मुख्य समाचार :


भागोपको पहल स्वागतयोग्य वैचारिक एकताले मात्र सामुहिक आन्दोलन सम्भव-सीके श्रेष्ठ


कालेबुङ, 19 अक्टोबर।
एक समय भारतीय गोर्खा परिसङ्घका सक्रिय सदस्य रहिआएका नाटककार सीके श्रेष्टले फेरि गोर्खाल्याण्ड आन्दोलनको निम्ति क्षेत्रीय नेताहरूलाई एक गराएर साझा मञ्च तयार गर्ने भागोपको पहल स्वगातयोग्य रहेको बताएका छन्‌। भागोपको पहल सराहनीय रहेको भएपनि आन्दोलन क्षेत्रीय स्तरमा गरे कुनै फाइदा नरहेको तिनले बताए।
तिनले छुट्टै राज्यको निम्ति राष्ट्रिय स्तरको आन्दोलन हुनपर्ने बताउँदै भने, भागोपले जुन सामुहिकताको अभ्यास गर्दैछ स्वागतयोग्य छ। तर यो जान्नपर्छ कि गोर्खाल्याण्ड आन्दोलन भनेको क्षेत्रीय मुद्दा हुँदै होइन। राष्ट्रिय स्तरमा वैचारिक मञ्च तयार गरिनुपर्छ। सामुहिक एकता भनेको सबै मिलेर बैठक बस्नु भनेको मात्र होइन वैैचारिक स्तरमा एक हुनुपपर्छ।
शारिरिक रूपमा एक भएर हुँदैन विचारमा एक हुन आवश्यक छ। दिल्ली पुग्दैमा आन्दोलन राष्ट्रिय हुँदैन। राष्ट्रिय स्तरको विचार हुन जरूरी छ। दिल्ली व्यक्तिलाई पुर्‍याउनु होइन विचारलाई पुर्‍याउनुपर्छ। तिनले अहिलेसम्मको दार्जीलिङ पहाडको राजनैतिक इतिहास नेतृत्वलाई मात्र पछ्‌याउने कार्य भएको बताउँदै नेतृत्वलाई होइन तर विचारलाई पछ्‌याउनुपर्ने बताए।
 यदि नेतत्वलाई मात्र पछ्‌याउने कार्य भए परिणति केवल क्षेत्रीय हुने  बताउँदै अहिलेको जीटीएमा देशबाहिरका गोर्खाहरूले साह्रै मन दुखाएको अनि बाहिरका गोर्खाहरूले पटक्क मन नपराएको बताए। यसैले भागोपले गर्न लागेको सामुहिकताको आन्दोलन वैचारिक एकताले मात्र पूरा हुने तिनले बताए।

0 comments: on "भागोपको पहल स्वागतयोग्य वैचारिक एकताले मात्र सामुहिक आन्दोलन सम्भव-सीके श्रेष्ठ"