मनोज वोगटी
कालेबुङ, 19 अक्टोबर।
गरीबको घर बनाउन आएको योजना र राशिभित्र घोटाला र सरकारी मनपरितन्त्र लगामहीन बनेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन्। इन्टिग्रेटेड हाउजिङ स्लम डेभलोपमेन्ट प्रोजेक्टबाट कालेबुङ नगरपालिका क्षेत्रमा रहेका स्लमहरूको घर बनाउन आएको योजनाराशिमा यस्तो धॉंधली मच्चिएको सुन्दासको आरोप हो। यो योजना अन्तर्गत कालेबुङ नगरका मोठ 567 परिवारका घर बनाउन 11 करोड, 98 लाख 68 हजार राशि अनुमोदित छ। तर सुन्दासको आरोप सबै राशिमा घर निर्माण नगरिएको मात्र होइन आएको राशिलाई पूर्णप्रयोगसमेत नरिएकोमा छ। 'घर योजना र नियम अनुरूपको बनिएको छैन। आएको राशि पनि सबै प्रयोग गरिएको छैन। किन भने राशि घर बनाउन मात्र होइन घरसित नै अरु कुराहरूको निर्माण गर्नको निम्ति पनि आएको छ' सुन्दासको भनाइ छ। तिनी अनुसार 6 करोड 37 लाख 88 हजारमा घर बनाउन 26 दिसम्बर 2008 मा नै टेण्डर भएको हो।
11 करोड, 98 लाख 68 हजार राशिको सम्पूर्ण प्रकल्पमा आधाभन्दा धेर राशिको मात्र टेण्डर भएको छ। योजना अनुसार एउटा घर बनाउँदा 1 लाख 12 हजार 5 सय खर्च गर्नुपर्छ। यतिले घर बनाएर मात्र हुँदैन, घरसित नै अन्य कुराहरूको निर्माण पनि गरिनुपर्छ। घर बनाउने राशि बाहेक पनि नालाहरू निर्माण गर्नको निम्ति 1 करोड 49 लाख, फुटपात बनाउनको निम्ति 71 लाख 40 हजार, बजारदेखि घरसम्म पुग्ने अलकत्रे सडक बनाउन 43 लाख 13 हजार, गोरेटो बनाउन 5 लाख 78 हजार, बिजुली बत्तीको निम्ति 9 लाख 52 हजार, वरिपरि बारबेर गर्न वा फेन्सिङ गर्न 1 लाख 66 हजार, सुरक्षा देवालको निम्ति 1 करोड 7 लाख 89 हजार, पानी सर्वराहको निम्ति 15 लाख 12 हजार, डाइजेस्टरको निम्ति 34 लाख 44 हजार, जीविकोपार्जनको निम्ति 20 लाख 75 हजार, सामुदायिक केन्द्रको निम्ति 86 लाख 33 हजार, सूचना बजारको निम्ति 5 लाख 41 हजार अनि वस्तुभाव राख्नको निम्ति 9 लाख 47 हजार पनि घर बनाउने राशिसित नै अनुमोदित छ। 'यी जम्मै राशि नगरपालिकाले खै कहॉं प्रयोग गरेको छ? यो राशि कहॉं लगिएको छ? जुन घरहरू बनाइएको छ त्यो 25 बाई 25 को हुनुपर्ने तर किन 10 वाई 20 र 15 वाई 15 को छ? किन ठीक घर बनाउनको निम्ति ठीक राशिको प्रयोग भएन?' यहीनेर सुन्दासको प्रश्न रहेको छ। सुन्दासले यसमा अधिकारीले प्रतिशत खाएको आरोप पनि लगाएका थिए तर त्यसको जवाब नगरपालिकाका कर्मचारीहरूबाट दिइएकोले तिनले नगरपालिकाका कर्मचारीहरू पनि प्रतिशत खानेमा हुनसक्ने शंका गरेका छन्। 'मैले त सिलगढी इञ्जिनियरिङ डाइरेक्टरलाई आरोप लगाएको थिएँ, तर त्यसको स्पष्टिकरण नगरपालिका कर्मचारीबाट आयो' तिनले भने। यता जसजसले पनि घर बनाउने ठेकेदारी पाएका छन् उनीहरूले पनि सुन्दासलाई तोकेर नोक्सानीमा घर बनाइरहेको अनि आफूहरूलाई महकुमा अधिकारीले जबरजस्ती घर बनाइदिन कर गरेको भनेर स्पष्टिकरण दिएको भन्दै तिनले नोक्सानीमा कसैले पनि काम नगर्ने बताए।'एउटा घरको तीनजनाले ठेकेदार पाएका छन्। त्यसमा ठेकेदारका श्रीमती र भाइ पनि छन्। नोक्सानीमा हुनु हो भने तीनजना एउटै घरका त्यो पनि सुरुक समथारबाट आएर नगरको काम गर्दै नगर्नु पर्ने हो' तिनले भने। सुन्दास अनुसार घर सबै बनाउने राशि अनुमोदित रहे पनि घर भने 383 वटा मात्र बनिएको अनि त्यो पनि उचितरुपले नबनिएको आरोप पनि छ। आधा जस्तो राशि अझ पनि रहेको अनि घरबाहेक अन्य कामको निम्ति आएको राशि पनि रहेको सुन्दासले जनाएका छन्।'11 दिसम्बरमा नगरपालिका चुनाउ भइरहेकोछ। चुनाउको बेला कुनै पनि काम हुँदैन। यसकारण चुनाउ अघि नै गरीबहरुको घर बनि सक्नु पर्छ। नत्र रहल राशिबाट भुइँचालोको कारण घरहीन भएकाहरूको घर बनिनुपर्छ' सुन्दासले थपे। यता सुन्दासले घरहरू ठीकसित नभएको भए पनि रिपोर्टमा भने ठीकसित घर बनिएको अनि बील पनि उसरी नै भुक्तान भइरहेको पनि जनाएका छन्। जसको घर बनिनुपर्ने हो उनीहरूको नाम पनि सार्वजनिक नरहेको पनि तिनको आरोप छ। 'रहल 5 करोड 60 लाख 80 हजारलाई उचितरुपले सदुपयोग नगरिए माकपाले न्यायलयमा मुद्दा हाल्ने छ'सुन्दासले नगरपालिका प्रसासनलाई चुनौती पनि दिएका छन्।

0 comments: on "गरीबको घरमा घोटालाःमाकपाको खबरदारी"
Post a Comment