलनको काउन्टडाउन शुरू बॉंकी रह्यो 40 दिन

प्रज्ज्वल छेत्री
कालेबुङ, 16 फरवरी।
जीटीएमा सम्झौता भएको 6 महिना बितिसक्दा समेत अस्तित्वमा नआएपछि 27 मार्चभित्र जीटीए गठन नभए सम्झौता जलाएर आन्दोलन चर्काउने गोजमुमोले अघिबाटै घोषणा गरिसकेको छ।

17 अप्रेलमा आन्दोलनको रणनीतिको घोषणा गर्ने मोर्चाको निर्णयपछि राज्य अनि केन्द्र सरकारमा पनि असमञ्जस्यताको स्थिति देखापरिहेको छ। ममता व्यानर्जीले जीटीए ढिलाइको कारण केन्द्र सरकार दायी रहेको बताइरहेको समय बङ्गालका राज्यपाल अनि देशका राष्ट्रपतिसितकोे बैठकपछि जीटीए चॉंडै गठन गरिने आश्वासन पाएको बताइएको छ।

जीटीएले सर्वभारतीय गोर्खाहरूको आकांक्षा पूर्ण गर्नसक्ने अनि छुट्टै राज्य मात्र मूल समाधान रहेको बताउँदै टास्क फोर्सले गरेको देशब्यापी प्रचारले पनि सरकारलाई जीटीए कार्यन्वयन गर्न एकपल्ट सोच्न बाध्य गराएको हुनसक्ने एकपक्षीय अनुमान छ। जीटीएपछि पनि फेरि पहाडमा अर्कोपक्षबाट आन्दोलन चर्किए स्थिति बिग्रने भय पनि जीटीए नहुनुको कारण हुनसक्ने अनुमान लगाइँदैछ। मोर्चाले सरकारलाई दिएको अल्टिमेटमको आधारमा हो भने अब फेरि पहाडमा आन्दोलन शुरू हुन 40 दिन मात्र बॉंकी रहेको छ। यसको अर्थ 40 दिनभित्रमा जीटीए अस्तित्वमा आइसक्न पर्नेछ, नत्र गोजमुमोले पहाडमा आन्दोलन चर्काउनेछ। जुन कुरा राज्य अनि केन्द्र सरकारको निम्ति फेरि एकपल्ट टाउको दुखाइ हुनेछ। यदि जीटीए 27 मार्चभित्र नभए अनि गोर्खाल्याण्डको निम्ति फेरि आन्दोलन चर्काउन परे मोर्चाले निकै असुविधाको स्थितिको सामना गर्नपर्ने हुन्छ।

आन्दोलन चर्काउनभन्दा अघि एकपल्ट जोन बारलाहरूसितको सम्बन्धलाई पनि मोर्चाले राम्ररी सोच्नपर्ने स्थिति देखापर्छ। जीएटीएमा डुवर्स पनि पर्छ कि भनेर मोर्चासित हात मिलाउने जोन बारला कुनै पनि परिस्थितिमा छुट्टै राज्यको आन्दोलनलाई समर्थन नगर्ने निर्णयमा अडिक छन्‌। यस्तो स्थितिमा मोर्चाले आन्दोलन गर्नु जोन बारलासित सम्बन्धत विच्छेद हुनु स्पष्ट छ जो मोर्चाले कुनै पनि परिस्थितिमा चॉंहदैन। तरैपनि साङ्गठानिक अस्तित्व कायम राख्नकै निम्ति पनि वर्तमान दार्जीलिङ पहाडको स्थितिमा कार्यक्रमहरू गरिरहन गोजमुमोले आवश्यक ठानेकैले अहिले 27 मार्चअघि नै भातृ सङ्गठनहरूद्वारा छुट्टै राज्यको पक्षमा जुलुस र जनसभाहरू शुरू गरेको हुनसक्ने अनुमान लगाइन थालिएको छ।

भातृ सङ्गठनहरूको आन्दोलनले जीटीएलाई कार्यन्वयन गर्न फाइदा पुग्नका साथै जनता भुलिरहने भइकैले आन्दोलनले मोर्चालाई एक तिरमा दुइ शिकार गर्न सहज भइरहेको राजनैतिक जानकारहरूको अनुमान छ। अबको 40 दिनभत्रमा दुइवटा कुरा हुनसक्छ कि जीटीए गठन कि आन्दोलन- मोर्चाको टेक यही छ। दार्जीलिङ पहाडमा फेरि छुट्टै राज्यको आन्दोलन शुरू होस्‌ भन्ने सरकार कदापी चाहँदैन। दार्जीलिङ पहाडमा आन्दोलन शुरू हुन नदिन सरकारद्वारा जीटीए यथाघीघ्र अस्तित्वमा ल्याउन प्रशासनिक पहल भइरहेको बताइएको छ। मोर्चाले गर्ने आन्दोलनको काउन्टडाउन शुरू भइसकेकोले अबको रहल 40 दिन दार्जीलिङ पहाडको निम्ति हेर्नलायकको विषय रहनेछ।

0 comments: on "आन्दोलनको काउन्टडाउन शुरू बॉंकी रह्यो 40 दिन"