कालेबुङ, ३ दिसम्बर|
५ दिसम्बरदेखि गोर्खा जनमुक्ति मोर्चाले पहाडको सम्पूर्ण खण्ड विकास कार्यलयहरू अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको छ| खण्ड विकास कार्यलय अन्तर्गत हुने आसा परिकल्पनाको काम सही ढङ्गमा नभएकोले नै मोर्चाले पहाडको जम्मै खण्ड विकास कार्यलयहरूलाई बन्द गर्ने निर्णय लिएको छ| आशा परिकल्पनाको कामलाई खण्ड विकास अधिकारीहरूले सही ढङ्गमा नगरेकै कारण मोर्चा केन्द्रिय समितिले खण्ड विकास कार्यलयहरू अनिश्तिकालीन बन्द गर्ने घोषणा गरेको मोर्चा महकुमा समितिका प्रचार प्रसार सचिव कुमार चामलिङले एक पत्रकार सम्मेलनको आयोजना गरेर आज बताए| आसा परिकल्पना अन्तर्गत नियुक्ति सम्बन्धि झमेला उत्पन्न भएकोले मोर्चाले खण्ड विकास कार्यालयहरू अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको थाहा लागेको छ| १७ दिसम्बरमा विजनबारी खण्डमा आसा परिकल्पनाको अन्तरवार्ता रहेको छ| मोचालेेे ५ दिसम्बरदेखि खण्ड विकास कार्यालयहरूलाई अनिश्चितकालको निम्ति बन्द गर्ने घोषणाले १७ दिसम्बरको अन्तरवार्तालाई पनि प्रभाव पर्ने देखिएको छ| मोर्चाले खण्ड विकास कार्यालयहरूलाई अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको भएपनि दोगोपाप जिल्ला शासक अनिल वर्मालाई यससम्बन्धी कुनै सूचना दिएको छैन| जिल्ला शासक अनिल वर्माले मोर्चाले खण्ड विकास कार्यलयहरू बन्द गर्ने निर्णयलाई लिएर आफू अनभिज्ञ रहेको बताए| यदि मोर्चाले कार्यलयहरू बन्द नगरेर आफूसँग कुराकानी गरे समस्याको समाधान हुनसक्ने प्रशासक अनिल वर्माले बताए| मोर्चाले खण्ड विकास अधिकारीहरूको दोष देखाउँदै ५ दिसम्बरेदखि दार्जीलिङ पहाडको जम्मै खण्ड विकास कार्यहरू बन्द गर्ने घोषणा गरेपछि विभागीय अधिकारीहरू विक्षुब्ध बनेका छन्| आसा परिकल्पना स्वस्थ्यसँग सम्बन्धित खण्ड विकास कार्यलय अन्तर्गत गरिने एक प्रोजेक्ट हो| जसअन्तर्गत गाउँ बस्तीहरूमा उपाचरदेखि वञ्चित रहेका मानिसहरूको निम्ति सोही योजनाअन्तर्गत विरामीहरूलाई निःशुल्क उपचार गरिने व्यवस्था छ| सोही योजनाको निम्ति मानिसहरूलाई नियुक्त गरेर विशेष तालिम दिइन्छ| तालिम प्राप्त उम्मेदवारहरूले गाउँ-बस्तीहरूमा गएर विरामीहरूको उपचार गरेर औषधीहरू वितरण गर्ने गरिन्छ| तर नियुक्ति सम्बन्धमा सही कार्य नभएकोले नै मोर्चाले खण्ड विकास कार्यालयहरूमा अनिश्चितकालको निम्ति ताला झुण्डाउने भएको छ|
0 comments: on "मोर्चाले खण्ड विकास कार्यालयहरूमा अनिश्चितकालीन ताला झुण्डाउने"
Post a Comment