मुख्य समाचार :


जीएटीएको आन्दोलनको रुपरेखा तयार पारिने सम्भावना

आज आविप-मोर्चाको बैठक कुमानीमा

मनोज वोगटी
कालेबुङ, ३ दिसम्बर|
आज गोर्खा जनमुक्ति मोर्चाका नेताहरू कुमानी पुगेका छन्| अध्यक्ष विमल गुरूङ, महासचिव रोशन गिरी अनि अन्य केन्द्रिय नेताहरू जीएलपी क्याम्पमा बसेका छन्|  सोही क्याम्पमा भोलि आदिवासी विकास परिषदका नेताहरू जोन बारला अनि अन्य पनि पुग्ने छन्| सूत्रले बताए अनुसार आविप र मोर्चाको गोप्य बैठक कुमानीमा हुने छ| बैठकमा आविप र मोर्चाको संयुक्त रणनीतिबारे छलफल गरिने सम्भावना रहेको छ| कुमानीमा नै विमल गुरूङले  आदिवासी समुदाय तथा डुवर्सवासीलाई सम्बोधन गर्न जनसभाको पनि आयोजना गर्ने भएको छ| यसै जनसभाको निम्ति तराई र डुवर्सका आदिवासी समुदायको व्यापक उपस्थिति रहने जानकारी पाइएको छ| मोर्चा र आविपको बैठक तराई र डुवर्समा नरहेर कुमानीमा भइरहेकोले विभिन्न अडकलबाजी भइरहेको छ| नितान्तै गोप्य कुराहरू गर्नको निम्ति नै मोर्चाले आविप नेताहरूलाई कुमानी बोलाएको हुन सक्ने अनुमान गरिएको छ| मोर्चा टोलीले  डुवर्सको सिब्सु घटनास्थलदेखि चार किलोमिटर टाडामा अवस्थित जीएलपीको क्याम्पमा रात बिताउने भएको छभने भोलि जनसभा दिउँसो  १ बजी गरिने भएकोछ| यता मोर्चाको युवा मोर्चा भने छुट्टैराज्यको आन्दोलनको तयारीमा छ उता मोर्चा केन्द्रिय नेताहरू भने जीएटीएको निम्ति दौडधुप गरिरहेका छन्| यता हाइपावर कमिटीको रिपोर्ट राम्रो नभएकोले जीटीएको भविष्यमा प्रश्‍न चिह्न लागेकोले शीघ्र नै जीटीए गठन गर्न मोर्चाले आविपसित जतिसक्दो छिटो कुरा ठामठिम पार्न चहान्छ| आविप पनि मोर्चासित मिलेर विकास गर्न चहान्छ| केही दिन अघि डुवर्समा आविपको एक कार्यक्रमबीच मोर्चा महासचिव रोशन गिरी अनि जोन बारलाले  शीघ्र नै दुवै दलको टोलीले मुख्यमन्त्री र केन्द्रिय गृहमन्त्रीसित भेटेर जीएटीएको कुराराख्ने बताएका थिए| सूत्रले बताए अनुसार आजको बैठकमा यसै कुरामाथि छलफल हुने सम्भावना छ|

0 comments: on "जीएटीएको आन्दोलनको रुपरेखा तयार पारिने सम्भावना"